bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 3
Ecclesiastes 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
1
यस संसारमा जे-जति हुन्छ, परमेश्वरको निर्धारित समयमा नै हुन्छ।
2
जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय।
3
मार्ने एउटा समय छ, निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
4
रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय।
5
ढुङ्गा फ्याँक्ने एउटा समय छ, ती बटुल्ने एउटा समय। अँगालो हाल्ने एउटा समय छ, अँगालो नहाल्ने एउटा समय।
6
भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय।
7
च्यात्ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।
8
प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।
9
आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं?
10
परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु।
11
प्रत्येक कुरा उहाँले त्यसको ठीक समयमा सुन्दर बनाउनुभयो। उहाँले हामीलाई अनन्तबारे जान्ने इच्छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्न सकिंदैन।
12
जीवन रहुञ्जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ।
13
मानिसले खान, पिउन र आफ्नो काममा सन्तोष पाओस्। त्यो परमेश्वरको दान हो।
14
म जान्दछु कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो सधैँभरि रहँन्छ। त्यसमा केही थप्न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्न सिकाउनुहुन्छ।
15
जे हुन आउँछ वा हुन सक्छ, त्यो अघि नै भइसकेको छ। त्यही कुरा परमेश्वरले घरीघरी गराउनुहुन्छ।
16
साथै, मैले यस संसारमा न्याय र भलाइ हुनुपर्ने ठाउँमा दुष्टता भएको पनि देखेको छु।
17
मैले मनमा सोचें, “परमेश्वरले धर्मी र अधर्मीहरूलाई एकनास न्याय गर्नुहुनेछ किनभने हरेक कुरा, हरेक कामको आफ्नै समय छ। आफ्नै समयमा ठीक-ठीक हुँदैजानेछ।”
18
मैले मनमा पक्का गरें कि परमेश्वरले हाम्रो जाँच गर्दै हुनुहुन्छ र हामी पशुभन्दा केही असल छैनौं भनी देखाउन चाहनुहुन्छ।
19
अन्तमा मानिस र पशुको भाग्य एउटै हुन्छ। दुवैमाथि एकै प्रकारको मृत्यु आउँछ। दुवै एकै थरीका प्राणी हुन्। मानिस पशुभन्दा केही असल हुँदैन किनभने दुवैको जीवनको केही अर्थ छैन।
20
दुवै एउटै ठाउँमा पुग्छन्, दुवै माटोबाट आएका हुन्, माटैमा फर्कनेछन्।
21
कसले पक्का गरी भन्न सक्छ कि मानिसको प्राण उँभोतिर र पशुको प्राण उँधो जमिनतिर जान्छ?
22
यसैले मैले थाहा पाएँ कि हामीले आफ्ना काममा आनन्द लिनु नै सबैभन्दा असल हो। हामी अरू केही गर्न सक्दैनौं। मरेपछि के हुने हो, त्यो जान्ने केही उपाय छैन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→