bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 11
Ecclesiastes 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
1
आफ्नो धन उदार चित्तले देऊ र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।
2
तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ किनभने तिमी जान्दैनौ, कस्तो विपत्ति देशमा आइपर्नेछ।
3
रूख जतैतिर ढलोस्, त्यो त्यहीँ लडिरहन्छ। बादल पानीले भरियो भने त्यसले वर्षा ल्याउँछ।
4
हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्यै अन्न लाउने र त्यसको कटनी गर्नेछैनौ।
5
परमेश्वरले सबै थोक बनाउनुभयो तर तिमी जसरी गर्भवती स्त्रीको गर्भमा जीवन सुरु भएको बुझ्न सक्दैनौ, त्यसरी नै परमेश्वरको काम बुझ्न सक्दैनौ।
6
बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्जनी हुन्छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्छ, त्यो तिमी कहिल्यै जान्दैनौ।
7
दिउँसोको उज्यालोमा आनन्द लिन सक्नु असल कुरा हो।
8
आफ्नो जीवनको हरेक वर्षको निम्ति धन्यवादी होओ। तिम्रो आयु जति नै लामो होस्, त्योभन्दा लामो तिम्रो मरणपछिको समय हुनेछ भनी याद राख। आशा गर्नुपर्ने कुरा केही पनि छैन।
9
ए युवाहरू हो, आफ्ना जवानीमा आनन्द गर, युवावस्था छउञ्जेल सुख-चैन गर। आफ्नो मनको इच्छा पूरा गर र जे मन लाग्छ, त्यो गर। तर यतिचाहिँ याद राख कि परमेश्वरले तिम्रा सबै कामको लेखा लिनुहुनेछ।
10
केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्था धेरै दिन रहनेछैन।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12