bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 2
Ecclesiastes 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 3 →
1
मैले मन-मोजी गरी सुख के हो भनी जान्ने निश्चय गरें। तर त्यो पनि व्यर्थ रहेछ।
2
मैले देखें कि हाँस्नु मूर्खता रहेछ र सुख-विलासमा केही लाभ रहेनछ।
3
बुद्धि प्राप्त गर्ने आशामा मैले मद्य पिएर खुसी हुने र मन-मोजी गर्ने निश्चय गरें। मानिसको लागि यस संसारमा आफ्नो छोटो जीवन बिताउन के असल उपाय छ भनी मैले खोज्दै थिएँ।
4
मैले ठूल्ठूला कामहरू गरें। मैले आफ्नो निम्ति घरहरू बनाएँ र दाखबारीहरू लाएँ।
5
मैले फल र फूलका बगैँचाहरू लगाएँ र सबै थरिका फलका बोटहरू रोपें।
6
बगैँचामा पानी ल्याउन मैले पोखरीहरू खन्न लाएँ।
7
मैले कमारा-कमारीहरू किनें र मेरा घरमा पनि कमारा-कमारीहरू जन्मेका थिए। मसित धेरै गाई-वस्तु थिए। यरूशलेमको अरू कुनै बासिन्दासित मेरा जति गाई-वस्तु कहिल्यै थिएन।
8
मैले राज्य गरेका देशका राज-भण्डारबाट मैले थुप्रै सुन र चाँदी थुपारें। गायक र गायिकाहरूले गीत गाएर मलाई हर्षित तुल्याउँथे र आफूले चाहेजति स्वास्नीहरू मैले बटुलें।
9
यरूशलेममा मेरो अघिका सबै मानिसहरूभन्दा म महान् भएँ। आफ्नो बुद्धि सबै समय मैले आफूसित राखें।
10
आफूले चिताएको हरेक थोक मैले प्राप्त गरें। कुनै किसिमको सुख-विलास मैले छोडिनँ। आफूले गरेको हरेक काममा म गर्व गर्थें र यी कुराहरू मेरा मेहनतका फल थिए।
11
तब मैले आफूले गरेका सबै काममाथि विचार गरें र कत्रो परिश्रम गरेर ती काम गरेको थिएँ, सो सोचें र देखें कि ती सबैको केही अर्थ रहेनछ, खालि हावालाई खेदेजस्तो मात्र रहेछ र ती सबै व्यर्थ रहेछन्।
12
आखिरी, एउटा राजाले उही अघिका राजाले गरेका काम त गर्छन्। यसकारण मैले बुद्धिमानी, लापरवाही र मूर्खताबारे विचार गर्न लागें।
13
म जान्दछु, “बुद्धिमानी मूर्खताभन्दा उत्तम हो। त्यसरी नै उज्यालो अँध्यारोभन्दा उत्तम हो।
14
आफू कहाँ जाँदै छ, सो बुद्धिमान् मानिसले देख्न सक्छ तर मूर्खले देख्न सक्दैन।” तर म यो पनि जान्दछु कि ती दुवैलाई एउटै भाग्यले पर्खिरहेको हुन्छ।
15
मैले मनमा विचार गरें, “मेरो दशा पनि मूर्खको जस्तै हुनेछ र म बुद्धिमान् भएकोले के लाभ छ र?” मेरो मनले जवाफ दियो, “केही लाभ छैन।”
16
बुद्धिमान् र मूर्ख दुवैलाई कसैले याद गर्दैन। आउने दिनहरूमा कसैलाई हाम्रो सम्झना रहनेछैन। बुद्धिमान् होस् वा मूर्ख, हामी सबै मर्नैपर्छ।
17
यसरी मैले जीवनको केही अर्थ पाइनँ किनभने हरेक कुराले मेरो जीवनमा दु:ख मात्र ल्याएको थियो। सबै कुरा व्यर्थ थियो, मैले त हावालाई पो खेदेको रहेछु।
18
मैले गरेको हरेक काम अनि हासिल गरेको हरेक इनामको केही अर्थ थिएन किनभने म जान्दथें कि मैले सबै थोक मपछि आउनेको निम्ति छोडेर जानुपर्नेछ।
19
मपछि आउने बुद्धिमान् हुन सक्छ, मूर्ख पनि हुन सक्छ, कसले जान्दछ र? तापनि यस संसारमा मेरो मेहनतको फल, मेरो बुद्धिको कमाइ सबै उसैको हुनेछ। यो पनि सबै व्यर्थ छ।
20
यसकारण त्यस्तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो।
21
तिमी आफ्ना पूरा ज्ञान, बुद्धि र सीप लाएर एउटा काम गर्छौ र सबै थोक अर्काको लागि, जसले केही मेहनत गरेको छैन, छोडेर जान्छौ। यो पनि व्यर्थ छ र ठूलो दुर्भाग्य हो!
22
तिमी परिश्रम गर्छौ, जिन्दगीभरि चिन्ता गर्छौ, तर फलचाहिँ के पाउँछौ?
23
जतिञ्जेल बाँचिन्छ, आफूले गरेको हरेक कामले दु:ख मात्र ल्याउँछ, टाउको मात्र दुखाउँछ। राती पनि मनले विश्राम पाउँदैन। यो सबै व्यर्थ छ।
24
मानिसको निम्ति खानु, पिउनु र आ-आफ्नो काममा सन्तोष पाउनु नै सबैभन्दा असल हो तर मैले यो पनि बुझें कि त्यो पनि परमेश्वरबाटै पाइन्छ।
25
उहाँले दिनुभएन भने कसैले खानलाई भोजन पाउँदैन वा मन-मोजी गर्न सक्दैन।
26
जसलाई मनपर्छ, उसलाई परमेश्वरले ज्ञान, बुद्धि र सुख दिनुहुन्छ तर पापीहरूलाई उहाँले परिश्रम गरी कमाउनु र कमाइबाट बचाउनुहुन्छ र त्यो बचाएको कमाइ पनि उहाँले जसलाई मनपर्छ, उसलाई नै दिनुहुन्छ। यी सबै व्यर्थ हुन्। यो हावालाई खेदेजस्तै मात्र हो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→