bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 6
Daniel 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
1
दारा राजाले आफ्नो सारा साम्राज्यमा कार्यभार सम्हाल्न एक सय बीस जना प्रान्तीय बडा-हाकिमहरू नियुक्त गर्ने निर्णय गरे।
2
तीबाहेक बडा-हाकिमहरूका काम र राजाका हितका कुराका हेरचाह गर्न उनले दानिएल र अरू दुई जना पुरुषहरूलाई मन्त्री चुने।
3
अरू दुई मन्त्री र बडा-हाकिमहरूभन्दा दानिएलमा अझ राम्ररी काम गर्ने योग्यता देखिएकोले राजाले उनलाई सारा राज्यको शासक नियुक्त गर्ने विचार गरे।
4
त्यसो हुँदा अरू दुई मन्त्री र बडा-हाकिमहरूले दानिएलको शासन व्यवस्थामा त्रुटि भेट्टाउने कोसिस गरे तर सकेनन्, कारण दानिएल विश्वासयोग्य मानिस थिए र उनले कुनै पनि काममा लापरवाही वा बेइमान गरेका थिएनन्।
5
तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्बन्धी काम कुरामा दानिएलको दोष देखाउन सक्यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्दैनौं।”
6
यसकारण तिनीहरू राजालाई भेट्न गए र भने, “दारा राजा, हजुरको दीर्घायु होस्!
7
हजुरको राज्यमा शासन गर्न खटाइएका हामी सबै मन्त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्यो र त्यसलाई ठीकसित पालन गर्न लाउनुपर्यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्यो आदेश पालन गरेन भने त्यसलाई सिंहको खोरमा फालियोस्।
8
महाराजले यस्तो आदेश निकालेर आफ्नो सही-छाप दिनुहोस् र त्यो आदेश लागू गरिनेछ र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन बन्नेछ।”
9
यसरी दारा राजाले त्यस्तो आदेश सही-छाप दिई निकाले।
10
त्यस्तो आदेश निकालिएको थाहा पाएर दानिएल आफ्नो घर गए। उनको घरको माथिल्लो कोठाका झ्यालहरू यरूशलेमपट्टि फर्केका थिए। त्यहाँ सधैँ गरेझैँ खुल्ला झ्यालहरूतिर फर्की घुँडा टेकेर उनले परमेश्वरलाई दिनमा तीनपल्ट प्रार्थना गर्ने गरे।
11
[11-12] दानिएलले परमेश्वरलाई प्रार्थना गर्दैगरेको उनका शत्रुहरूले देखे र तिनीहरू सबै एकसाथ दानिएलको दोष देखाउन राजाकहाँ गए। तिनीहरूले भने, “महाराज, हजुरले आउँदा तीस दिनसम्म हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना चढायो भने त्यसलाई सिंहको खोरमा फालिनेछ भन्ने आदेश दिनुभएको थियो।” राजाले भने, “हो, त्यो एउटा कडा आदेश थियो र हेर-फेर गर्न नसकिने मादी र फारसीहरूको कानुन हो।”
13
तिनीहरूले राजालाई भने, “देशनिकालाबास भई यहूदाबाट आएको दानिएल भन्ने एक जना पुरुषले हजुरको आदर गर्दैनन् र हजुरको आदेश पालन गर्दैनन्। उनी नियमित दिनमा तीनपल्ट प्रार्थना गर्दछन्।”
14
त्यो कुरा सुनेर राजा अन्योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्न खुब विचार गर्न लागे। घाम नअस्ताएसम्म उनले जुक्ति गरि नै रहे।
15
त्यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्नुहुन्छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।”
16
यसकारण राजाले दानिएललाई पक्रने हुकुम दिए र उनी सिंहको खोरमा फालिए। राजाले दानिएललाई भने, “तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई बचाऊन्।”
17
खोरको मुखमा एउटा ठूलो ढुङ्गा ल्याएर राखियो र राजाले आफ्नो लाल-मोहोर र शासकहरूको सिल-मोहोर कसैले दानिएललाई बचाउन नसक्ने हिसाबले त्यस ढुङ्गामा लाइदिए।
18
त्यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्जन नगरी रातभरि जागा बसे।
19
बिहान मिरमिरे उज्यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए।
20
त्यहाँ पुगेर राजाले चिन्तित भई भने, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?”
21
दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्!
22
सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्वरले आफ्ना स्वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्नुहुन्थ्यो र नै उहाँले त्यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।”
23
राजा अत्यन्तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्वरमाथि भरोसा राखेका थिए।
24
त्यसपछि दानिएललाई दोष लगाउने सबै मानिसहरूलाई पक्रन राजाले आज्ञा दिए र ती मानिसहरूलाई तिनीहरूका जहान र बाल-बच्चासहित सिंहका खोरमा फालिदिए। तिनीहरू खोरको भूइँसम्म पुग्नु अघि नै सिंहहरूले झम्टेर तिनीहरूका हड्डीहरू कर्याककुरुक पारिदिए।
25
तब दारा राजाले पृथ्वीका सबै जातिहरू, कुलहरू र विभिन्न भाषा बोल्ने मानिसहरूलाई यसरी लेखिपठाए: “तिमीहरूलाई सुख-शान्ति होस्!
26
म यो आज्ञा दिन्छु कि मेरो सारा साम्राज्यभरि सबै मानिसहरूले दानिएलको परमेश्वरको भय मानून् र आदर गरून्। “उहाँ जीवित परमेश्वर हुनुहुन्छ। “र उहाँले सदासर्वदा राज्य गर्नुहुन्छ। उहाँको राज्य कहिल्यै नाश हुँदैन र उहाँको शक्तिको कहिल्यै अन्त्य हुँदैन।
27
उहाँले बचाउनु र उद्धार गर्नुहुन्छ, उहाँले स्वर्ग र पृथ्वीमा उदेक र चमत्कारका कामहरू गर्नुहुन्छ। उहाँले दानिएललाई सिंहको मुखबाटै बचाउनुभयो।”
28
यसरी दारा राजा र फारसी राजा कोरेसका शासनकालमा दानिएलको उन्नति भइरह्यो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12