bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 8
Ezra 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
1
बेबिलोनियामा कैदी भई बसेका र अर्तासास्त महाराजा छँदा एज्रासँग यरूशलेम फर्किआउने गोत्र— गोत्रका प्रधानहरूको नामावली यस्तो छ:
2
[2-14] पीनहासका गोत्रबाट: गेर्शोम ईतामारका गोत्रबाट: दानिएल दाऊदका गोत्रबाट: शकन्याहका छोरा हत्तूश परोशका गोत्रबाट: जकरिया र तिनीसँग आएका त्यस गोत्रका १५० जना पुरुष (उनीहरूको पुर्ख्यौलीसम्बन्धी कागज-पत्र थियो) पहत-मोआबका गोत्रबाट: जरयाहका छोरा एल्यहोएनै र उनीसित २०० जना पुरुष जत्तूका गोत्रबाट: यहासेलका छोरा शकन्याह र उनीसित ३०० जना पुरुष आदीनका गोत्रबाट: जोनाथनका छोरा एबेद र उनीसित ५० जना पुरुष एलामका गोत्रबाट: अतल्याहका छोरा यशयाह र उनीसित ७० जना पुरुष शपत्याहका गोत्रबाट: मिखाएलका छोरा जबदियाह र उनीसित ८० जना पुरुष योआबका गोत्रबाट: यहीएलका छोरा ओबदिया र उनीसित २१८ जना पुरुष बानीका गोत्रबाट: योसिपियाका छोरा शलोमीत र उनीसित १६० जना पुरुष बेबैका गोत्रबाट: बेबैका छोरा जकरिया र उनीसित २८ जना पुरुष अज्गादका गोत्रबाट: हक्कातानका छोरा योहानान उनीसित ११० जना पुरुष अदोनीकामका गोत्रबाट: एलीपेलेत, यीएल र शमायाह र तिनीहरूसित ६० जना पुरुष (तिनीहरू केही समयपछि फर्किआएका थिए।) बिग्वैका गोत्रबाट: उत्तै र जक्कूर र तिनीहरूसित ७० जना पुरुष।
15
मैले सम्पूर्ण दललाई अहावा सहरतिर बग्ने नहरको छेउमा भेला गरें र हामी त्यहाँ तीन दिनसम्म डेरा गरेर बस्यौं। मैले देखें कि दलमा पूजाहारी त रहेछन् तर लेवीहरूचाहिँ थिएनन्।
16
मैले नौ जना अगुवाहरू: एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्लाम र दुई जना गुरुहरू योयारीब र एल्नातानलाई बोलाउन पठाएँ।
17
मैले तिनीहरूलाई कासिपिया जन-समुदायका मुखिया इद्दोकहाँ उनी र मन्दिरमा काम गर्ने उनका सहकर्मीहरूलाई मन्दिरमा परमेश्वरको सेवा गर्न मानिसहरू पठाइदेऊन् भनी खबर दिनलाई पठाएँ।
18
परमेश्वरको अनुग्रहले तिनीहरूले हामीहरूकहाँ महली गोत्रका एक जना लेवी शरेबियाह अति योग्य मानिस पठाइदिए र उनीसँग उनका छोराहरू र कुटुम्बहरू गरी अठार जना पुरुषहरू आए।
19
तिनीहरूले मरारी गोत्रबाट हशब्याह र यशयाहलाई पनि तिनका कुटुम्बबाट बीस जना पुरुषसहित पठाए।
20
तीबाहेक दुई सय बीस जना मन्दिरका काम गर्ने थिए, जसका पिता-पुर्खालाई दाऊद राजा र उनका भारदारहरूले लेवीहरूलाई सघाउन नाम तोकिदिएका थिए। तिनीहरू सबैका नाम सूचीमा लेखिएका थिए।
21
त्यहाँ अहावाको नहरछेउ मैले सबैलाई उपवास बस्न र आफैंलाई हाम्रा परमेश्वरको अघि नम्र बनाई हाम्रो यात्रामा उहाँको अगुवाइको निम्ति र हाम्रा छोरा-छोरी र धन-सम्पत्तिको रक्षाको निम्ति बिन्ती गर्न आज्ञा दिएँ।
22
यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्ति महाराजालाई घोडचढी सैनिक माग्न मलाई लाज लाग्यो किनभने मैले उनलाई हाम्रा परमेश्वरले उहाँमाथि भरोसा राख्ने सबैलाई आशिष् दिनुहुन्छ र उहाँलाई त्याग्नेहरूसित असन्तुष्ट भई दण्ड दिनुहुन्छ भनेको थिएँ।
23
यसैकारण हामीहरू उपवास बस्यौं र हाम्रो रक्षाको लागि परमेश्वरलाई प्रार्थना गर्यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो।
24
मुख्य पूजाहारीहरूबाट मैले शरेबियाह, हशब्याह र अरू दश जनालाई चुनें।
25
तब मैले महाराजा, उनका सल्लाहकार र भारदारहरू र इस्राएलका मानिसहरूले मन्दिरमा चलाउन भनी दिएका सुन, चाँदी र भाँडा-कुँडा तौलेर ती पूजाहारीहरूलाई दिएँ।
26
[26-27] मैले तिनीहरूलाई यी कुराहरू दिएँ: चाँदी— २२,००० किलोग्राम १०० वटा चाँदीका भाँडाहरू ७० किलोग्राम सुन ३,४०० किलोग्राम २० वटा सुनका बटुकाहरू ९ किलोग्राम २ वटा सुन्दर कासाँका बटुकाहरू (सुनको दाम बराबर थियो)
28
मैले तिनीहरूलाई भनें, “तिमीहरू परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको निम्ति पवित्र छौ, त्यसरी नै उहाँलाई स्वेच्छाले भेटीका रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू पनि पवित्र छन्।
29
तिमीहरू मन्दिरमा नपुगेसम्म होशियारीसाथ तिनीहरूको रक्षा गर। त्यहाँ पुगेर पूजाहारीको कोठामा तिनीहरूको तौल लेओ र ती पूजाहारी र लेवीहरूका अगुवा र यरूशलेममा बास गर्ने इस्राएलीहरूका अगुवाहरूलाई देओ।”
30
यसरी ती पूजाहारी र लेवीहरूले ती सुन, चाँदी र भाँडा-कुँडाहरू यरूशलेमका मन्दिरमा पुर्याउन आफ्ना जिम्मामा लिए।
31
“पहिलो महिनाको बाह्रौँ दिन हामीले यरूशलेम जान अहावाको नहर छोड्यौं। हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र हामीलाई यात्रामा शत्रुहरूका आक्रमण र बाटो ढुकाइबाट बचाउनुभयो।
32
यरूशलेम पुगेर हामीले तीन दिन बितायौँ।
33
चौथो दिन हामी मन्दिर गयौं, चाँदी, सुन र भाँडाहरू तौलियौं र उरियाहको छोरो मरेमोत पूजाहारीका हातमा जिम्मा लाइदियौं। उनीसित पीनहासको छोरो एलाजार र दुई लेवीहरू येशूअको छोरो योजाबाद र बिन्नूईको छोरो नोअदिया थिए।
34
सबै कुरा गन्ती गरी तौलियो र साथसाथै सम्पूर्ण कागज-पत्र तयार गरियो।
35
“त्यसपछि कैदबाट फर्किआएका सबैले इस्राएलका परमेश्वरलाई होमबलि चढाउन आ-आफ्ना बलिदानहरू ल्याए। तिनीहरूले सारा इस्राएलको निम्ति बाह्र वटा साँढे, छयान्नब्बे ठूला भेडा र सतहत्तर वटा थुमा बलि गरे। तिनीहरूले बाह्र वटा बोका पनि आफैंलाई पापबाट चोख्याउँदै होमबलि चढाए। यी सबै पशुहरू परमप्रभुलाई होमबलि चढाई जलाइ।
36
महाराजाले दिएका कागज-पत्र पनि लिएर तिनीहरूले पश्चिम यूफ्रेटिस प्रान्तका बडा-हाकिम र भारदारहरूलाई दिए र ती अधिकृतहरूले त्यसपछि इस्राएलीहरूलाई र मन्दिरको पूजा कार्यमा सहायता दिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10