bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 3
Daniel 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
1
नबूकदनेसर राजाले सुनको एउटा मूर्ति बनाउन लगाए। त्यो सत्ताईस मिटर अग्लो र झण्डै: तीन मिटर चौडा थियो। त्यो मूर्ति तिनले बेबिलोन प्रान्तको दूरा भनिने समतल-भूमिमा खडा गरे।
2
तब राजाले आफ्ना सबै भारदारहरूलाई एकसाथ भेला हुने आज्ञा गरे। उनले प्रान्त-प्रान्तका रजौटा, बडा-हाकिम, सहायक हाकिम, शासक, खजान्ची, न्यायकर्ता, फौजदार र अन्य सबै भारदारहरूलाई यो आज्ञा पठाए। आफूले बनाएको मूर्तिको अर्पण सभामा हाजिर हुने राजाको आज्ञा थियो।
3
मूर्तिको अर्पणको निम्ति ती सबै भारदारहरू हाजिर भए र मूर्तिको अघि खडा भए।
4
तब घोषणा गर्ने मानिसले उच्च सोरमा भने, “हे सबै जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरू हो,
5
तिमीहरूले तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अन्य बाजाहरू बजेका सुन्नेछौ। ती बाजाहरूको सोर सुन्ने बित्तिकै नबूकदनेसर राजाले खडा गरेका सुनको मूर्तिलाई तिमीहरूले घोप्टो परी ढोग्नुपर्नेछ।
6
त्यसरी घोप्टो परी नढोग्ने जतिचाहिँ त्यही बेला दन्किरहेको आगोको भट्टीमा फालिनेछ।”
7
त्यसरी ती बाजाहरूको सोर सुन्ने बित्तिकै सबै जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरूले घोप्टो परेर ढोगे र नबूकदनेसर राजाले खडा गरेका मूर्तिलाई पुजे।
8
त्यही बेला केही बेबिलोनीहरूले यहूदीहरूको विरोधमा चुक्ली लाउने मौका छोपे।
9
तिनीहरूले नबूकदनेसर राजालाई भने, “महाराज, दीर्घायु रहून्!
10
महाराजाले आज्ञा गर्नुभएको छ कि बाजाको सोर सुनिने बित्तिकै हरेक मानिसले घोप्टो परी ढोगेर सुनको मूर्तिलाई पुज्नुपर्नेछ
11
अनि जसले त्यसरी मूर्तिलाई ढोगेर पुज्दैन, त्यसलाई दन्किरहेको आगोको भट्टीमा फालिदिइनेछ।
12
हजुरले बेबिलोन-प्रान्तको शासनभार सुम्पिएका केही यहूदीहरू अर्थात् शद्रक, मेशक र अबेद्नगोले हजुरका आज्ञापालन गरेका छैनन्। तिनीहरूले हजुरका देवताहरूलाई पुज्दैनन् र हजुरले खडा गरेको मूर्तिलाई घोप्टेर ढोग्दैनन्।”
13
यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्नो अघि खडा गर्ने आज्ञा गरे।
14
राजाले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्नगो! तिमीहरूले मेरा देवताहरूलाई पुज्न र मैले खडा गरेका सुनको मूर्तिलाई घोप्टेर ढोग्न इन्कार गर्दै छौ अरे। के यो कुरा साँचो हो?
15
अब उप्रान्त जब तिमीहरू तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अरू बाजाहरूको सोर सुन्नेछौ, तब तुरुन्तै मूर्तिलाई ढोगेर पूजा गर। तर त्यसो गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ। के तिमीहरूलाई बचाउन सक्ने अरू कोही देवता छ भनेर तिमीहरूले सोचेका छौ?”
16
शद्रक, मेशक र अबेद्नगोले जवाफ दिए, “महाराज, हामीले यस विषयमा आफैंलाई बचाउने कोसिस गर्नेछैनौं।
17
हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँले नै आगो दन्किरहेका भट्टीबाट र हजुरका हातबाट हामीलाई बचाउन सक्नुहुन्छ भने उहाँले अवश्यै हाम्रो रक्षा गर्नुहुनेछ।
18
तर उहाँले हामीलाई बचाउनुभएन भने पनि हामी हजुरका देवताहरू पुज्नेछैनौं र हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई घोप्टो परी ढोग्नेछैनौं। यो कुरो हजुरलाई पक्का थाहा होस्।”
19
तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्यादा आगो दन्काउन आज्ञा दिए।
20
अनि राजाले आफ्नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे।
21
अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्किरहेको आगोको भट्टीमा फालिदिए।
22
राजाले आगोको भट्टी खुबै रन्काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्ने मानिसहरू आगोको रापले खाक भए।
23
त्यसपछि शद्रक, मेशक र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किरहेको आगोको ज्वालामा परे।
24
नबूकदनेसरले अचम्म मान्दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्यसै गरेका थियौं।”
25
राजाले सोधे, “त्यसो भए, मैले कसरी त्यस आगोमा चार जना हिँडिरहेका देख्दै छु? तिनीहरूका बन्धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्यक्तिचाहिँ ईश्वरको छोराजस्तो पो देखिन्छ त!”
26
यसकारण नबूकदनेसर दन्किरहेको भट्टीको ढोकानिर गए र ठूलो सोरले भने, “ए शद्रक, मेशक र अबेद्नगो! सर्वोच्च परमेश्वरका सेवकहरू हो! बाहिर निस्केर आओ।” तिनीहरू तुरुन्तै भट्टीबाट निस्केर आए।
27
सबै रजौटा, बडा-हाकिम, सहायक हाकिम र राजाका अन्य भारदारहरू ती तीन जनालाई हेर्न जम्मा भए। तिनीहरूलाई आगोले केही खति गर्न सकेको थिएन। तिनीहरूको शिरको केश पनि खहरिएको थिएन। तिनीहरूका लुगा डढेको थिएन र तिनीहरूमा आगोको गन्धसम्म पनि थिएन।
28
राजाले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको प्रशंसा गर! आफूमाथि विश्वास राख्ने र आफ्नो सेवा गर्ने यी तीन भाइलाई बचाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र आफ्ना ज्यान खतरामा पारे; तर आफ्ना परमेश्वरबाहेक अरू कुनै देवतालाई घोप्टेर पुजेनन्।
29
“अब म यो आज्ञा दिन्छु कि कुनै पनि जाति वा कुलका अथवा कुनै भाषा बोल्ने जुनसुकै मानिसले शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको निन्दा गरेर बोल्यो भने त्यसलाई टुक्रै-टुक्रा पारिनेछ र त्यसको घर स्वाहा पारिनेछ। यसरी उद्धार गर्न सक्ने अरू कुनै ईश्वर छैन।”
30
तब राजाले बेबिलोन प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका दर्जा बढाइदिए।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12