bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 12
Daniel 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
1
सुती वस्त्र पहिरेका स्वर्गदूतले भन्दैगए, “त्यस बेला हाम्रा मानिसहरूको रक्षा गर्ने महान् स्वर्गदूत मिखाएल देखापर्नेछन्। तब यस्तो सङ्कष्टको समय आउनेछ कि जातिजातिको सुरु भएको समयदेखि त्यस बेलासम्म त्यस्तो समय कहिल्यै आएको थिएन। त्यो समय आउँदा परमेश्वरको पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिसहरू बाँच्नेछन्।
2
अघि नै मरिसकेकाहरू मध्येबाट धेरै जना फेरि जीवित हुनेछन्, कतिले अनन्त जीवन पाउनेछन्, कतिले अनन्त दण्ड भोग्नेछन्।
3
ज्ञानी अगुवाहरू आकाशमा चहकिलो प्रकाशले चम्कनेछन्। अनि धेरै मानिसहरूलाई सुकर्म गर्न सिकाउनेहरूचाहिँ ताराहरूझैँ सदा चम्कनेछन्।”
4
उनले मलाई भने, “हे दानिएल, अब पुस्तक बन्द गर र संसारको अन्त्य नआइन्जेल त्यसलाई मोहोर-छाप लाएर राख। त्यो समयमा धेरै जनाले आफ्नो ज्ञान बढाउन व्यर्थमा दौड-धूप गर्नेछन्।”
5
त्यसपछि मैले नदीका दुवै किनारमा एक-एक जना मानिस उभिएको देखें।
6
ती दुईमध्ये एक जनाले माथिल्लोपट्टि उभिरहेका सुती कपडा पहिरिएका स्वर्गदूतलाई सोधे, “यी अचम्मका कुराहरू हुन कति समय लाग्ला?”
7
उनले आफ्ना दुवै हात आकाशतिर उचाले र अनन्त परमेश्वरको नाममा एउटा गम्भीर प्रतिज्ञा गरे। मैले उनले यसो भन्दैगरेको सुनें, “साढे तीन वर्ष लाग्नेछ। जब यी सबै कुरा भइसकेका हुनेछन्; तब परमेश्वरको प्रजामाथिको अत्याचारको पनि अन्त्य हुनेछ।”
8
उनले भनेका कुरा मैले सुनें तर त्यसको अर्थ बुझिनँ। यसकारण मैले सोधें, “हजुर, यी सबै कुराको अन्त्य कस्तो हुनेछ?”
9
उनले उत्तर दिए, “दानिएल, तिमी अब जानैपर्छ किनभने यी कुराहरू गुप्तमै राख्नुपर्नेछ र अन्त्य नआएसम्म यी लुकाएरै राख्नुपर्नेछ।
10
धेरै मानिसहरू पवित्र, निष्कलङ्क र निर्मल पारिनेछन्। दुष्टहरूले केही बुझ्नेछैनन् र दुष्ट काम गरि नै रहनेछन्। ज्ञानीहरूले मात्र यी कुरा बुझ्नेछन्।
11
“दैनिक बलिदानहरू रोकिएको दिनदेखि अर्थात् भयानक नाशकर्ताको दिन सुरु भएदेखि १,२९० दिनहरू बितिजानेछन्।
12
ती मानिसहरू धन्यका हुन् जसले १,३३५ दिन बितुञ्जेलसम्म आफ्ना विश्वास जोगाइराख्नेछन्!
13
“अनि हे दानिएल, तिमी अन्त्यसम्म विश्वासयोग्य भइरह। त्यसपछि तिमी मर्नेछौ; तर समयको अन्त्यमा तिमी आफ्नो इनाम लिन जीवित भई उठ्नेछौ।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12