bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 10
Ezra 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
1
एज्रा मन्दिरको सामुन्ने शिर निहुराएर प्रार्थना गर्दै, रुँदै तिनीहरूले गरेका पाप स्वीकार गरिरहेका थिए। इस्राएली पुरुष, स्त्री र केटा-केटीहरूको एउटा ठूलो भीड तिनका चारैपट्टि भेला भयो। भीडका मानिसहरू पनि दु:ख मान्दै रोइरहेका थिए।
2
त्यसपछि एलाम गोत्री यहीएलको छोरो शकन्याहले एज्रालाई भने, “विदेशी आइमाईहरू विवाह गरेर हामीले परमेश्वरसितको विश्वास भङ्ग गर्यौं, तरै पनि अझै इस्राएलको निम्ति आशा छ।
3
यी आइमाई र बालकहरूलाई हामी टाढा पठाउनेछौं भनी हामीले आफ्ना परमेश्वरसित गम्भीर प्रतिज्ञा गर्नुपर्छ। तपाईं र परमेश्वरको आज्ञा मान्ने मानिसहरूले हामीलाई जे सल्लाह दिनुहुन्छ, त्यही हामी गर्नेछौं। परमेश्वरको व्यवस्थाले जे भन्छ, त्यही हामी गर्नेछौं।
4
अब गर्नुपर्ने कामको जिम्मेवार तपाईं हुनुहुन्छ। हामी तपाईंलाई पछ्याउनेछौं र अघि बढेर काम पूरा गर्नुहोस्।”
5
एज्राले पूजाहारी, लेवीहरू र बाँकी मानिसहरूका अगुवाहरूलाई शकन्याहले भनेअनुसार काम गर्छौं भनी शपथ खान लाए।
6
तब तिनी मन्दिरको सामुन्नेबाट एल्यासीबको छोरो यहोहानानको कोठामा गए र कैदबाट फर्किआएका मानिसहरूका अविश्वासयोग्यतामाथि विलाप गर्दै उनले सारा रात बिताए। उनले केही खाएनन् र पिएनन्।
7
कैदबाट फर्किआएकाहरू सबैलाई यरूशलेममा भेला हुन सारा यरूशलेम र यहूदामा खबर पठाइयो।
8
यो आज्ञा मानिसहरूका अगुवाहरूले दिएका थिए। तीन दिनभित्र जो आइपुग्दैन, त्यसका सारा सम्पत्ति जफत गरिनेछ र त्यसले समाजका सदस्य रहने अधिकार गुमाउनेछ भन्ने पनि आदेश थियो।
9
तीन दिनभित्र नवौँ महिनाको बीसौँ दिन यहूदा र बेन्यामीनका सबै पुरुषहरू यरूशलेममा आए र मन्दिरको चोकमा भेला भए। ठूलो वर्षा भइरहेको थियो र वर्षा अनि सभाको महत्त्वको कारणले प्रत्येक व्यक्ति कामिरहेको थियो।
10
पूजाहारी एज्रा उभिए र तिनीहरूलाई भने, “तिमीहरू विश्वासघाती भएका छौ र विदेशी नारीहरूलाई विवाह गरी इस्राएललाई दोषी बनाएका छौ।
11
अब परमप्रभु तिम्रा पिता-पुर्खाका परमेश्वरसँग आफ्ना पाप मानिलेओ र उहाँलाई प्रसन्न गराउने काम गर। आफ्ना देशमा बास गर्ने विदेशीहरूबाट टाढा होओ र तिम्रा विदेशी स्वास्नीहरूलाई हटाओ।”
12
मानिसहरूले कराएर भने, “तपाईंले जे भन्नुहुन्छ, हामी गर्नेछौं।”
13
तर तिनीहरूले यो कुरा थपे, “भीड ठूलो छ र ठूलो वर्षा भइरहेको छ। हामी यो खुल्ला ठाउँमा यसरी उभिन सक्दैनौं। यो एक वा दुई दिनमा सकिने कुरा होइन किनभने हामी धेरै जना यस पापमा परेका छौं।
14
हाम्रा अधिकृतहरू यरूशलेममा बसून् र यस कुराको जिम्मा लेऊन्। जसको विदेशी स्वास्नी छ, त्यो कुनै तोकिएको दिनमा आफ्ना सहरका अगुवा र न्यायकर्ताहरूसित आओस्। यसरी यस विषयमा परमेश्वरको क्रोध शान्त हुनेछ।”
15
असाहेलको छोरो जोनाथन र तीक्भाको छोरो याजयाहबाहेक अरू कसैले त्यस कुराको विरोध गरेनन्। मशुल्लाम र लेवी सब्बतैको समर्थन पाएर ती दुईले त्यसको विरोध गरेका थिए।
16
कैदबाट फर्किआएका पुरुषहरूले त्यो कुरा स्वीकार गरे र एज्राले गोत्र-गोत्रका प्रधानहरूमध्येबाट अगुवाहरू खटाए र तिनका नाम लेखे। दशौँ महिनाको पहिलो दिन तिनीहरूले आफ्नो जाँच सुरु गरे।
17
र तीन महिनासम्म तिनीहरूले विदेशी स्वास्नी भएका सबै पुरुषहरूबारे जाँच गरे।
18
विदेशी स्त्री विवाह गर्ने पुरुषहरूको नामावली यो हो: योसादाकका छोरा येशूअ र उनका दाजुभाइहरूमा मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।
19
तिनीहरूले स्वास्नी त्याग्ने प्रतिज्ञा गरे र आफ्ना पापको लागि एउटा साँढ-भेडा बलि चढाए।
20
इम्मेर गोत्रका: हनानी र जबदियाह
21
हारीम गोत्रका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह
22
पशहूर गोत्रका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा।
23
लेवीहरू: योजाबाद, शिमी, केलायाह (जसलाई कलीता पनि भन्थे), पतहियाह, यहूदा र एलीएजर
24
गायकहरू: एल्यासीब मन्दिरका पालेहरू: शल्लूम, तेलेम र ऊरी
25
अन्य पुरुषहरू: परोश गोत्रका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह
26
एलाम गोत्रका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया
27
जत्तू गोत्रका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा
28
बेबै गोत्रका: येहोहानान, हनन्याह, जब्बै र अत्लै
29
बानी गोत्रका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत
30
पहत-मोआब गोत्रका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे
31
[31-32] हारीम गोत्रका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन, बेन्यामीन, मल्लूक र शमरयाह,
33
हाशूम गोत्रका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी
34
[34-37] बानी गोत्रका: मादै, अम्राम, ऊएल, बनायाह, बेदयाह, कलूही, भन्याह, मरेमोत, एल्यासीब, मत्तन्याह, मत्तनै र यासू
38
[38-42] बिन्नूई गोत्रका: शिमी, शेलेम्याह, नातान, अदायाह, मक्नादबै, शाशै, शारै, अज्रेल, शेलेम्याह, शमरयाह, शल्लूम, अमर्याह र योसेफ
43
नेबो गोत्रका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल र बनायाह।
44
यी सबै मानिसहरूका स्वास्नी विदेशी स्त्रीहरू थिए। तिनीहरूले आफ्ना स्वास्नी त्यागे र स्वास्नी छोरा-छोरीहरूलाई समेत त्यागे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
All chapters:
1
2
3
4
5
6
7
8
9
10