bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 8
Daniel 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
1
बेलसजर राजा भएको तेस्रो वर्षमा मैले अर्को एउटा दर्शन देखें।
2
दर्शनमा मैले आफैंलाई अचानक एलाम प्रान्तको शूशन सहरमा पाएँ। शूशन सहरलाई चारैपट्टि पर्खालले घेरेको थियो। म ऊलै नदीको छेउमा उभिरहेको थिएँ।
3
त्यहाँ नदीको तीरमा दुई लामा-लामा सिङ भएको एउटा साँढ-भेडा उभिरहेको देखें। त्यसको एउटा सिङ अर्कोभन्दा लामो र नयाँ थियो।
4
त्यस भेडाले पश्चिम, उत्तर र दक्षिण गर्दै सिङले हानेको हेरिबसें। कुनै जन्तुले त्यसलाई रोक्न सक्दैनथ्यो न त त्यसको शक्तिबाट बाँच्न नै सक्थ्यो। त्यसले जे चाह्यो, त्यही गर्थ्यो र त्यो अझ हठी हुँदैगयो।
5
त्यसको अर्थ के होला भनी मैले जब अचम्म मानिरहेको थिएँ, तब पश्चिम दिशाबाट एउटा बोको हानिएर आयो। त्यो बोको यति वेगले आयो कि त्यसको खुट्टाले भूइँ छोएको थिएन। त्यसका आँखाका बीचमा एउटा विशेष सिङ थियो।
6
त्यो बोको नदीछेउ उभिरहेको साँढभेडातिर दगुरेर आयो र पूरा वेगले त्योमाथि हमला गर्यो।
7
त्यसले साँढ-भेडामाथि हमला गरेको मैले हेरिरहे। त्यो रिसले यति साह्रो चुर भएको थियो कि त्यसले भेडालाई जोडसित हानेर त्यसका दुवै सिङ भाँचिदियो। अब साँढ-भेडाको त्योसित सामना गर्ने शक्ति थिएन। त्यो जमिनमा पछारियो र बोकोले त्यसलाई कुल्चीमिल्ची पार्यो। साँढभेडालाई बचाउन सक्ने त्यहाँ कोही थिएन।
8
त्यो बोको झन् अहङ्कारी भयो र त्यो खुबै शक्तिशाली भएको बेला त्यसको सिङ भाँचियो। त्यसका सट्टामा चारै दिशापट्टि अलग-अलग फर्केका चार वटा विशेष सिङहरू उम्रे।
9
ती चार वटा सिङमध्ये एउटाबाट सानो सिङ उम्र्यो र त्यसको शक्ति दक्षिण र पूर्वदिशातिर अनि प्रतिज्ञाको देशतिर फैलेर गयो।
10
त्यो यति शक्तिशाली भयो कि त्यसले स्वर्गका सेना र ताराहरूलाई हमला गर्यो र कति वटा तारालाई जमिनमा खसाली खुट्टाले कुल्च्यो।
11
त्यसले स्वर्गका सेनाका सेनापतिसमान हुने घमण्ड गर्यो, उहाँलाई दिन-दिनै चढाइने बलिहरू बन्द गरिदियो र उहाँको मन्दिर अपवित्र तुल्यायो।
12
दिनहुँ बलि चढाउनको सट्टामा मानिसहरूले त्यहाँ पाप गर्न थाले र साँचो धर्मलाई भूइँमा लत्त्याए। त्यसले गरेको सबै काममा त्यो सिङ सफल भयो।
13
तब मैले एउटा स्वर्गदूतले अर्को स्वर्गदूतलाई यसरी प्रश्न गरेको सुनें, “यी दर्शनमा देखिएका कुराहरू कहिलेसम्म भइरहलान्? दिन-दिनका बलिका सट्टामा कहिलेसम्म डरलाग्दो पाप भइरहला? कहिलेसम्म स्वर्गका सेना र मन्दिर कुल्चीमिल्ची परिइरहलान्?”
14
दोस्रो स्वर्गदूतले यस्तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्यसपछि मन्दिर पहिले जस्तो थियो, त्यस्तै नै हुनेछ।”
15
मैले त्यस दर्शनको अर्थ बुझ्ने कोसिस गरिरहेको थिएँ, अचानक त्यस बेला एउटा मानिसको स्वरूप मेरो सामुन्ने खडा भयो।
16
अनि ऊलै नदीबाट यस्तो सोर आएको मैले सुनें, “ए गब्रिएल, यस मानिसलाई त्यसले देखेको दर्शनको अर्थ बताइदेऊ।”
17
गब्रिएल आएर मेरो छेउमा उभिँदा म साह्रै डराएँ र भूइँमा लडें। उनले मलाई भने, “ए मरणशील मानिस, त्यसको अर्थ बुझ। त्यस दर्शनले संसारको अन्त्यको समयबारे बताउँछ।”
18
उनी बोल्दैगर्दा म अचेत भएर भूइँमा लडें र उनले मलाई समातेर उभ्याए।
19
उनले भने, “परमेश्वरको क्रोधको नतिजा के हुनेछ, त्यो म तिमीलाई देखाउँदै छु। यस दर्शनको सम्बन्ध अन्त्यको समयसित छ।
20
“तिमीले देखेको दुई-सिङ्गे साँढ-भेडाले मादी र फारसी राज्यहरू बुझाउँछ।
21
बोकोले ग्रीस राज्य बुझाउँछ र त्यसका आँखाबीचको ठूलो सिङले त्यस राज्यको पहिलो राजा बुझाउँछ।
22
पहिलेका सिङ भाँचिएर पछि उम्रेका चार वटा सिङहरूले चार वटा राज्यहरू बुझाउँदछन्, जुन चार वटा राज्यमा यो साम्राज्य बाँडिनेछ। ती राज्यहरू पहिलेको राज्यजस्तो प्रतापी हुनेछैनन्।
23
“ती राज्यहरूको अन्त्य नजिक आइपुग्दा तिनीहरू यति दुष्ट भएका हुनेछन् कि तिनीहरूले दण्ड पाउनैपर्नेछ। तब एउटा अहङ्कारी, निर्दयी र छली राजा त्यहाँ हुनेछ।
24
त्यो शक्तिशाली बन्नेछ तर आफ्नै पौरखले चाहिँ होइन। त्यसले डरलाग्दो विध्वंस मच्चाउनेछ र जुन काममा त्यसले हात हाल्छ त्यसमा सफल हुनेछ। त्यसले बलिया-बलिया मानिसहरू र परमेश्वरका प्रजामाथि विनाश ल्याउनेछ।
25
त्यो चतुर हुनाले आफ्ना छली चालहरूमा सफल हुनेछ। त्यो घमण्डले फुलिनेछ र कुनै चेतावनी नदिई त्यसले धेरै मानिसहरूलाई नाश पार्नेछ। त्यसले सबैभन्दा महान् राजालाई समेत टेर्नेछैन; तर कुनै मानिसको शक्तिबिना नै त्यो नाश हुनेछ।
26
तिमीलाई बताएका यी बिहान र बेलुकाका बलिसम्बन्धी दर्शन साँचो हुनेछ। तर अहिले यसलाई गुप्तमै राख किनभने धेरै दिनपछि मात्र यो पूरा हुनेछ।”
27
केही दिनसम्म म उदास र बिसन्चो भएँ। त्यसपछि म उठें र राजाले खटाएको काममा फर्कें। तर त्यो दर्शनले गर्दा म अन्योलमा परें र त्यसको अर्थ मैले बुझ्न सकिनँ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12