bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 4
Ecclesiastes 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
1
फेरि मैले संसारमा भइरहेका अन्यायलाई हेरें। अत्याचारमा परेकाहरू रोइरहेका थिए तर कसैले तिनीहरूलाई मद्दत गरेनन्। कसैले तिनीहरूको पक्ष लिएन किनभने अत्याचारीहरूका पक्षमा शक्ति थियो।
2
म यो पक्का गरेर भन्दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्।
3
तर ती सबै थरीभन्दा अझ सुखी कहिल्यै नजन्मनेहरू हुन्, जसले यस संसारका दुष्ट्याइँ कहिल्यै देख्दैनन्।
4
मानिसहरू सफलता प्राप्त गर्न किन अति परिश्रम गर्छन्, त्यो पनि मैले जानेको छु। आफ्ना छिमेकीहरूसित ईख भएकाले तिनीहरू त्यसो गर्छन्। त्यो व्यर्थ छ। त्यो हावालाई खेदेझैँ हो।
5
तिनीहरू भन्छन् कि मूर्ख मानिस हात बाँधेर बस्छ र भोकले मर्छ।
6
त्यो कुरा ठीकै होला तर दुवै हातले मेहनत गरेर हावा समात्न खोज्नुभन्दा त एकै मुट्ठी मात्र भरेर मनमा शान्ति भएको असल हो।
7
अर्को एउटा कुरा पनि जीवनमा व्यर्थ देखेको छु–
8
छोरो, दाजु वा भाइ कोही नहुने र एक्लै बास गर्ने मानिस, जो सधैँ मेहनत गरिबस्छ र आफूसित भएको धनमा सन्तोष गर्दैन। कसको निम्ति मैले जीवनका आनन्दका कुराहरू त्यागेर त्यस्तो कठोर परिश्रम गरिरहेको छु भनी त्यसले सोध्दछ। यो पनि व्यर्थ छ र जीवनको एउटा भार मात्र हो।
9
एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्छन्।
10
एउटा लड्दा अर्काले उठाउन सक्छ। तर एक्लो मानिस लड्यो र उसलाई उठाउने कोही भएन भने उसको अवस्था कस्तो विजोग हुन्छ!
11
जाडोमा दुई जना सँगै सुत्न सके न्यानो हुन्छ तर एक्लै कसरी न्यानो हुन सक्छ र?
12
एक्लो मानिसले थाम्न नसक्ने आक्रमण दुई जनाले थाम्न सक्छन्। तीन सुताले बाटेको डोरी चुँडाउन गाह्रो पर्छ।
13
[13-14] कुनै मानिस गरीबीबाट उठेर देशको राजा बन्ला अथवा कैदबाट छुटेर राज-गद्दीमा बस्न पुग्ला तर बुढेस-कालमा उसले कसैको सल्लाह नलिने मूर्खता गर्यो भने उसको दशा त एउटा गरीब तर बुद्धिमान् युवाको भन्दा असल हुँदैन।
15
संसारमा बास गर्ने सबै मानिसहरूलाई हेरें र तिनीहरू सबै त्यो युवासँग भएको देखें। युवकचाहिँ राजाको गद्दीमा बस्ने रहेछ।
16
राजाका प्रजा अनगिन्ती होलान् तर उनी मरेपछि कसैका धन्यवादको पात्र हुनेछैनन्। यो पनि व्यर्थ छ, बतासलाई खेदेजस्तो मात्र हो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→