bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 4
Daniel 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
1
नबूकदनेसर राजाले संसारका जाति-जाति, कुल-कुलका र विभिन्न भाषा बोल्ने मानिसहरूकहाँ यस्तो समाचार पठाए: “तिमीहरूलाई सुख-शान्ति होस्!
2
सर्वोच्च परमेश्वरले मलाई देखाउनुभएका उदेक र आश्चर्यका कामहरू म बताउँछु, सो तिमीहरू सुन,
3
“हामीलाई परमेश्वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्मका कामहरू कति शक्तिशाली छन्! परमेश्वरले सदासर्वदा राज्य गर्नुहुनेछ, उहाँले अनन्तकालसम्म राज्य गर्नुहुनेछ।
4
म नबूकदनेसर आफ्नो राजमहलमा सुख-चैनसाथ बसेको थिएँ, मेरो ठूलो फलिफाप भएको थियो।
5
तर मैले एउटा भयङ्कर सपना देखें र सुतेको बेलामा डरलाग्दा दर्शनहरू पाएँ।
6
बेबिलोनको राजदरबारका सबै सल्लाहकारहरूलाई मकहाँ त्यस सपनाको अर्थ बताउन हाजिर गर्न मैले आज्ञा गरें।
7
जब सबै ज्योतिषी, जादूगर र टुना-मुना गर्नेहरू मकहाँ आए, मैले तिनीहरूलाई आफ्नो सपना बताइदिएँ; तर तिनीहरूले मलाई सपनाको अर्थ बताउन सकेनन्।
8
तब दानिएल मकहाँ आए। (जसको नाम मेरो आफ्नो देवताको नामअनुसार बेलतसजर पनि थियो।) पवित्र परमेश्वरको आत्मा उनीसित थिए। मैले उनलाई आफ्नो सपना बताएँ र भनें,
9
“ज्योतिषीहरूमध्ये सर्वप्रधान, ए बेलतसजर, म जान्दछु कि पवित्र परमेश्वरको आत्मा तिमीसित छन् र तिमी सबै रहस्यहरू जान्दछौ। मेरो सपना यस्तो छ, तिमीले त्यसको अर्थ मलाई बताइदेऊ।
10
“म सुतेको बेला मैले एउटा दर्शन देखें। दर्शनमा यस पृथ्वीको माझमा एउटा ठूलो रूख थियो।
11
त्यो रूख बढ्दैगयो र आकाशसम्म पुग्यो र संसारमा सबै मानिसहरूले त्यसलाई देख्न सक्थे।
12
त्यसका पातहरू सुन्दर थिए, बोटमा लटरम्म फल फलेका थिए। ती फल सारा संसारलाई खान पुग्थ्यो। त्यसको छायामुनि जङ्गली जनावरहरूले बस्ने ठाउँ पाएका थिए, हाँगामा पन्छीहरूले गुँड लाउँथे र हरेक किसिमका प्राणीहरूले त्यसका फल खान्थे।
13
“मैले त्यस दर्शनबारे सोच्दैगर्दा स्वर्गबाट एउटा पवित्र स्वर्गदूत आउँदैगरेको देखें।
14
तिनले उच्च सोरमा भने, ‘त्यो रूख काटेर ढालिदे, त्यसका डालाहरू काटिदे, त्यसका पातहरू झारिदे र फलहरू छरपष्ट पारिदे। त्यसको मुनिबाट जनावरहरू र हाँगाबाट पंक्षीहरू धपाइदे।
15
तर त्यसको ठुटाचाहिँ फलाम र काँसाका फित्ताले बाँधेर जमिनमा छोडिदे। त्यो मैदानमा घाँसको बीचमा रहोस्। “ ‘आकाशको शीत यो मानिसमाथि परोस् र त्यसले ती जनावरहरू र रूख-पातहरूसित बास गरोस्।
16
सात वर्षसम्म त्यसको दिमाग पशुको दिमागमा बदल्नेछ।
17
पवित्र स्वर्गदूतहरूको यो निर्णय हो। यसैले अब सारा ठाउँका सबै मानिसहरूलाई थाहा हुनेछ कि मानिसहरूका राज्यमाथि सर्वोच्च परमेश्वरले अधिकार चलाउनुहुन्छ। उहाँले आफूले चुन्नुभएको कुनै पनि मानिस, जो सबैभन्दा सानो भए पनि, उसको हातमा ती राज्य दिनुहुन्छ।’
18
“नबूकदनेसर राजाले भने, “मैले देखेको सपना यही हो। अब ए बेलतसजर, मलाई त्यसको अर्थ खोलिदेऊ। मेरा राजदरबारका कुनै सल्लाहकारले त्यसको अर्थ खोल्न सकेन, तर तिमीले सक्नेछौ किनभने पवित्र परमेश्वरका आत्मा तिमीमा छन्।”
19
तब दानिएल, जसलाई बेलतसजर पनि भनिन्थ्यो, यति साह्रो तर्से कि केही बेर त तिनी बोल्नै सकेनन्। राजाले उनलाई भने, “ए बेलतसजर, सपना र त्यसको अर्थले तिमीलाई व्याकुल नपारोस्।” बेलतसजरले जवाफ दिए, “महाराज, यो सपना र त्यसको अर्थ हजुरलाई नभएर हजुरका शत्रुहरूलाई भए त हुनेथ्यो।
20
त्यो अग्लो र आकाशसम्म पुगेको रूखलाई संसारमा भएका सबैले देख्न सक्थे।
21
त्यसका पातहरू सुन्दर र फल संसारका सबै जनालाई खान पुग्नेथियो। त्यसको ओतमुनि जङ्गली जनावरले बस्ने ठाउँ पाउँथे र त्यसका हाँगाहरूमा पंक्षीहरूले गुँड लाउँथे।
22
“महाराज, त्यो अग्लो र बलियो रूख तपाईं हुनुहुन्छ। तपाईं बढेर यति महान् हुनुभएको छ कि आकाशसम्मै पुग्नुभएको छ र तपाईंको शक्ति सारा संसारमा फैलिएको छ।
23
महाराजाले हेरिरहनुभएको बेला स्वर्गबाट एउटा पवित्र स्वर्गदूत आएर भने, ‘त्यो रूख काटेर ढालिदे तर त्यसको ठुटाचाहिँ जमिनमा नै छोडिदे। त्यसलाई फलाम र काँसाको साङ्लाले बाँध र मैदानमा घाँसको बीचमा छोडिदे। त्यो मानिसमाथि आकाशको शीत परोस् र त्यहाँ त्यो जनावरहरूसित सात वर्षसम्म बास बसोस्।’
24
“महाराज, त्यसको अर्थ हो, सर्वोच्च परमेश्वरले हजुरलाई यस्तो हुनेछ भनी घोषणा गर्नुभएको छ:
25
मानव-समाजबाट हजुर धपाइनुहुनेछ र जङ्गली जनावरहरूसित बास गर्नुहुनेछ। सात वर्षसम्म हजुरले गोरुले झैँ घाँस खानुहुनेछ र खुल्ला मैदानमा सुत्नुहुनेछ र शीत हजुरमाथिपर्नेछ। त्यसपछि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि अधिकार गर्नुहुन्छ र ती राज्य उहाँले आफूले चुनेका कुनै पनि मानिसको हातमा दिनुहुन्छ भनी हजुरले स्वीकार गर्नुहुनेछ।
26
ठुटा जमिनमै छोडियोस् भन्ने आज्ञाको अर्थ यो हो कि जब हजुरले सारा संसारमा परमेश्वरले राज्य गर्नुहुन्छ भनी स्वीकार गर्नुहुनेछ, तब हजुर फेरि राजा हुनुहुनेछ।
27
यसर्थ हे महाराज, मेरो सल्लाहअनुसार गर्नुहोस्। पाप गर्न छोड्नुहोस्, असल काम गर्नुहोस् र अत्याचार भएकाहरूमाथि दया गर्नुहोस्। त्यसो गर्नुभए हजुरको उन्नति भइरहनेछ।”
28
यी सबै कुरा नबूकदनेसर राजाको जीवनमा पूरा भयो।
29
बाह्र महिनाको अन्त्यमा बेबिलोनको राजमहलको कौसीमा टहलिरहेको बेला
30
तिनले यसो भने, “बेबिलोन कति महान् छ! हेर, मेरो गौरव र महिमा देखाउन मैले आफ्ना शक्ति र सामर्थ्यले बेबिलोनलाई मेरो राजधानी बनाएँ।”
31
राजाले बोलिसक्दानसक्दै स्वर्गबाट यस्तो वाणी आयो, “ए राजा नबूकदनेसर, तेरो लागि यो निर्णय भएको छ। तेरो राज-अधिकार तँबाट खोसिएको छ।
32
मानव-समाजबाट तँ धपाइनेछस् र जङ्गली जनावरहरूसित बास गर्नेछस् र सात वर्षसम्म गोरुले झैँ घाँस खानेछस्। त्यसपछि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि अधिकार गर्नुहुन्छ र ती राज्यहरू आफूले चुनेको कुनै पनि मानिसको हातमा उहाँले दिनुहुन्छ भनी तैँले स्वीकार गर्नेछस्।”
33
ती कुरा तुरुन्तै पूरा भए। नबूकदनेसर मानव-समाजबाट धपाइए र तिनले गोरुले झैँ घाँस खान थाले। शीत उनको जिउमा पर्यो र उनका केश चिलका प्वाँखझैँ र नङ्ग चराका नङ्ग्राझैँ लामा-लामा भए।
34
नबूकदनेसर राजाले भने, “सात वर्ष बितिसकेपछि मैले आकाशतिर हेरें र मेरो होश फर्क्यो, मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें र उहाँलाई, जो सदासर्वदा जीवित हुनुहुन्छ, आदर र महिमा दिएँ। “उहाँले सदासर्वदा राज्य गर्नुहुन्छ र उहाँको राज्य अनन्तकालसम्म रहिरहन्छ।
35
पृथ्वीका मानिसहरू उहाँको दृष्टिमा केही होइनन्, स्वर्गका दूतहरू र पृथ्वीका मानिसहरू उहाँका अधीनमा छन्। कसैले उहाँको इच्छाको विरोध गर्न सक्दैन, उहाँले के गर्नुहुन्छ, त्यसमा कसैले प्रश्न गर्नै सक्दैन।
36
“जब मेरो होश फर्क्यो, तब मेरो मान, महिमा र मेरो राज्यको गौरव मलाई फिर्ता दिइए, मेरा भारदार र उच्च-कुलका मानिसहरूले मेरो स्वागत गरे र मेरो राज्य-शक्ति अगाडिको भन्दा झन् ज्यादा इज्जतका साथ मैले फिर्ता पाएँ।
37
“र अब म नबूकदनेसर स्वर्गको राजालाई प्रशंसा, सम्मान र महिमा दिन्छु। उहाँले गरेका सबै काम उचित र न्यायपूर्ण छन् र उहाँले घमण्डी मानिस जोसुकैलाई पनि होच्याउन सक्नुहुन्छ।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12