bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 11
Daniel 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
1
मैले चाहिँ मादी राजा दाराले राज्य गरेको पहिलो वर्षमा उनलाई रक्षा र सहायता गरें।
2
म तिमीलाई जे भन्न लागिरहेको छु, त्यो सत्य हो।” स्वर्गदूतले भने, “अरू तीन जना राजाले फारसमाथि राज्य गर्नेछन्। त्यसपछि एउटा चौथो राजा हुनेछन्, जो अरूहरू सबैभन्दा ज्यादा धनी हुनेछन्। यसरी धेरै धन पाएर उनी शक्तिशाली भई उनले ग्रीस राज्यलाई चुनौती दिन सबैलाई उक्साउनेछन्।
3
“त्यसपछि एउटा पराक्रमी राजा देखापर्नेछन्। उनले एउटा ठूलो साम्राज्यमाथि राज्य गर्नेछन् र आफूलाई जे मन लाग्यो, त्यही गर्नेछन्।
4
तर उनी शक्तिशाली हुनासाथ उनको राज्य टुक्रा-टुक्रा भएर चार भागमा बाँडिनेछ। उनका सन्तानले होइन तर अरूले उनको सट्टामा राज गर्नेछन् तर तिनीहरूको शक्ति उनको जस्तो हुनेछैन।
5
“मिश्रका राजा शक्तिशाली हुनेछन्। तर उसको कुनै एक जना सेनापति अझ शक्तिशाली हुनेछन् र उनले अझ ठूलो राज्यमाथि शासन गर्नेछन्।
6
केही वर्षपछि मिश्रका राजाले अरामका राजासित मित्रता गर्नेछन् र आफ्नी छोरीलाई उनीसित बिहे गरिदिनेछन्। तर त्यो मित्रता धेरै दिनसम्म रहनेछैन र राजकुमारी, तिनका लोग्ने, बच्चा र तिनका साथमा आएका चाकरहरू सबैजना मारिनेछन्।
7
त्यसको तुरुन्तै पछि राजकुमारीको एक जना नातेदार राजा हुनेछन्। उनले अरामका राजाका सेनालाई हमला गर्नेछन् र तिनीहरूका किल्लामा पसी तिनीहरूमाथि विजयी हुनेछन्।
8
[8-9] उनका देवताहरूका मूर्तिहरू र ती देवताहरूलाई चढाएका सुन र चाँदीका चीज-बीजहरू उनले मिश्र देशमा फर्काई लैजानेछन्। धेरै वर्षको मेल-मिलापपछि अरामका राजाले मिश्रमाथि हमला गर्नेछन् तर उनलाई पछि हट्न कर लाग्नेछ।
10
“अरामका राजाका छोराहरू लडाइँ गर्न तयार हुनेछन् र तिनीहरूले धेरै सेनाहरू भेला गर्नेछन्। तिनीहरूले पानीको भलझैँ उर्लिआएर शत्रुका किल्लामाथि आक्रमण गर्नेछन्।
11
मिश्रका राजा रिसाएर अरामका राजाको विरुद्धमा हमला गर्न जानेछन् र उनको ठूलो सेनालाई कब्जा गर्नेछन्।
12
आफूले गरेको विजय र मारेका शत्रुका सिपाहीहरूको ठूलो सङ्ख्याले गर्दा उनी अहङ्कारी बन्नेछन्; तर उनी धेरै दिनसम्म विजयी रहनेछैनन्।
13
“अरामका राजा फर्केर गई अघिको भन्दा अझ ठूलो सेना भेला गर्नेछन्। ठीक समयमा उनी ठूलो र पूरा हात-हतियार भएको सेना साथमा लिई फर्किआउनेछन्।
14
त्यस बेला धेरै जातिहरू मिश्रका राजाको विरुद्धमा उठ्नेछन्। अनि ए दानिएल, तिम्रा जातिबाट केही हिँसा गर्ने मानिसहरूले आफूले देखेका दर्शनको कारण विद्रोह गर्नेछन् तर तिनीहरू हार्नेछन्।
15
तब अरामका राजाले एउटा किल्ला र पर्खाल भएको सहरलाई घेरामा हाल्नेछन् र त्यसलाई अधीनमा लिनेछन्। मिश्रका सिपाहीहरूले लडाइँ गर्न छोड्नेछन्। तीमध्ये सबैभन्दा असल लडाकु योद्धाहरू पनि दुर्बल हुनेछन्।
16
अरामबाट हमला गर्न आएका राजाले जे आफूलाई मन लाग्यो, त्यही तिनीहरूसित गर्नेछन्। कसैले उनलाई बाधा दिनेछैन। उनले प्रतिज्ञाको देशमा खडा भई त्यसलाई आफ्नो पूरा अधिकारमा लिनेछन्।
17
“अरामका राजाले आफ्ना सबै सेना लिएर हमला गर्ने जुक्ति गर्नेछन्। तब उनले आफ्नो शत्रुको राज्य नाश गर्न तिनीहरूसित मित्रता गाँस्नेछन् र आफ्नी छोरी बिहे गर्न दिनेछन् तर उनको जुक्ति काम लाग्नेछैन।
18
त्यसपछि उनले समुद्रको किनारका जातिहरूमाथि हमला गर्नेछन् र धेरैलाई आफ्नो अधीनमा पार्नेछन्। तर एक जना विदेशी अगुवाले उनलाई जितेर उनको घमण्ड चकनाचुर पारिदिनेछ। साँच्चै त्यसले अरामका राजाको अहङ्कार उनीमाथि नै खन्याइदिनेछ।
19
राजा आफ्नै देशका किल्लाहरूमा फर्किजानेछन् तर उनको हार हुनेछ। त्यहीँ उनको अन्त्य हुनेछ।
20
“उनीपछि अर्का एक जना राजा हुनेछन्, जसले कर उठाएर मानिसहरूमाथि थिचोमिचो गरी आफ्नो राज्यको सम्पत्ति बढाउने काम गर्न एक अफिसरलाई पठाउनेछन्। तर केही समयपछि लडाइँको मैदानमा देखिने प्रकारले नभए पनि उनी मारिने नै छन्।”
21
स्वर्गदूतले अरू अर्थ बताउँदैगए, “अरामको अर्को राजा दुष्ट मानिस हुनेछ। त्यसको राजा हुने हक नभए पनि त्यो अचानक आउनेछ र चलाकी गरेर राज्य-शक्ति आफ्नो हातमा लिनेछ।
22
त्यसलाई विरोध गर्ने परमेश्वरका मूल-पूजाहारीसमेतलाई त्यसले नाश पारेर तिनीहरूका नाउँ मेटिदिनेछ।
23
त्यसले अरू जातिहरूलाई धोका दिन तिनीहरूसित सन्धि गर्नेछ। एउटा सानो राज्यमाथि मात्र राज्य गरे पनि त्यो अझ शक्तिशाली बन्दै जानेछ।
24
एउटा धनी प्रान्तमाथि त्यसले चालै नदिई हमला गर्नेछ र त्यसका पिता-पुर्खाले नगरेका काम त्यसले गर्नेछ। त्यसपछि आफूले लडाइँमा कब्जा गरेका धन-सम्पत्ति त्यसले आफूपछि लाग्नेहरूलाई बाँडिदिनेछ। त्यसले किल्लाहरूमाथि हमला गर्ने उपाय रच्नेछ तर त्यसको समयको अन्त्य चाँडै हुनेछ।
25
“मिश्रका राजामाथि हमला गर्ने साहस गरी त्यसले एउटा ठूलो सेना खडा गर्नेछ। त्यसको सामना गर्न मिश्रका राजा ठूलो र शक्तिशाली सेना लिएर तयार हुनेछन्। तर मिश्रका राजालाई धोका दिइनेछ र तिनले हार्नेछन्।
26
तिनका नजिकका सल्लाहकारहरूले त्यसको सर्वनाश गर्नेछन्। तिनका धेरै सिपाहीहरू मारिनेछन् र तिनको सेना सखाप पारिनेछ।
27
तब ती दुई राजाहरू भोजन गर्न एउटै टेबिलमा बस्नेछन् तर तिनीहरूका विचार दुष्ट हुनेछन् र आपसमा एउटाले अर्कालाई ढाँट्नेछन्। आफूले चाहेका कुरा तिनीहरूले पाउनेछैनन् किनभने तोकिएको समय अझै आएकै छैन।
28
आफूले लुटेका सम्पूर्ण सामान लिई परमेश्वरको प्रजाको धर्म नाश पार्ने सङ्कल्प गरी अरामका राजा घर फर्कनेछन्। उनको मनचाहिँ परमेश्वर र उहाँका प्रजाको पवित्र वाचाको विरुद्धमा हुनेछ। जे मन लाग्यो, त्यो तिनले गर्नेछन् र त्यसपछि आफ्नै देशमा फर्कनेछन्।
29
“पछिबाट उनले फेरि मिश्रमाथि हमला गर्नेछन्; तर त्यस बेला परिणाम अर्कै हुनेछ।
30
पश्चिमतिरको समुद्र किनारका मानिसहरूले जहाजमा आई तिनीसित लड्नेछन् र उनी डराउनेछन्। “तब उनी रिसले फर्कनेछन् र परमेश्वरको प्रजाको धर्मलाई नाश पार्ने कोसिस गर्नेछन्। उनले धर्म त्याग्नेहरूको सल्लाहअनुसार काम गर्नेछन्।
31
उनका कति सिपाहीहरूले मन्दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्नेछन्।
32
राजाले छल गरेर अघिबाटै धर्म त्याग्नेहरूको सहारा लिनेछन् तर परमेश्वरलाई मान्नेहरूले त्यसको सामना गरी लडाइँ गर्नेछन्।
33
परमेश्वरको प्रजाका बुद्धिमान् अगुवाहरूले तिनीहरूलाई बाटो देखाउनेछन्। तर केही समयको निम्ति तिनीहरूमध्ये कोही-कोही लडाइँमा मारिनेछन् अथवा आगोले भस्म पारिनेछन् अनि कोही-कोहीचाहिँ लुटपिट र कैदमापर्नेछन्।
34
त्यसरी काटमार चलिरहेको बेला परमेश्वरको प्रजाले केही सहायता पाउनेछन्। तिनीहरूलाई सहायता गर्न आउनेहरू धेरै जनाचाहिँ आफ्नै स्वार्थ मात्र खोज्ने हुन्छन्।
35
ती बुद्धिमान् अगुवाहरू कति जना भने मारिनेछन् तर यी सबैका कारणले मानिसहरू पवित्र हुनेछन्। परमेश्वरले तोक्नुभएको अन्त्य नआएसम्म यी सबै कुरा भइरहनेछन्।
36
“अरामका राजाले जे मन पर्छ त्यही गर्नेछन्। म सबै देवताभन्दा महान् छु, सर्वोच्च परमेश्वर भन्दा पनि महान् छु भनी तिनले घमण्ड गर्नेछन्। परमेश्वरले दण्ड दिने समय नआएसम्म तिनले त्यसो गर्न सक्नेछन्। परमेश्वरले जे निर्णय गर्नुभएको छ, त्यही पूरा गर्नु नै हुनेछ।
37
आफ्ना पिता-पुर्खाले सेवा गरेका देवता तथा स्त्रीहरूले पुजेका देवताहरूलाई पनि राजाले वास्ता गर्नेछैनन्। वास्तवमा उनले कुनै पनि देवताको वास्ता गर्नेछैनन् किनभने ती देवताहरूभन्दा आफैंलाई म महान् छु भनी उनले सोच्नेछन्।
38
त्यसका सट्टामा तिनले किल्लाहरूको रक्षा गर्ने देवताहरूलाई आदर गर्नेछन्। आफ्ना पिता-पुर्खाले कहिल्यै नपुजेका देवतालाई उनले सुन, चाँदी, मणि र अरू दामी भेटीहरू चढाउनेछन्।
39
आफ्ना किल्लाहरूको रक्षा गर्न उनले पराई देवता पुज्ने मानिसहरूलाई काममा लाउनेछन्। ज-जसले उनलाई राजा मान्नेछन्, तिनीहरूलाई ठूलो इज्जत दिनेछन्, ठूल्ठूला पदमा नियुक्त गर्नेछन् र इनामस्वरूप जमिन दिनेछन्।
40
“अरामका राजाको अन्त्य हुने समय आइपुग्न लाग्दा मिश्रका राजाले तिनीमाथि आक्रमण गर्नेछन् र अरामका राजाले आफ्नो पूरा बलले रथ, घोडा र धेरै पानी-जहाजहरू साथमा लिई लडाइँ गर्नेछन्। पानीको भल बगेझैँ उनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन्।
41
उनले प्रतिज्ञाको देशमाथि पनि हमला गर्नेछन् र हजारौं मानिसहरूलाई मार्नेछन्; तर एदोम देश, मोआब देश र छोडिएका अम्मोनीहरू बाँच्नेछन्।
42
उनले धेरै देशहरूमाथि आक्रमण गर्दा मिश्र पनि छोडिनेछैन।
43
मिश्रका लुकाइएका सुन र चाँदीका भण्डारहरू र अरू बहुमूल्य धन-सम्पत्ति उनले लैजानेछन्। उनले लिबिया र कूशलाई जित्नेछन्।
44
त्यसपछि पूर्व र उत्तर दिशाबाट आउने समाचारले उनलाई सताउनेछ र उनले घमासान लडाइँ गर्नेछन् र धेरै मानिसहरूलाई सखाप पार्नेछन्।
45
मन्दिर भएको पर्वत र समुद्रको बीचमा ठूल्ठूला राजकीय पालहरू उनले टाँग्नेछन्। अन्त्यमा कतैबाट पनि कुनै सहायता नपाई उनी मर्नेछन्।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12