bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 7
Ezra 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
1
धेरै वर्षपछि अर्तासास्त फारसका महाराजा छँदा एज्रा नाम गरेका एक जना मानिस थिए। उनले आफ्ना पिता-पुर्खा, मुख्य पूजाहारी हारूनसम्म यसरी फैल्याउँथे: एज्रा, सरायाहका छोरा थिए। सरायाह, अजर्याहका छोरा थिए। अजर्याह, हिल्कियाहका छोरा थिए।
2
हिल्कियाह, शल्लूमका छोरा, शल्लूम, सादोकका र सादोक अहीतूबका छोरा थिए।
3
अहीतूब अमर्याहका, अमर्याह अजर्याहका र अजर्याह मरायोतका छोरा थिए।
4
मरायोत जरयाहका, जरयाह उज्जीका, उज्जी बुक्कीका
5
बुक्की अबीशूका, अबीशू पीनहासका, पीनहास एलाजारका र एलाजार हारूनका छोरा थिए।
6
[6-7] एज्राचाहिँ परमप्रभु इस्राएलका परमेश्वरले मोशालाई दिनुभएका व्यवस्थाका पूरा ज्ञान राख्ने शास्त्री थिए। एज्राले परमप्रभु परमेश्वरको आशिष् पाएको हुनाले उनले मागेका सबै थोक महाराजाले उनलाई दिए। अर्तासास्तका राज्यकालको सातौँ वर्षमा एउटा दल इस्राएलीहरूका साथमा बेबिलोनियाबाट यरूशलेममा गए। त्यस दलमा पूजाहारी, लेवी, मन्दिरका गवैयाहरू र पहरादारहरू र काम गर्नेहरू थिए।
8
[8-9] तिनीहरू पहिलो महिनाको पहिलो दिन बेबिलोनियाबाट हिँडे र परमेश्वरको सहायताले पाँचौँ महिनाको पहिलो दिन यरूशलेम पुगे।
10
एज्राले आफ्नो जीवन परमप्रभुको व्यवस्था अध्ययन गर्न, ती पालन गर्न र ती सबै नियम-कानुनहरू इस्राएलका मानिसहरूलाई सिकाउन बिताएका थिए।
11
अर्तासास्तले पूजाहारी र शास्त्री एज्रालाई, जो परमप्रभुले इस्राएललाई दिनुभएको व्यवस्था र आज्ञाहरूको पूरा ज्ञान राख्थे, यस प्रकारको अधिकार-पत्र दिए:
12
“महाराजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थाको शास्त्री, पूजाहारी एज्रालाई:
13
“म आज्ञा दिँदछु कि मेरो सम्पूर्ण साम्राज्यबाट सबै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरू, ज-जसले जाने इच्छा गर्छन्, तिनीहरूलाई तिमीसित यरूशलेममा जाने अनुमति दिँदछु।
14
मेरा सात जना सल्लाहकारसहित म तिमीलाई यरूशलेम र यहूदामा पठाउँदै छु कि तिमीले त्यहाँ तिम्रा परमेश्वरको व्यवस्था जो उहाँले तिमीहरूलाई पालन गर्न दिनुभएको छ, त्यो कति राम्रो गरी पालन गरिंदै छ वा छैन र त्यहाँका अवस्था कस्तो छ, सो जाँचबुझ गर्न सक्नेछौ।
15
तिमीले आफूसित म र मेरा सल्लाहकारहरूले इस्राएलका परमेश्वरलाई दिन इच्छा गरेका सुन र चाँदीका भेटीहरू लिएर जानू, जसको मन्दिर यरूशलेममा छ।
16
तिमीहरूले सम्पूर्ण बेबिलोन प्रान्तमा बटुल्न लागेका सारा सुन र चाँदी र इस्राएली मानिसहरू र तिनका पूजाहारीहरूले यरूशलेममा भएको आफ्ना परमेश्वरको मन्दिरको लागि दिएका भेटीहरू पनि लिएर जानू।
17
“तिमीहरूले त्यो धन होशियारसित खर्च गर्नू, साँढेहरू, भेडाहरू, थुमाहरू, अन्न, दाखमद्य किन्नू र यरूशलेमको मन्दिरको वेदीमा चढाउनू।
18
उब्रेका सुन र चाँदी तिमी र तिम्रा स्वदेशी बन्धुहरूको इच्छा भएअनुसार चलाउन सक्छौ तर ती परमेश्वरको इच्छाबमोजिम हुनुपर्छ।
19
तिमीलाई दिएका भाँडा-कुँडा यरूशलेममा मन्दिरको सेवामा चलाउन तिमीले परमेश्वरलाई चढाउनू।
20
मन्दिरको निम्ति अरू कुनै कुरा चाहिन्छ भने राज-कोषबाट लैजानू।
21
“पश्चिम-यूफ्रेटिस प्रान्तका सबै राज-कोषका खजान्चीहरूलाई म आज्ञा गर्दछु कि पूजाहारी तथा स्वर्गका परमेश्वरको व्यवस्थाका शास्त्री एज्राले मागेको हरेक थोक
22
चाँदी ३,४०० किलोग्रामसम्म, गहुँ १०,००० किलोग्रामसम्म, दाखमद्य २,००० लिटरसम्म, जैतुनको तेल २,००० लिटरसम्म र चाहिए जति नुन झट्टै तिनलाई दिइहाल्नू।
23
स्वर्गका परमेश्वरलाई मन्दिरको निम्ति आवश्यकता पर्ने हरेक चीज तिमीहरूले होशियारसाथ दिनू र म र मपछिका शासकहरूमाथि उहाँको क्रोध नपरोस्। यो काम पक्का होस्।
24
पूजाहारी, लेवी, गवैया, पहरादार, काम गर्नेहरू वा मन्दिरसित सम्बन्ध राख्ने अरू कोहीबाट पनि तिमीहरूले केही राजकर नउठाउनू।
25
“तिमीलाई आफ्ना परमेश्वरले दिनुभएको बुद्धि लाएर तिमी एज्राले तिम्रा परमेश्वरको व्यवस्था पालन गरी यूफ्रेटिसको पश्चिमी प्रान्तमा बस्ने सबै मानिसहरूमाथि शासन गर्न शासक र न्यायकर्ताहरू नियुक्त गर्नू। व्यवस्था नजान्नेलाई ती सिकाऊन्।
26
कसैले तिम्रा परमेश्वरको व्यवस्था वा राज्यका ऐन पालन गरेन भने त्यसलाई झट्टै दण्ड दिनू: प्राण दण्ड होस् वा देशबाट निकाल्नू वा उनको धन-सम्पत्ति जफत वा कैद जे होस्, दण्ड दिइहाल्नू।”
27
एज्राले भने, “परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्वरको प्रशंसा गर! यस प्रकारले उहाँले महाराजालाई यरूशलेमको आफ्नो मन्दिरलाई आदर दिन राजी गराउनुभयो।
28
परमेश्वरको अनुग्रहले मैले महाराजा, उनका सल्लाहकार र सबै शक्तिमान् भारदारहरूको कृपा-दृष्टि पाएको छु। परमप्रभु मेरा परमेश्वरले मलाई साहस दिनुभएको छ र मैले इस्राएलका धेरै गोत्रका प्रधानहरूलाई मसित इस्राएलमा फर्किआउन राजी गराउन सकें।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10