bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 6
Amos 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
1
महान् जाति इस्राएलका मानिसहरू हो! तिमीहरूकहाँ मानिसहरू मद्दत माग्न आइरहन्छन्, हाय! हाय!! तिमीहरू, जो सियोनमा आरामसाथ बसेका छौ र सामरियामा सुरक्षित छौं भनी ठान्छौ,
2
गएर कल्नेह सहर हेर, त्यहाँबाट हमात महानगरमा जाओ। त्यसपछि पलिश्तीहरूको गात सहरमा जाओ। के ती यहूदा र इस्राएल भन्दा असल छन् र? वा, उनका साँध-सिमाना तिमीहरूका साँध-सिमानाभन्दा ठूलो छ र?
3
विनाशको दिन आउँदै छ भनी तिमीहरू विश्वास गर्दैनौ तर तिमीहरूको यस्तो विचारले त त्यो दिन झन् नजिक पो आउँछ।
4
तिमीहरू, जो सुख-विलाससाथ खाटमा ढल्किएर हृष्टपुष्ट भेडा र बाछाका मासु खान्छौ,
5
तिमीहरू दाऊदले झैँ गीत रचेर वीणा बजाउन मन पराउँछौ,
6
तिमीहरूले घ्याम्पाका घ्याम्पा मद्य पिउँदछौ र बहुमूल्य सुगन्धित अत्तर जिउमा घस्दछौ तर इस्राएलको विनाशमा बिलौना गर्दैनौ।
7
यसकारण कैदी बनाइएर देश निकालावास भएर लगिनेहरूमा तिमीहरू पहिलो हुनेछौ। तिमीहरूका भोज-भतेरहरू समाप्त हुनेछन्।
8
सर्वसक्तिमान् परमप्रभुले एउटा गम्भीर शपथ खानुभएको छ; परमप्रभु सर्वशक्तिमान् परमेश्वरले यसरी घोषणा गर्नुहुन्छ, “म इस्राएलका मानिसहरूका अहङ्कारलाई घृणा गर्दछु, म तिनीहरूका किल्लाहरूलाई तुच्छ ठान्दछु, म तिनीहरूका देशका राजधानी र त्यहाँ भएका सबै थोक शत्रुका हातमा सुम्पिदिनेछु।”
9
एउटा घरमा दश जना बाँचेका छन् भने तिनीहरू मर्नेछन्।
10
मरेका मानिसको लाश गाड्नलाई जिम्मा पाएका आफन्तहरूले लाश घरबाट निकालून्। ती आफन्तहरूले घरमा बाँकी रहेको मानिसलाई यसरी सोधून्, “तिमीसित अरू कोही छ?” त्यसले भित्रबाट जवाफ दिनेछ, “अँहँ, छैन।” तब त्यो आफन्तले भन्नेछ, “चुप लाग्! हामीले अहिले परमप्रभुको नामसम्म लिनुहुन्न, सो होशियार गर्।”
11
परमप्रभुले आज्ञा दिनुहुँदा ठूला-साना सबै घरहरू चकनाचुर हुनेछन्।
12
के घोडाहरू चट्टानमाथि दगुर्छन्? के कसैले समुद्रमा गोरुहरू जोत्छ र? तर तिमीहरूले चाहिँ न्यायलाई विष र सत्यलाई झूटमा परिवर्तन गरेका छौ।
13
तिमीहरू लो-देबार सहर जितेकोमा घमण्ड गर्दछौ। हामीसित कार्नैम सहर जित्ने शक्ति छ भनेर तिमीहरू धाक लगाउँछौ।”
14
सर्वशक्तिमान् परमप्रभु परमेश्वर आफैंले भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको देश कब्जा गर्न एउटा अर्को देशको सेना पठाउनेछु। तिनीहरूले उत्तरका लेबो-हमातदेखि दक्षिणमा अराबाको बेसीसम्म तिमीहरूमाथि अत्याचार गर्नेछन्।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
Recommended Reading
Commentary
Amos Commentaries
→
Devotional
Amos Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→