bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 5
Daniel 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
1
एक रात बेलसजर राजाले एक हजार उच्च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्त्याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे।
2
त्यसरी पिइरहेका बेला बेलसजरले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्ना स्वास्नीहरू र रखौटीहरूले मद्य पिउनको निम्ति उनले ती कचौराहरू र बटुकाहरू ल्याउने आज्ञा गरेका थिए।
3
[3-4] सुनका कचौराहरू र बटुकाहरू ल्याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे।
5
अचानक एउटा मानिसको हात देखा पर्यो र महलको भित्तामा केही लेख्न थाल्यो। बलिरहेको पानसको उज्यालो ज्योति भित्ताको त्यस भागमा चम्किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे।
6
उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्न थाले।
7
जादूगर, मन्त्र-तन्त्र गर्ने र ज्योतिषीहरूलाई बोलाऊ भन्दै तिनी चिच्च्याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्छ, त्यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्यसका गलामा सम्मानको सुनको सिक्री लगाइनेछ र यस राज्यमा त्यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।”
8
तब राजदरबारका सल्लाहकारहरू अघि आए; तर कसैले पनि त्यो लेखोट पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्।
9
डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्क परे।
10
राजा र उनका भारदारहरूले होहल्ला गरेका उनकी मुमा महारानीले सुनिन् र भोज खाने कोठामा आइन्। उनले भनिन्, “महाराज दीर्घायु होऊन्! तपाईं व्याकुल नहुनुहोस्, नडराउनुहोस्।
11
तपाईंको राज्यमा एउटा मानिस छन्, जोसित पवित्र परमेश्वरका आत्मा छन्। तपाईंको बुबा राजा छँदा यी मानिसले असल विचार-शक्ति, ज्ञान र ईश्वरको जस्तै बुद्धि देखाएका थिए। तपाईंको बुबा राजा नबूकदनेसरले उनलाई ज्योतिषी, जादूगर र तन्त्र-मन्त्र गर्नेहरूका प्रधान बनाएका थिए।
12
तिनीसित असाधारण सामर्थ्य र बुद्धि छ। उनी सपनाको अर्थ लाउन, समस्याहरू हल गर्न र अड्कोहरू फुकाउन सिपालु छन्। ती दानिएल हुन्, जसलाई राजाले बेलतसजर नाम दिएका थिए। उनलाई बोलाउन पठाउनुहोस्। उनले यी सबै कुराको अर्थ फुकाइदिनेछन्।”
13
तुरुन्तै दानिएल राजाको सामुन्ने हाजिर गराइए र राजाले उनलाई भने, “देश निकालाबास भएको यहूदी दानिएल, जसलाई मेरो बुबा राजाले, यहूदाबाट ल्याएका थिए, के त्यो तिमी नै हौ?
14
पवित्र परमेश्वरका आत्मा तिमीसित छन् र तिमी ज्ञान र बुद्धि भएको सिपालु मानिस हौ भनी मैले सुनेको छु।
15
यो लेखोट पढेर त्यसको अर्थ मलाई बुझाउन सल्लाहकार र जादूगरहरू ल्याइए तर तिनीहरूले अर्थ लाउनै सकेनन्।
16
मैले अहिले सुनें कि तिमी गुप्त अर्थ खोल्न र रहस्यको भेद छुट्ट्याउन सक्दछौ। तिमीले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्यौ भने तिमीलाई बैजनी राज-पोशाक पहिराइनेछ, तिम्रो गलामा सम्मानको सुनको सिक्री लगाइनेछौ र देशभरि तिमी दर्जामा तेस्रो गनिनेछौ।”
17
दानिएलले उत्तर दिए, “हजुरका उपहारहरू हजुरसितै रहोस् अथवा अरू कसैलाई दिनुहोला। हजुरको निम्ति म भित्तामा के लेखिएको छ, सो पढिदिनेछु र त्यसको अर्थ हजुरलाई बताइदिनेछु।
18
“सर्वोच्च परमेश्वरले हजुरका बुबा नबूकदनेसरलाई एउटा महान् राजा बनाउनुभयो र उनलाई मान-मर्यादा र गौरव दिनुभयो।
19
उनी यति महान् थिए कि जाति-जाति र कुल-कुलका अनि विभिन्न भाषा बोल्ने मानिसहरू उनको डर मान्दथे र थरथरी हुन्थे। उनले जसलाई मार्न चाहन्थे, त्यसलाई मार्थे र जसलाई जिउँदो राख्न चाहन्थे, त्यसलाई जिउँदै राख्थे। कसैलाई मान गर्नु वा नगर्नु, उहाँको हातमा थियो।
20
तर उनी घमण्डी, अट्टेरी र निर्दयी भएका हुनाले राज-गद्दीबाट हटाइए र सम्मानको स्थान उनको हातबाट उम्क्यो।
21
उनी मानव-समाजबाट धपाइए र उनको मन पशुको जस्तो भयो। उनको बास जङ्गली गधासित भयो र उनी गोरुले झैँ घाँस खाने भए। उनी खुल्ला मैदानमा सुत्थे र आकाशका शीतले उनको शरीर भिज्दथ्यो। अन्त्यमा सर्वोच्च परमेश्वरले सबै मानिसका राज्यहरू आफ्ना अधिकारमा राख्नुहुन्छ र ती राज्य उहाँले जसलाई चुन्नुहुन्छ, त्यसलाई दिनुहुन्छ भनी उनले स्वीकार गरे।
22
“तर तपाईंले उनको छोरो भई यी सबै कुरा जानेर पनि आफैंलाई नम्र तुल्याउनुभएको छैन।
23
तपाईंले स्वर्गका परमप्रभुको विरुद्धमा काम गर्नुभयो र उहाँको मन्दिरबाट ल्याएका कचौराहरू र बटुकाहरू यहाँ ल्याउनुभयो। तपाईंका भारदारहरू, स्वास्नीहरू र रखौटीहरूले अनि तपाईं आफैंले पनि तीबाट दाखमद्य पिउनुभयो र सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गर्नुभयो। ती देवताहरूले न त सुन्न सक्छन् न देख्न सक्छन् न त केही जान्दछन्। तर परमेश्वर जसले तपाईंको जीवन र मरण खटाउनुहुन्छ तथा जसले तपाईंका सारा थोकमाथि अधिकार गर्नुहुन्छ, उहाँलाई तपाईंले सम्मान दिनुभएन।
24
त्यसैकारण यी शब्द लेख्नलाई परमेश्वरले त्यो हात पठाउनुभएको हो।
25
“त्यहाँ यसरी लेखिएको छ: ‘मेने, मेने, टेकेल, पर्सिन’। [मेने: गन्ती, टेकेल: ओजन, पर्सिन: विभाजन]
26
अनि त्यसको अर्थ यो हो: ‘गन्ती’ परमेश्वरले तपाईंको राज्य गर्ने दिनको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।
27
‘ओजन’ तपाईंको ओजन तराजुमा जोखिएको छ र तपाईंलाई हलुङ्गो पाइएको छ।
28
‘विभाजन’ तपाईंको राज्य भाग-भागमा विभाजन गरिएको छ अनि मादी र फारसीहरूलाई दिइएको छ।”
29
तब झट्ट बेलसजरले दानिएललाई बैजनी राज-पोशाक लाइदिन र गलामा सम्मानको सुनको सिक्री पहिराइदिन आफ्ना चाकरहरूलाई आज्ञा दिए। अनि उनले दानिएललाई राज्यमा तेस्रो दर्जा दिए।
30
त्यही रात बेबिलोनियाका राजा बेलसजर मारि,
31
अनि मादी राजा दाराले राज्य-सत्ता आफ्ना हातमा लिए। त्यस बेला दारा राजाको उमेर बयसट्ठी वर्ष भएको थियो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12