bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 12
Ecclesiastes 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
1
यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्द छैन,” भन्नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्ना सृष्टिकर्ताको सम्झना गर।
2
त्यस बेला घाम, जून र ताराको प्रकाश तिमीलाई धमिलो लाग्नेछ र वर्षा ल्याउने बादल कहिल्यै हट्नेछैन।
3
त्यस बेला तिमीलाई रक्षा गर्दैल्याउने तिम्रा पाखुरा थरथरी काम्नेछन् र तिम्रा बलिया खुट्टाहरू कमजोर हुनेछन्। तिम्रा दाँत झर्नेछन् र तिमीलाई खानेकुरा चपाउन साह्रो हुनेछ र तिम्रा आँखाले राम्ररी देख्न छोड्नेछन्।
4
तिम्रा कानहरू बहिरा हुनेछन् र तिमीले बाटोको आवाज सुन्नेछैनौ। गाएका गीत वा जाँतो पिंधेको आवाज सुन्न सक्नेछैनौ तर चराले गीत गाउँदा पनि तिमी निद्राबाट जाग्नेछौ।
5
अग्ला ठाउँदेखि तिमी डराउनेछौ र हिँड्दा तिमीलाई डर हुनेछ। तिम्रो केश फुल्नेछ, तिमीलाई यताउति घस्रेर हिँड्नुपर्नेछ र केही गर्न मन लाग्नेछैन। तिमी आफ्नो अन्तिम विश्राम लिने ठाउँतिर गइरहेका हुनेछौ र गल्लीमा मानिसहरूले शोक मनाउनेछन्।
6
चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्नेछ।
7
हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्वरको सम्झना गर।
8
व्यर्थ, व्यर्थ, सबै व्यर्थ भनी उपदेशक भन्दछन्।
9
तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्यबारे इमानदारीसाथ जाँच गरे।
10
उपदेशकले ठीक कुरा भेट्टाउने चेष्टा गरे। तिनले जे लेखे, ती सत्य थिए।
11
बुद्धिमान्का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्छन् र सङ्ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्छन्। हामी सबैका एउटै गोठालो परमेश्वरले ती दिनुभएको हो।
12
ए मेरो छोरो, अर्को एउटा कुरा पनि नजरमा राख्नुपर्छ। पुस्तक लेखाइको अन्त छैन र धेरै पढाइले मानिसलाई थकाउँछ।
13
यी सबै कुरा सुन्यौ, अब एउटै कुरा मात्र भन्नु छ; परमेश्वरको भय मान र उहाँका आज्ञापालन गर किनभने त्यति गर्नलाई मात्र मानिसको सृष्टि गरिएको हो।
14
हामीले गरेका सबै काम असल होस् वा खराब, गुप्तमा गरेका कामसमेत परमेश्वरले न्याय गर्नुहुनेछ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12