bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ecclesiastes 6
Ecclesiastes 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
1
मैले संसारमा ठूलो अन्याय भएको देखेको छु।
2
परमेश्वरले कसैलाई पूरा धन-सम्पत्ति, इज्जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्छ तर ती उपभोग गर्न दिनुहुन्न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्यो व्यर्थ हो, एउटा दु:खको कुरा हो।
3
कुनै मानिसको एक सय छोरा-छोरी होलान्, उसको आयु लामो होला तर जति नै लामो आयु भए पनि जीवनमा सुख पाएन र मरेपछि उसलाई राम्ररी गाड्ने काम भएन भने जन्मँदै मरेको बालक ऊभन्दा असल हो।
4
त्यो बालक जन्मेको केही लाभ भएन, त्यो अन्धकारमा हराइहाल्छ र त्यहाँ त्यो बिर्सिहालिन्छ।
5
त्यसले दिनको उज्यालो कहिल्यै देख्दैन वा जीवन के हो, कहिल्यै बुझ्दैन तर कम-से-कम त्यसले विश्राम पाएको हुन्छ।
6
दुई हजार वर्ष आयु भएर पनि जीवनको सुख-भोग गर्न नपाएको मानिसले भन्दा बरु त्यस बालकले आराम पाएको हुन्छ। आखिरमा, ती दुवै एउटै ठाउँमा पुग्छन्।
7
मानिसले सबै परिश्रम पेटै भर्नलाई गर्छ तर उसको पेट कहिल्यै भरिंदैन।
8
कसरी एउटा बुद्धिमान् मानिस एउटा मूर्खभन्दा असल भयो त? गरीबले जीवनको सामना गर्न जान्दछ भने पनि त्यसलाई के लाभ हुन्छ?
9
त्यो व्यर्थ छ, त्यो हावालाई खेद्नुजस्तै हो। आफूसित जे छ, त्यसमा सन्तोष गर्नु, सधैँ केही न केही कुराको चाहना गर्नुभन्दा असल हो।
10
जे-जति कुरा हुन्छन्, ती अघिबाट नै तोकिएका हुन्छन् र हामी जान्दछौं कि मानिसले आफूभन्दा बलियोसित केही विवाद गर्न सक्दैन।
11
उसले जति लामो विवाद गर्छ, उति धेरै त्यो व्यर्थ हुन्छ र उसलाई केही लाभ हुँदैन।
12
छायाँजस्तो बिलाएर जाने जीवनमा, मानिसको छोटो र व्यर्थको जीवनमा उसको निम्ति के कुरा उत्तम छ, त्यो कसले जान्दछ र? मरेपछि संसारमा के हुन्छ, त्यो कसले जान्न सक्छ र?
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12