bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 9
Ecclesiastes 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
1
यी सबै कुरामा मैले लामो र खुब विचार गरें र देखें कि परमेश्वरले बुद्धिमान् र धर्मी मानिसका काम-कारवाइ, तिनीहरूका प्रेम र घृणा पनि उहाँका वशमा राख्नुहुन्छ। आफ्नो भविष्यमा के छ, त्यो कसैले जान्दैन।
2
त्यसले केही फरक पार्दैन। धर्मी र अधर्मी, असल र खराब, शुद्ध र अशुद्ध बलिदान चढाउने र नचढाउने सबैको भाग्य एउटै हो। पापीलाई भन्दा असल मानिसलाई केही कुरामा लाभ हुँदैन, भाकल गर्ने मानिसलाई नगर्नेलाई भन्दा केही भलाइ हुँदैन।
3
सबैको भाग्य एउटै हो र यो पनि संसारका अरू कुरा जत्तिकै बेठीक हो। संसारमा मानिस रहुन्जेल तिनका मन दुष्टता र पागलपनाले भरिएका हुन्छन् र तिनीहरू अचानक मरिजान्छन्।
4
तर जिउँदाहरूका संसारमा बाँचिरहेको मानिसको लागि भने केही आशा छ। एउटा जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो।
5
जिउँदाले हामी मर्नेछौं भनी जान्दछन्, तर मुर्दाले केही पनि जान्दैन। तिनीहरूले पाउनुपर्ने कुरा अरू केही छैन, तिनीहरूलाई सबैले बिर्सिनेछन्।
6
तिनीहरूका माया-मोह, घृणा र भावनाहरू तिनीहरूसितै मरिजान्छन्। तिनीहरूले फेरि कहिल्यै संसारमा गरिएका काममा भाग लिनेछैनन्।
7
आफ्नो बाटोमा अघि बढ, भोजन खाएर आनन्द मनाओ, मद्य पिएर हर्षित होओ। परमेश्वरले तिम्रो कामलाई सहमति दिनुभएको छ।
8
सधैँ खुसी र हर्षित देखा पर।
9
जहिलेसम्म परमेश्वरले तिमीलाई यस संसारमा यो व्यर्थको जीवन दिनुहुन्छ, तहिलेसम्म आफूले प्रेम गरेको पत्नीसित आनन्द-खुसीमा जीवन बिताओ। जीवनका प्रत्येक व्यर्थको दिन सुख-भोग गरेर काट किनभने आफ्ना सारा कष्टका सट्टामा तिमीले पाउने कुरा त्यति मात्र हो।
10
जे काम गर्छौ, त्यसमा खुब मेहनत गर किनभने मृत्युको देशमा केही काम सोच-विचार, ज्ञान वा बुद्धि हुनेछैन र तिमी त्यहीँ गइरहेका छौ।
11
मैले अर्को एउटा कुरा देखेको छु। दौडमा सधैँ चाँडो दगुर्नेहरूले दौड जित्दैनन् र वीरहरूले सधैँ लडाइँ जित्दैनन्। बुद्धिमान् मानिसहरूले सधैँ पेटपालनको मेलो गर्न सक्दैनन्, चतुर मानिसहरूले सधैँ धन कमाउन सक्दैनन् र योग्य मानिसहरू सधैँ उच्च दर्जामा पुग्दैनन्। बेला र मौका सबैमाथि आउन सक्छ।
12
त्यो समय कहिले आइपर्छ, तिमी जान्दैनौ। आफूले नचिताएको बेला चरा पासोमा परेझैँ वा माछा जालमा परेझैँ अचानक हामीमाथि दुर्दशा आइपर्छ।
13
मैले अर्को एउटा कुरा पनि देखेको छु, यस संसारमा बुद्धिको कस्तो कदर हुन्छ, त्यसको एउटा असल उदाहरण देखेको छु।
14
एउटा सानो सहर छ, त्यस सहरमा थोरै मानिसहरू छन्। एउटा बलियो राजाले सहरमाथि आक्रमण गरे। सहरलाई घेरामा हाली पर्खाल तोडेर त्यसभित्र पस्ने तयारी हुन लाग्यो।
15
एउटा गरीब मानिस त्यहाँ बस्थ्यो तर त्यो यति चतुर थियो कि त्यसले सहर बचायो। तर कसैले त्यसलाई सम्झेन।
16
बलभन्दा बुद्धि ठूलो हो भनी म सधैँ भन्दछु तर दरिद्र पनि बुद्धिमान् हुन सक्छ भनी कसैले सोच्दैन वा उसका कुरामा कसैले ध्यान दिँदैन।
17
मूर्खहरूका बीचमा चिच्च्याएर बोल्ने शासकको कुरा सुन्नुभन्दा त शान्त भावले बोल्ने बुद्धिमान् मानिसको वचन सुन्नु असल हो।
18
बुद्धिले हात-हतियारभन्दा धेरै असल काम गर्दछ तर एक जना पापीले धेरै असल कुराहरू सर्वनाश गर्न सक्छ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12