bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 10
Ecclesiastes 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 11 →
1
मरेका झिँगाहरूले सुगन्धित अत्तरको पूरा सिसी नै दुर्गन्धित पार्न सक्दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्दछ।
2
बुद्धिमान्ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्वाभाविक कुरा हुन्।
3
बाटोमा भेट हुने नचिनेका मानिसहरूले पनि त्यसको मूर्खता छर्लङ्ग देख्छन्। आफ्नो मूर्खता त्यसले जोसुकैलाई देखाउँछ।
4
शासक तिमीसँग रिसाए भन्दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्त रहे, ठूल्ठूला भुलबाट क्षमा पाउन सक्दछौ।
5
संसारमा मैले देखेको एउटा अन्याय यो हो; शासकद्वारा अन्याय भएको।
6
मूर्खहरूलाई अधिकारीको उच्च दर्जा दिइन्छ र धनीहरूलाई निच दर्जा दिइन्छ।
7
मैले कमाराहरू घोडामा चढेर गएका र उच्च पदका मानिसहरू कमाराझैँ पैदल हिँडेका देखेको छु।
8
जसले खाडल खन्छ, त्यही त्यसमा पर्छ। जसले पर्खाल भत्काउँछ, त्यसैलाई साँपले डस्छ।
9
ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्छ।
10
बन्चरो बोधो छ भने र त्यसमा धार लाएन भने त्यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्याउँछ।
11
साँपलाई लट्ठ्याउन जानेर पनि पहिले नै साँपले ठुँगिहाल्यो भने के लाभ हुन्छ र?
12
बुद्धिमान्को बोलीले आफ्नै इज्जत ल्याउँदछ तर मूर्खको बोलीले आफ्नै सर्वनाश गर्छ।
13
त्यसले मूर्ख कुरा गरेर बौलाहा कुरामा अन्त गर्छ।
14
मूर्ख बोलेको बोलै हुन्छ। भविष्यमा के हुन्छ, कसैले जान्दैन। मरेपछि के हुन्छ, कसैले भन्न सक्दैन।
15
आफ्नो घर जाने बाटो पनि नचिन्ने अति मूर्खले मात्र थाकुञ्जेल काम गरिबस्छ।
16
जुन देशका राजा एउटा अन्जान ठिटा छ र अगुवाहरू रातभरि भोजनमा मस्त रहन्छन्, त्यो देशको दुर्भाग्य हो।
17
तर जुन देशका राजाले आफ्ना हरेक कुराको निर्णय आफैं गर्छन् र अगुवाहरू बल पाउन उचित समयमा मात्र भोज गर्छन्, तर मद्य पिएर मात्दैनन्, त्यो देश भाग्यमानी हो।
18
आफ्नो घरको छाना मरमत गर्न अल्छी मान्ने मानिसको घर चुहुन्छ र त्यो घर ढलेर जान्छ।
19
भोज खाँदा आनन्द हुन्छ र मद्यले मन खुसी पार्छ। बिनापैसा कुनै एक थोक पनि पाइँदैन।
20
राजाको निन्दा नगर, यो मनमा पनि नसोच। सुत्ने कोठामा धनी मानिसलाई नसराप। चराले खबर लगेर तिम्रा कुरा तिनीहरूलाई सुनाइदेला।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12