bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 5
Ezra 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
1
त्यस समयमा दुई जना अगमवक्ताहरू हाग्गै र इद्दोको छोरो जकरिया इस्राएलका परमेश्वरको नाममा यहूदा र यरूशलेममा बास गर्ने यहूदीहरूसित बोल्न लागे।
2
जब शालतिएलको छोरो यरुबाबेल र योसादाकको छोरो येशूअले खबर सुने, तब तिनीहरूले यरूशलेममा फेरि मन्दिर बनाउन सुरु गरे र ती दुई अगमवक्ताहरूले तिनीहरूलाई सघाए।
3
प्राय: उत्तिखेरै पश्चिम-यूफ्रेटिसका बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र तिनका सङ्गीहरू यरूशलेममा आए र सोधे, “कसले तिमीहरूलाई यो मन्दिर बनाउने र यसका सामानहरू जुटाउने आज्ञा दियो?”
4
मन्दिर बनाउन सघाउने सबै मानिसहरूको नाम पनि तिनीहरूले मागे।
5
तर परमेश्वरले यहूदी अगुवाहरूमाथि कृपा-दृष्टि राख्नुभएको थियो र फारसी भारदारहरूले दारा राजालाई प्रतिवेदन लेखी उनको जवाफ नपाएसम्म केही नगर्ने निर्णय गरे।
6
तिनीहरूले राजालाई पठाएको प्रतिवेदन यस प्रकारको छ:
7
“महाराजा दाराका चरणमा, हजुरको शासनकाल शान्तिमय रहोस्!
8
“महाराजालाई यो जनाउन चाहन्छौं कि हामी यहूदा प्रान्तमा गयौं र महान् परमेश्वरको मन्दिर बन्दैगरेको देख्यौं। ठूल्ठूला चट्टानका टुक्रा र पर्खालमा काठका बीमहरू लगाइँदै थिए। बडो होशियारीसाथ काम भइरहेको छ र लगातार रूपले अघि बढिरहेको छ।
9
“कसले तिमीहरूलाई मन्दिर बनाउने र त्यसका सामानहरू जुटाउने आज्ञा दियो भनी हामीले मानिसहरूका अगुवाहरूलाई सोध्यौं?
10
हामीहरूले हजुरलाई जनाउनलाई तिनीहरूका अगुवाहरूका नाम पनि सोध्यौं।
11
“तिनीहरूले यस्तो जवाफ दिए, ‘हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवक हौं। जुन मन्दिर सुरुमा इस्राएलका एक जना शक्तिशाली राजाले धेरै वर्षअघि बनाएका र त्यसका सामानहरू बटुलेका थिए, हामीले त्यही मन्दिर फेरि बनाइरहेका छौं।
12
तर हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित पारेका हुनाले उहाँले तिनीहरूलाई कल्दी राजवंशका राजा बेबिलोनियामा नबूकदनेसर राजाका अधीनमा पारिदिनुभयो। मन्दिर ध्वंस पारियो र मानिसहरूलाई कैद गरी बेबिलोनियामा लगियो।
13
‘तब बेबिलोनियाका महाराजा भई कोरेस राजाले राज्य गरेको पहिलो वर्षमा उनले मन्दिर फेरि बनाउनू भन्ने आज्ञा दिए।
14
नबूकदनेसरले यरूशलेमका मन्दिरबाट लगेर बेबिलोनका मन्दिरमा राखेका सुन र चाँदीका भाँडा-कुँडाहरू कोरेसले फर्काइदिए। ती भाँडा-कुँडा शेशबस्सर नाम गरेका मानिसलाई, जो यहूदाका बडा-हाकिम खटाइएका थिए, कोरेस राजाले सुम्पिदिए।
15
महाराजाले तिनलाई ती यरूशलेमको मन्दिरमा फर्काइदिनू र अघि जहाँ मन्दिर बनेको थियो, त्यही ठाउँमा फेरि मन्दिर बनाउनू भनी आदेश दिएका थिए।
16
यसकारण शेशबस्सर आएर मन्दिरको जग बसाले। त्यस बेलादेखि अहिलेसम्म मन्दिर बनाउने काम चलिरहेको छ; तर मन्दिर अझै बनिसकेको छैन।’
17
“अब हे राजन्! हजुरको दया भए, बेबिलोनमा भएका राजकीय कागज-पत्र जाँच गरियोस् र कोरेस राजाले यो यरूशलेमको मन्दिर फेरि बनाउने आज्ञा दिएका हुन् कि होइनन्, सो बुझियोस्। त्यसपछि त्यसबारे हजुरको जस्तो इच्छा हुन्छ, सो हामीलाई जनाउने कृपा होस्।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10