bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 1
Ezra 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
1
कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा आफ्नो राज्यको हरेक ठाउँमा घोषणा गर्न लेखेर पठाउनुभयो:
2
“फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्दिर बनाउने कार्यभार दिनुभएको छ।
3
तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्वरको, जसको त्यहाँ पूजा गरिन्छ, मन्दिर बनाउनू।
4
कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्वरको मन्दिरमा चढाउने भेटीहरू देऊन्।”
5
तब यहूदा र बेन्यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्दिर फेरि बनाउन तयार भए।
6
तिनीहरूका सबै छिमेकीहरूले धेरै थोक; चाँदीका भाँडा-कुँडा, सुन, चीजबीजहरू, घरेलु पशुहरू, अरू बहुमूल्य कुराहरू र मन्दिरमा चढाउने भेटीहरू दिएर तिनीहरूलाई मद्दत गरे।
7
नबूकदनेसर राजाले यरूशलेमका मन्दिरबाट लगी आफ्ना देवताका मन्दिरमा राखेका भाँडा-कुँडाहरू कोरेस राजाले तिनीहरूलाई फर्काइदिए।
8
उनले राजकीय कोषका प्रमुख अधिकारी मित्रेतालाई ती भाँडा-कुँडाको जिम्मा दिए र उनले यहूदाका बडाहाकिम शेशबस्सरको निम्ति ती कुराको एउटा सूची बनाए।
9
[9-10] त्यो सूची यस प्रकारको थियो: भेटी चढाउने सुनका बाटा — ३० भेटी चढाउने चाँदीका बाटा — १,००० अरू बाटा — २९ सुनका स-साना बटुका — ३० चाँदीका स-साना बटुका — ४१० अरू भाँडा-कुँडाहरू — १,०००।
11
जम्मा ५,४०० सुन र चाँदीका भाँडा-कुँडाहरू थिए। अरू कैदीहरूले कैदमा रहेकाहरूसित बेबिलोनबाट यरूशलेम फर्किजाँदा शेशबस्सरले ती सबै थोक लिएर गए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10