bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 1
Ezra 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
1
फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो। फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे:
2
“फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ।
3
तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून्। सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस्।
4
बाँचेको प्रत्येक यहूदी जहाँ-जहाँ छ त्यस ठाउँका बासिन्दाहरूले यरूशलेम स्थित परमेश्वरका मन्दिरको निम्ति त्यसलाई सुन, चाँदी, धन-सम्पत्ति र गाईबस्तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”
5
त्यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।
6
तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्तुहरू, धन-सम्पत्ति, गाईबस्तु र बहुमूल्य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे।
7
त्यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले।
8
अनि फारसका राजा कोरेसले ती भण्डारका जिम्मावाल मित्रेताको जिम्मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्सरको निम्ति ती चीजहरूको एउटा तालिका बनाइदिए।
9
तालिका यही थियो: सुनका भाँड़ा ३० चाँदीका भाँड़ा १,००० चाँदीका बाटा २९
10
सुनका कचौरा ३० चाँदीका विभिन्न किसिमका कचौरा ४१० अन्य भाँड़ाहरू १,०००
11
सुन र चाँदीका भाँड़ाहरू सबैको जम्मा संख्या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्सरले ती सबै यरूशलेममा ल्याए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
Recommended Reading
Commentary
Ezra Commentaries
→
Devotional
Ezra Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→