bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Daniel 7
Daniel 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
1
बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्यो सपनाको विषयमा मैले देखें
2
र त्यो रात मैले देखेका कुराको वर्णन यस्तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो।
3
समुद्रबाट चार वटा ठूल्ठूला भिन्दा-भिन्दै प्रकारका जन्तुहरू निस्किआए।
4
पहिलो जन्तु सिंहजस्तो देखिन्थ्यो; तर त्यसको चिलका जस्ता पखेटाहरू थिए। मैले हेर्दा-हेर्दै ती पखेटाहरू उखेलिए। त्यो जन्तु उचालियो र मानिसझैँ दुई खुट्टामा उभ्याइयो अनि त्यसलाई मानिसको मन दिइयो।
5
दोस्रो जन्तु पछिल्ला खुट्टामा उभिएको भालुजस्तै थियो। त्यसले आफ्ना दाँतले तीन वटा करङहरू च्यापेको थियो। तब एउटा सोरले त्यसलाई भन्यो, “जा, पेटभरी मासु खा!”
6
मैले हेर्दा-हेर्दै तेस्रो जन्तु देखा पर्यो। त्यो हेर्दा चितुवाझैँ देखिन्थ्यो तर त्यसको ढाडमा चराको झैँ चार वटा पखेटा थिए र त्यसका चार वटा टाउका थिए। त्यसलाई अख्तियार दिएको थियो।
7
म हेर्दै नै थिएँ, चौथो जन्तु देखा पर्यो। त्यो अत्यन्त बलियो, डरलाग्दो र भयङ्कर थियो। त्यसको फलामका ठूल्ठूला दाँतले आफ्ना शिकार कर्याक-कुरुक चपाउँथ्यो र त्यसले पैतालाले कुल्चन्थ्यो। त्यो अरू जन्तुजस्तो थिएन र त्यसका दश वटा सिङ थिए।
8
मैले हेर्दा-हेर्दै ति सिङहरूका बीचमा अर्को एउटा सिङ पलाएको देखें। त्यो नयाँ सिङले पहिलेका तीन वटा सिङ उखेलिदियो। त्यस सिङमा मानिसका जस्ता आँखा र ठूल्ठूला कुरा गर्ने मुख थिए।
9
मैले हेर्दाहेर्दै सिंहासनहरू राखिए। एउटा सिंहासनमा अमर जीवन भएको व्यक्ति बसे। उनका वस्त्र हिउँजस्तै र केशचाहिँ सफा ऊनजस्तै सेता थिए। तिनको बल्दो सिंहासन आगोले दन्केका पाङ्ग्राहरूमाथि राखिएको थियो
10
अनि त्यस सिंहासनबाट आगोको खोला निस्किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्यायको दरबार त्यहाँ बस्यो र पुस्तकहरू खोलिए।
11
मैले हेरिरहेको बेला त्यो सानो सिङले ठूल्ठूला घमण्डका कुरा गरेको सुनें। हेर्दाहेर्दै चौथो जन्तु मारियो र त्यसको लाश आगोमा हालियो र भस्म पारियो।
12
अरू जन्तुहरूबाट तिनीहरूको अख्तियार खोसियो तर केही समयको लागि तिनीहरूलाई बाँच्न दिइयो।
13
रातको यस दर्शनमा मैले मानव पुत्रजस्तै एउटा रूप देखें। उनी आइरहेका थिए र उनलाई चारैपट्टि बादलले घेरेको थियो। उनी ती अमर जीवन भएको व्यक्तिकहाँ गए र उनको अघि हाजिर भए।
14
जाति-जाति र कुल-कुलका अनि विभिन्न भाषा बोल्नेहरू सबैले उनको सेवा गरून् भनी उनलाई अधिकार, आदर र राज्य-शक्ति दिइयो। उनको अधिकार सदाकाल रहनेछ र उनको राज्यको अन्त्य कहिल्यै हुनेछैन।
15
मैले पाएका दर्शनहरूले म साह्रै डराएँ र व्याकुल भएँ।
16
त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाकहाँ म गएँ र त्यसको अर्थ खोलिदिन बिन्ती गरें। उनले मलाई अर्थ बताइदिए
17
र भने, “यी चार ठूल्ठूला जन्तुहरू संसारमा स्थापित हुने चार राज्यहरू हुन्।
18
अनि सर्वोच्च परमेश्वरका प्रजाहरूले राज्य-शक्ति पाउनेछन् र सदासर्वदा त्यो आफ्ना हातमा राख्नेछन्।”
19
त्यसपछि मैले चौथो जन्तुबारे अझ धेरै जान्ने मन गरें, जुनचाहिँ अरू जन्तुहरूजस्तो थिएन। त्यो एउटा डरलाग्दो जन्तु थियो, जसले आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राहरूले शिकार कर्याक-कुरुक पार्थ्यो र त्यसपछि पैतालाले कुल्चन्थ्यो।
20
त्यसको टाउकाका दश वटा सिङहरू र पछिबाट ती सिङका बीचमा पलाएको एउटा सिङ, जसले पहिलेका तीन वटा सिङहरू उखेलिदिएको थियो, ती सबैको विषयमा म जान्न चाहन्थें। त्यसका आँखा र मुख थिए अनि त्यो मुखले घमण्डका कुराहरू गर्दथ्यो। त्यो अरू जन्तुहरूभन्दा ज्यादै डरलाग्दो थियो।
21
मैले हेर्दाहेर्दै त्यस सिङले परमेश्वरका पवित्र जनहरूसित लडाइँ गर्यो र तीमाथि विजयी भयो।
22
त्यसपछि ती अमर जीवन भएको व्यक्ति आए र उनले सर्वोच्च परमेश्वरका पवित्र जनहरूका पक्षमा न्यायको निर्णय दिए। परमेश्वरका पवित्र जनहरूले राज्य-शक्ति पाउने समय आइपुगेको थियो।
23
मलाई त्यसको अर्थ यसरी बुझाइयो, “त्यो चौथो जन्तु चौथो राज्य हो, त्यो राज्य पृथ्वीमा स्थापित हुनेछ र त्यो अरू सबै राज्यहरूभन्दा भिन्नै हुनेछ। त्यसले सारा पृथ्वीलाई मर्याकमुरुक पारेर पैतालाले कुल्चनेछ।
24
दश वटा सिङचाहिँ त्यो साम्राज्यमाथि शासन गर्ने दश राजाहरू हुन्। त्यसपछि अर्को एक जना राजा खडा हुनेछ, त्यो अघिअघिका राजाहरूभन्दा भिन्नै हुनेछ र त्यसले तीन जना राजाहरूलाई पराजित गर्नेछ।
25
त्यसले सर्वोच्च परमेश्वरको विरुद्धमा बोल्नेछ र त्यसले परमेश्वरका पवित्र जनहरूलाई सताउनेछ। त्यसले धार्मिक नियम र चाडहरू हेरफेर गर्ने कोसिस गर्नेछ अनि साढे तीन वर्षसम्म परमेश्वरका पवित्र जनहरू त्यसको वशमा रहनेछन्।
26
तब स्वर्गीय न्यायको दरबारमा बस्नेछ र त्यसको शक्ति खोसेर त्यसलाई पूरा नाश पारिनेछ।
27
पृथ्वीका सबै राज्यहरूका शक्ति र महान्ता सर्वोच्च परमेश्वरका पवित्र जनहरूको हातमा दिइनेछ। उहाँको राज्य-शक्तिको कहिल्यै अन्त्य हुनेछैन र पृथ्वीका सबै शासकहरूले उहाँको सेवा गर्नेछन् र आज्ञापालन गर्नेछन्।”
28
मेरो वर्णन यहीँ अन्त्य हुन्छ। म यति साह्रो तर्सें कि म पहेंलै भएँ र यी सबै कुरा मैले मेरो मनमै राखें।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12