bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 1
Daniel 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
1
यहोयाकीम यहूदाका राजा भएको तेस्रो वर्षमा बेबिलोनियाका राजा नबूकदनेसरले यरूशलेममाथि हमला गरे र सहरमा घेरा हाले।
2
उनलाई परमप्रभुले यहोयाकीम राजालाई पक्रन र मन्दिरका केही भाँडाकुँडा जफत गर्न दिनुभयो। उनले केही कैदीहरू अनि मन्दिरबाट लुटेका सामानहरू बेबिलोनमा लगेर आफ्ना देवताहरूको मन्दिरका भण्डारहरूमा राखे।
3
देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्न राजाले आफ्नो मुख्य हाकिम अशपेनजलाई आज्ञा गरे।
4
ती युवकहरू देख्नमा सुन्दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्न र पढ्न सिकाउनुपर्नेभयो।
5
ती इस्राएली युवकहरूलाई पनि प्रतिदिन राजदरबारका भारदारहरूलाई दिइने भोजन र दाख-मद्य नै खान र पिउन दिन र तीन वर्ष तालिम दिएर तिनीहरूलाई राजाको सामुन्ने हाजिर गराउन भनि राजाको आज्ञा भयो।
6
त्यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए।
7
मुख्य हाकिमले दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो नयाँ नाम दिए।
8
दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्प गरे र अशपेनजलाई यसबारे भने।
9
परमेश्वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो।
10
तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्यान लिनुहुनेछ।”
11
यसकारण आफू र आफ्ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्दाकहाँ दानिएल गए
12
र तिनलाई भने, “दश दिनसम्म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्जी र पिउनलाई पानी दिनुहोस्।
13
त्यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्नुहोस् र हामी कस्ता देखिन्छौं, त्यसअनुसार निर्णय गर्नुहोस्।”
14
दश दिनसम्म तिनीहरूलाई त्यसो गर्न दिन उनी राजी भए।
15
दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्यादा हट्टाकट्टा र बलिया देखिए।
16
त्यसपछि ती कारिन्दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्जी खान दिए।
17
परमेश्वरले ती चार युवकहरूलाई ज्ञान-बुद्धि र सबै प्रकारका साहित्य र विद्यामा सिपालु बनाउनुभयो। यसबाहेक दानिएललाई उहाँले सबै प्रकारका दर्शन र सपनाका अर्थ खोल्ने ज्ञान दिनुभयो।
18
राजाले खटाएअनुसार तीन वर्षपछि अशपेनजले सबै युवकहरूलाई नबूकदनेसरकहाँ लगे।
19
राजाले तिनीहरू सबै जनासित कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याहको बराबर कसैलाई पनि पाएनन्। यसकारण तिनीहरू राजाको दरबारका भारदारहरू नियुक्त गरिए।
20
राजाले जस्तै प्रश्न सोधून् वा समस्या खडा गरून्, ती चार भाइले राज्यका अरू सबै ज्योतिषी वा जादूगरले भन्दा दश गुणा ज्यादा जान्दथे।
21
फारस देशका महाराजा कोरेसले बेबिलोनियामा राज्य गरेको पहिलो वर्षसम्म दानिएल राजाको सेवामा रहे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12