bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 7
Ecclesiastes 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
1
असल नामचाहिँ बहुमूल्य अत्तरको सुगन्धभन्दा उत्तम हो। मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
2
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु असल हो किनभने जिउँदा मानिसले हामी सबैलाई मृत्युले पर्खिराखेको छ भनी सधैँ याद गर्नुपर्छ।
3
हाँस्नुभन्दा सुर्ताउनु उत्तम हो: त्यसले अनुहारमा उदासी ल्याउला तर समझ-शक्तिलाई तिखार्दछ।
4
सधैँ रमाहटबारे सोच्ने मानिस मूर्ख हो। बुद्धिमान् मानिसले मृत्युबारे सोच्दछ।
5
मूर्ख मानिसहरूले गाएको प्रशंसाभन्दा बुद्धिमान् मानिसले हकारेको सुन्नु उत्तम हो।
6
मूर्खको हाँसो आगोमा काँढा पड्केजस्तै हो, त्यसको केही अर्थ हुँदैन।
7
बुद्धिमान् मानिसले कसैसित छल गर्यो भने त्यसले मूर्ख काम गर्छ। घुस लिनेले आफ्नो चरित्र बिगार्दछ।
8
कुनै कुराको सुरुभन्दा त्यसको अन्त उत्तम हो। अहङ्कारभन्दा धैर्य उत्तम हो।
9
झट्टै रिस नदेखाऊ। रिस-इबी मूर्खहरूको साथी हो।
10
“उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन असल थिए भनी नसोध।” त्यो त बुद्धिमानी प्रश्न होइन।
11
जीवित रहने मानिस बुद्धिमान् हुनुपर्छ। बुद्धि पैतृक सम्पत्ति जत्तिकै असल हो।
12
पैतृक सम्पत्तिले धनले जस्तै सुरक्षा दिन्छ, तर बुद्धिले तिम्रो जीवन जोगाउँछ। बुद्धिबाट पाइने लाभ यही हो।
13
परमेश्वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्छ?
14
आफ्ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्वरले नै पठाउनुहुन्छ। फेरि पछि के हुने हो, त्यो कसैले जान्दैन।
15
मेरो जीवन व्यर्थ भएको छ तर यस जीवनमा नै मैले सबै कुरा देखें। एउटा असल मानिस मर्दछ, अर्को दुष्ट भए पनि बाँचिरहँदछ।
16
त्यसैले तिमी ज्यादै धर्मी वा बुद्धिमान् नहोओ, किन आफैंलाई मार्छौ?
17
तर ज्यादै दुष्ट वा मूर्ख पनि नहोओ: किन काल नआई मर्छौ?
18
दुवै कुरामा अतिशय नगर। तिमीले परमेश्वरको भय मान्यौ भने तिमी सफल हुन्छौ नै।
19
बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ।
20
पृथ्वीमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्दछ र कहिल्यै भुल गर्दैन।
21
मानिसले भनेका सबै कुरामा ध्यान देओ, तिम्रै चाकरले तिम्रो अपमान गरेको तिमी सुनौला।
22
धेरै चोटि आफैंले पनि अरूहरूको अपमान गरेको तिमीलाई थाहै छ।
23
मैले आफ्नो बुद्धिले यी सबै कुराको जाँच गरें, मैले बुद्धिमान् बन्ने पक्का निर्णय गरें तर सकिनँ।
24
बुद्धि के हो, त्यो कसले जान्न सक्दछ? त्यो अत्यन्त गहिरो र बुझ्न अति गाह्रो छ।
25
तर मैले ज्ञान र बुद्धिमा मन लगाएँ। मैले बुद्धि र मेरा सबै प्रश्नहरूका उत्तर पाउने र बेवकूफी कति दुष्ट र मूर्ख कुरा रहेछ, सो बुझ्ने सङ्कल्प गरें।
26
मैले मृत्युभन्दा अझ तीतो कुराको पत्ता लगाएँ: त्योचाहिँ एउटी स्त्री हो, जो पासोजस्तै हो। त्यसको मायाले तिमीलाई जालले जस्तै फसाँउछ र त्यसका हातले साङ्लाझैँ तिमीलाई बाँध्छ। परमेश्वरलाई खुसी तुल्याउने मानिस त्यस फन्दाबाट बाँच्दछ तर पापी त्यसका हातमा पक्राउ पर्छ।
27
उपदेशक भन्छन्: हो, मैले एक-एक कुराको उत्तर खोजें र अलि-अलि गर्दै ती बुझें।
28
मैले अरू कुराको पनि खोजी गरें तर केही भेट्टाइनँ। मैले हजार पुरुषमा एउटै मात्र इज्जत गर्न लायक पाएँ तर स्त्रीहरूमा भने एउटैलाई पनि भेटिनँ।
29
मैले यो कुरा मात्र सिकें कि परमेश्वरले हामीलाई सोझो बनाउनुभयो तर हामीले आफैंलाई कठिन बनाएका छौं।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12