bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 4
Ezra 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
1
यहूदा र बेन्यामीनका मानिसहरूका शत्रुहरूले बेबिलोनियाका कैदबाट फर्किआएका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्वरको मन्दिर फेरि बनाउन थालेका छन् भनी सुने।
2
यसकारण तिनीहरू यरुबाबेल र गोत्र-गोत्रका प्रधानहरूसित भेट गर्न गए र भने, “मन्दिर बनाउने काममा तपाईंहरूलाई साथ दिने अनुमति हामीलाई दिनुहोस्। तपाईंहरूले पुजेका परमेश्वरलाई नै हामी पनि पुज्छौं। अश्शूरका महाराजा एसरहदोनले हामीलाई यहाँ बास गर्न पठाएका बेलादेखि नै हामीले उहाँलाई बलिदान चढाउँदैआएका छौं।”
3
यरुबाबेल, येशूअ र गोत्र-गोत्रका प्रधानहरूले तिनीहरूलाई भने, “परमप्रभु हाम्रा परमेश्वरको मन्दिर बनाउन हामीलाई तपाईंहरूको मद्दत चाहिँदैन। त्यो हामी आफैं बनाउनेछौं। फारसका महाराजा कोरेसले आज्ञा गरेझैँ हामी सो काम गर्नेछौं।”
4
त्यही देशमा बसोबास गर्दैआएका मानिसहरूले यहूदीहरूलाई हतास गराउने, तर्साउने र मन्दिर बनाउने कामबाट रोक्ने चेष्टा गरे।
5
तिनीहरूले फारसका सरकारी अधिकारीहरूलाई यहूदीहरूका विरुद्धमा केही गरून् भनी घुस दिए। कोरेसको शासनकालभरि र दाराको शासनकालसम्म तिनीहरूले त्यसो गरिरहे।
6
अहासूरस महाराजाका शासनको सुरुमा यहूदा र यरूशलेममा बास गर्ने मानिसहरूका विरुद्धमा तिनीहरूका शत्रुहरूले एउटा दोष-पत्र लेखेर ल्याए।
7
फेरि अर्तासास्त, फारसका महाराजाका शासनकालमा विश्लाम, मित्रेता, ताबेल र तिनका साथीहरूले महाराजालाई एउटा चिठी लेखे। त्यो चिठी अरामी भाषामा लेखिएको थियो र पढ्दा अनुवाद गर्नपर्थ्यो।
8
बडा-हाकिम रेहूम र प्रान्तका सचिव शिम्शैले पनि यरूशलेमबारे यस्तो चिठी अर्तासास्तलाई लेखे:
9
“बडा-हाकिम रेहूम, प्रान्तका सचिव शिम्शै, तिनीहरूका सहकर्मीहरू, न्यायकर्ताहरू र अरू सबै भारदारहरू, जो सुरुमा एरेक, बेबिलोन र एलाम देशका शूशनबाट आएका हुन्,
10
साथै अरू जातिहरूका मानिसहरू, जसलाई पराक्रमी अशूरवनिपलले तिनका घरबाट हटाई सामरिया सहर र पश्चिम यूफ्रेटिस प्रान्तका अरू स्थानहरूमा बसालेका थिए।”
11
चिठीमा यो कुरा लेखिएको थियो: “पश्चिम यूफ्रेटिसका मानिसहरू, हजुरका सेवकहरूबाट महाराजा अर्तासास्तका चरणमा:
12
“हामी महाराजालाई यो जनाउन चाहन्छौं कि हजुरका राज्यका अरू इलाकाहरूबाट आएका यहूदीहरूले यरूशलेममा बास गरेका छन् र त्यो दुष्ट र विद्रोही सहरलाई फेरि निर्माण गर्दै छन्। तिनीहरूले पर्खाल बनाउन थालेका छन् र चाँडै सिध्याउनेछन्।
13
राजन्! यदि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसकिए भने यी मानिसहरूले कर तिर्न छोड्नेछन् र महाराजाका खजानामा कमी हुनेछ।
14
तब हामीले महाराजाको नुन खाएको हुनाले यो भएको हामी हेर्न चाहँदैनौं र राजालाई यो सुझाव दिन्छौं कि
15
हजुरका पिता-पुर्खाले राखेका राज्यका कागज-पत्रमा खोजी गर्ने आज्ञा गर्नुहोस्। यो यरूशलेम सहर सधैँ एउटा विद्रोही गर्ने सहर रहेको र प्राचीन समयबाट नै राजा र प्रान्तका शासकहरूलाई कष्ट दिँदै आएको कुरा हजुरले थाहा पाउनुहुनेछ। सधैँ यस सहरका मानिसहरूलाई शासन गर्न गाह्रो भएको छ। यसैकारणले सहरको नाश गरिएको थियो।
16
यसकारण यो कुरा हामी पक्का जान्दछौं कि यो सहर फेरि बसालियो र यसका पर्खालहरू बनिसके भने हजुरलाई यूफ्रेटिस नदीको पश्चिम प्रान्तमा आफ्नो अधिकार राख्न सम्भव हुनेछैन।”
17
महाराजाले यस्तो उत्तर पठाए: “बडा-हाकिम रेहूम, प्रान्तका सचिव शिम्शै र सामरिया र पश्चिमयूफ्रेटिसका अरू बाँकी इलाकामा बास गर्ने तिनीहरूका सहकर्मीहरूलाई:
18
“तिमीहरूले पठाएको पत्र अनुवाद गरी मलाई पढिसुनाइयो।
19
मैले एउटा जाँच-बुझ गर्ने आज्ञा गरें र यो कुरा थाहा भयो कि प्राचीन समयदेखि नै यरूशलेमले राजकीय अधिकारको विरुद्धमा विद्रोह गरेको छ र विद्रोही र गोलमाल गर्नेहरूले भरिएको छ।
20
बलिया राजाहरूले त्यहाँ सारा पश्चिम-यूफ्रेटिस प्रान्तमा राज्य गरेका छन्, राजकर र जमिन कर उठाएका छन्।
21
यसकारण मेरो फेरि अर्को आज्ञा नभएसम्म ती मानिसहरूलाई सहर निर्माण गर्ने कार्य बन्द गर्न आज्ञा दिनू।
22
यो झट्टै गरिहाल्नू र राज्यका हितको केही हानि नहोस्।”
23
महाराजा अर्तासास्तको त्यो चिठी रेहूम, शिम्शै र उनका सहकर्मीहरूलाई पढी सुनाइने बित्तिकै तिनीहरू हतारहतार यरूशलेममा गए र यहूदीहरूलाई फेरि सहर निर्माण गर्ने काममा रोक लगाए।
24
फारसका महाराजा दाराका राज्यकालको दोस्रो वर्षसम्म मन्दिर बनाउने काम सम्पूर्णरूपले रोकियो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10