bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 9
Ezra 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
1
“यी सबै गरिसकेपछि इस्राएलका मानिसहरू, पूजाहारीहरू र लेवीहरूले आफैंलाई छिमेकी देशहरूका बासिन्दाहरूबाट छुट्ट्याएर अलग्गै राखेका छैनन् भनी इस्राएलका केही अगुवाहरूले मलाई सुनाए। ती छिमेकी देशहरूका थिए: अम्मोन, मोआब, मिश्र र इस्राएलीहरूले आफैंलाई कनानी, हित्ती, परिज्जी, यबूसी र एमोरीहरूका रीतिथितिबाट पनि अलग गरेका छैनन् भनी तिनीहरूले मलाई भने। ती मानिसहरूले गरेका घिनलाग्दा कामहरू इस्राएलीहरूले पनि गरिरहेका थिए।
2
यहूदी पुरुषहरूले विदेशी स्त्रीहरूलाई विवाह गरिरहेका थिए। यसरी परमेश्वरका पवित्र जाति भ्रष्ट भइरहेका थिए। यस विषयमा अगुवा र अधिकृतहरू नै मुख्य अपराधीहरू थिए।
3
जब मैले यो कुरा सुनें, तब निराश भएर मैले मेरो कपडा च्यातें र केश र दारी उखेल्दै, शोक-सन्तापले भूइँमा बसें।
4
साँझको बलि चढाउने समयसम्म म शोक गर्दै त्यहीँ बसिरहें र मानिसहरू मेरो चारैपट्टि भेला हुन लागे। ती मानिसहरू त्यहाँ भेला भइरहेका थिए, जसले कैदबाट फर्किआएका मानिसहरूले गरेका पापबारे इस्राएलका परमेश्वरले भन्नुभएको वचन सुनेका थिए र त्यसको कारणले डराएका थिए।
5
साँझपख बलिदान चढाउने समय हुँदा म आफैं शोक गर्दैगरेको ठाउँबाट उठें। मैले अझै ती च्यातेका वस्त्र नै लाइराखेको थिएँ। प्रार्थना गर्न घुँडा टेकें र आफ्ना हात परमप्रभु, मेरा परमेश्वरतिर पसारें।
6
मैले बिन्ती गरें, “हे परमेश्वर, तपाईंको सामुन्नेमा आफ्नो शिर उठाउन मलाई साह्रै लाज लाग्छ। हाम्रा पापको रास हाम्रा टाउकाभन्दा माथि उठेको छ, त्यसले स्वर्ग पनि छुँदछ।
7
हाम्रा पिता-पुर्खाका पालादेखि आजसम्म हामी तपाईंका प्रजाले ठूला पाप गरेका छौं। हाम्रा पापका कारणले हाम्रा राजा र पूजाहारीहरू, विदेशी राजाहरूका हातमा परे र हामी मारियौं, लुटियौं र कैदी बनाई विदेशमा लगियौं। हाम्रो धेरै अपमान भयो। आज पनि हामी त्यस्तै अवस्थामा छौं।
8
हे परमप्रभु हाम्रा परमेश्वर, यस बेला केही समयको निम्ति तपाईं हामीप्रति कृपालु हुनुभएको छ र हामी कति जनालाई कमारापनबाट भागी यस पवित्रस्थानमा कुशलसाथ बस्न दिनुभएको छ। कमारा छँदाछँदै पनि तपाईंले हामीलाई नयाँ जीवन दिनुभएको छ।
9
हामी कमारा थियौं तर हामीलाई तपाईंले त्यस अवस्थामा छोडिराख्नुभएन। तपाईंले फारसका राजाहरूलाई हामीमाथि कृपा-दृष्टि राख्न दिनुभएको र हामीलाई बाँच्न र भत्केको मन्दिर बनाउने अनि यहाँ यहूदा र यरूशलेममा सुरक्षा पाउने अनुमति दिन लाउनुभयो।
10
“तर अब यी सबै भइसकेपछि हे परमेश्वर, हामी के भन्न सक्छौं र? हामीले फेरि ती आज्ञाहरू मानेनौं,
11
जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएको थियो। तिनीहरूले हामीलाई भनेका थिए कि जुन देश कब्जा गरी हामी बास गर्नेछौं, त्यो एउटा अपवित्र देश हुनेछ किनभने त्यहाँ बस्ने मानिसहरूले त्यस देशलाई एक छेउदेखि अर्को छेउसम्म घिनलाग्दा फोहोर कामहरूले भरिराखेका छन्।
12
ती देशका मानिसहरूसित बिहाबारी नगर्नू र तिनीहरूलाई उन्नति वा सफलता दिलाउने मद्दत नदिनू र मात्रै सो देश तिमीहरूले उपभोग गर्न पाउनेछौ र आफ्ना सन्तानहरूको लागि छोडिराख्नेछौ भनी तिनीहरूले हामीलाई भने।
13
हाम्रा पाप र कुकर्मको निम्ति दण्ड दिँदै जति कुराहरू हामीमाथि आइपरे, त्यसपछि पनि हामी यो जान्दछौं कि तपाईंले हामीलाई हामीले पाउनुपर्ने जति दण्डभन्दा त कम नै दण्ड दिनुभएको छ र बाँचिरहन दिनुभएको छ।
14
कसरी हामी फेरि तपाईंका आज्ञाहरू नमानी यी दुष्ट मानिसहरूसित बिहाबारी गर्न सक्छौं र? हामीले त्यसो गरे तपाईं यति साह्रो रिसाउनुहुनेछ कि हामीलाई पूरा नाश गरी कसैलाई बाँच्न दिनुहुनेछैन।
15
परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं न्यायी हुनुहुन्छ र तपाईंले हामीलाई बाँचिरहन दिनुभयो। हामी तपाईंसँग आफ्ना पाप मानिलिन्छौं। तपाईंको सामुन्ने आउने हाम्रो केही अधिकार छैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10