bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 6
Ezra 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
1
दारा महाराजाले बेबिलोनमा राखिएका राज-लेखा खोजी गरियोस् भन्ने आज्ञा दिए।
2
तर ती तलका कुरा लेखिएका एउटा स्मारक पत्रचाहिँ मादी प्रान्तको एक्बातना सहरमा पाइयो:
3
“कोरेस महाराजाले आफ्नो शासनको पहिलो वर्षमा यरूशलेमको मन्दिर फेरि बनियोस् र त्यसलाई भेटी र होमबलिहरू चढाउने स्थान मानियोस् भन्ने आज्ञा गरे। त्यो मन्दिर सत्ताईस मिटर अग्लो र त्यत्ति नै चौडा हुनेछ।
4
भित्ताहरूचाहिँ तीन लहर ढुङ्गामाथि एक पत्र काठ लाएर बनाइनेछन्। लागेको सबै खर्च राजकीय कोषबाट दिइनेछ।
5
नबूकदनेसर राजाले यरूशलेमका मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडा-कुँडाहरू फर्काएर यरूशलेमको मन्दिर ठीक-ठीक ठाउँमा राखिनेछन्।”
6
तब दारा राजाले यस्तो उत्तर पठाए: “पश्चिम यूफ्रेटिसका बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र त्यस प्रान्तमा भएका तिम्रा सहकर्मीहरूलाई: “मन्दिरदेखि टाढै बस
7
र त्यो बनाउने काममा बाधा नहाल। यहूदाका बडा-हाकिम र यहूदी अगुवाहरूले मन्दिर पहिलाकै ठाउँमा फेरि बनाऊन्।
8
म तिमीहरूलाई आज्ञा दिँदछु कि त्यस काममा तिनीहरूलाई मद्दत देओ। तिनीहरूको खर्च पश्चिम-यूफ्रेटिस प्रान्तमा उठाइएका राजकरबाट झट्टै दिइहाल्नू र काममा बाधा नपरोस्।
9
दिन-दिनै पूजाहारीहरूले जे कुरा चाहिन्छ भन्छन्, स्वर्गका परमेश्वरलाई होमबलि चढाउनलाई साँढे, भेडा वा थुमा वा गहुँ, नुन वा जैतुनको तेल नबिराई तिनीहरूलाई दिनू।
10
तिमीहरूले त्यसो गर र स्वर्गका परमेश्वरले ग्रहण गर्नुहुने बलिदानहरू तिनीहरूले चलाउन सकून् र म र मेरा छोराहरूले आशिष् पाउनलाई प्रार्थना गरून्।
11
म फेरि पनि आज्ञा गर्दछु कि जसले यो आज्ञा मान्दैन, त्यसका घरबाट एउटा काठको खामो निकालेर त्यसलाई एकपट्टि तिखो पारी त्यसका शरीरमा रोपी वारपार गरिदिनू। त्यसका घरलाई पनि धुलो-पिठो पारिदिनू।
12
ती परमेश्वर, जसले आफ्ना आराधना गरिने ठाउँको रूपमा यरूशलेमलाई चुन्नुभयो, उहाँले यो आज्ञा उलङ्घन् गर्ने र मन्दिर नाश गर्न चेष्टा गर्ने कुनै राजा वा जातिलाई नाश पारून्। म दारा राजाले यो आज्ञा दिँदछु। यसको पूरा पालन गरियोस्।”
13
त्यसपछि बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र उनका सहकर्मीहरूले राजाका आज्ञाअनुसार ठीक-ठीक काम गरे।
14
यहूदी अगुवाहरूले अगमवक्ता हाग्गै र जकरियाबाट उत्साह पाई मन्दिर बनाउने काम राम्ररी अघि बढाए। इस्राएलका परमेश्वर र फारसका महाराजाहरू कोरेस, दारा र अर्तासास्तका आज्ञाअनुसार तिनीहरूले मन्दिर बनाइसिध्याए।
15
महाराजा दाराका शासनकालको छैटौँ वर्ष अदार महिनाको तेस्रो दिन तिनीहरूले मन्दिर बनाइसके।
16
त्यसपछि इस्राएलका मानिसहरूले पूजाहारीहरू, लेवीहरू र कैदबाट फर्किआएका अरू सबैले आनन्दसाथ मन्दिर अर्पण गरे।
17
अर्पण गर्दा तिनीहरूले एक सय साँढे, दुई सय भेडा र चार सय थुमाहरू होमबलि गरे अनि इस्राएलको प्रत्येक कुलको निम्ति एउटाका हिसाबले बाह्र वटा बोका पापबलि चढाए।
18
तिनीहरूले यरूशलेम मन्दिरमा सेवा गर्नलाई मोशाको पुस्तकमा भएका आदेशअनुसार पूजाहारी र लेवीहरूले काम गर्ने नियम र बन्दोबस्त गरिदिए।
19
त्यसपछिको वर्ष पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्किआएका मानिसहरूले निस्तार-चाड मनाए।
20
सबै पूजाहारीहरू र लेवीहरूले आफैंलाई चोख्याएका थिए र विधिअनुसार शुद्ध भएका थिए। लेवीहरूले फर्किआएका सबै मानिसहरू, पूजाहारीहरू र आफ्नै निम्ति निस्तार-चाडका पशुहरू मारे।
21
कैदबाट फर्किआएका सबै इस्राएलीहरू र परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न आउने त्यस देशमा बास गरिबसेका अरू मूर्तिपूजकहरू, जसले आफ्नो रीतिथिति छोडेका थिए, तिनीहरू सबैले बलि चढाएका पशुका मासु खाए।
22
सात दिनसम्म तिनीहरूले आनन्दसाथ अखमिरी रोटीको चाड मनाए। तिनीहरू आनन्दले भरिएका थिए किनभने अश्शूरका महाराजालाई तिनीहरूप्रति कृपालु बनाउनुभएको थियो र तिनले इस्राएलका परमेश्वरको मन्दिर बनाउन तिनीहरूलाई सहारा दिएका थिए।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10