bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ezra 3
Ezra 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
1
सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। त्यसपछि तिनीहरू सबै यरूशलेममा भेला भए।
2
योसादाकको छोरो येशूअ, उनका पूजाहारी मित्रहरू र शालतिएलको छोरो यरुबाबेल र उनका कुटुम्बहरूले इस्राएलका परमेश्वरको वेदी बनाए र परमेश्वरका जन मोशाले दिएका व्यवस्थामा लेखिएका आदेशअनुसार तिनीहरूले त्यहाँ आफ्ना बलिदानहरू चढाउन थाले।
3
कैदबाट फर्किआएका मानिसहरू देशमा बास गरिरहेका मानिसहरूसित डराए तापनि तिनीहरूले अघिकै ठाउँमा वेदी खडा गरे। त्यसपछि फेरि तिनीहरूले नियमितरूपले त्यसमाथि बिहान र बेलुकाका बलिदान होमबलि चढाउन लागे।
4
तिनीहरूले नियमअनुसार छाप्रो-वासको चाड मनाए। प्रत्येक दिन त्यस दिनलाई तोकिएका बलिदानहरू चढाए।
5
अनि त्यसमाथि दैनिक होमबलि, औंसीका दिनमा र अरू नियमितरूपले परमप्रभु पुज्नलाई भेला हुनुपर्ने दिनहरूमा र आफ्ना इच्छाले चढाइनुपर्ने भेटीसमेत तिनीहरूले चढाउन लागे।
6
मानिसहरूले त्यस बेलासम्म फेरि मन्दिर बनाउन सुरु नगरेका भए तापनि तिनीहरूले सातौँ महिनाको पहिलो दिनमा परमप्रभुलाई बलिदानहरू चढाउन थाले।
7
ढुङ्गा र काठका काम गर्नेहरूका ज्याला दिन मानिसहरूले पैसा दिए र लेबनानबाट ल्याइने देवदारुका काठहरूका सट्टामा टुरोस र सीदोनमा पठाइनुपर्ने खाद्य र जैतुनको तेल पनि दिए। देवदारुका काठहरू समुद्रबाट योप्पासम्म ल्याइन्थे। यी सबै काम गर्ने अनुमति फारसका महाराजा कोरेसले दिएका थिए।
8
यसरी यरूशलेममा मन्दिर बनेको ठाउँमा तिनीहरू आइपुगेको एक वर्षपछि त्यस वर्षको दोस्रो महिनामा तिनीहरूले काम सुरु गरे। यरुबाबेल, येशूअ र तिनीहरूका सबै स्वदेशी सङ्गीहरू, पूजाहारीहरू र लेवीहरू र वास्तवमा यरूशलेममा कैदबाट फर्किआउने सबै मानिसहरू त्यस काममा लागे। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका सबै लेवीहरू मन्दिर फेरि बनाउने कामका जिम्मावार खटाइए।
9
लेवी येशूअ र उनका छोराहरू, कुटुम्बहरू, कादमीएल र उनका छोराहरूले (होदबियाका गोत्रका) मन्दिर बनाउने काम रेख-देख गर्न साथ दिए। (तिनीहरूलाई हेनादाद गोत्रका लेवीहरूले मद्दत गरे।)
10
मानिसहरूले मन्दिरको जग बसाल्न थालेपछि पूजाहारीहरू पोशाक पहिरेर हातमा तुरही लिई आफ्ना ठाउँमा उभिए। आसाप गोत्रका लेवीहरू झ्याम्टा लिएर उभिए। दाऊद राजाको पालादेखि मान्दैआएको आदेशअनुसार तिनीहरूले परमप्रभुको प्रशंसा गरे।
11
तिनीहरूले परमप्रभुको स्तुति गर्दै भजन गाए र यो पंक्ति दोहोर्याई गाए: “परमप्रभु भलो हुनुहुन्छ र इस्राएलमाथि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” सबै जनाले पूरा जोडसित स्वर उठाएर जयध्वनिका साथ परमप्रभुको प्रशंसा गरे किनभने मन्दिरको जग बसाल्ने काम सुरु भएको थियो।
12
धेरै वृद्ध पूजाहारी, लेवी र गोत्र-गोत्रका प्रधानहरूले पहिलो मन्दिर देखेका थिए। यो मन्दिरको जग बसालेको देखेर तिनीहरू रुन र विलाप गर्न थाले। तर त्यहाँ हुने अरू व्यक्तिहरूचाहिँ आनन्दले चिच्च्याए।
13
मानिसहरू आनन्दले कराएका र रोएका स्वरहरू कसैले अलग्गै ठम्याउन सकेनन् किनभने यति चर्को आवाज उठेको थियो कि टाढा-टाढासम्म त्यो सुनिन्थ्यो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10