bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 7
Ezra 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
1
यी घटनापछि फारसका राजा अर्तासास्तको राजत्वकालमा एज्रा बेबिलोनबाट उक्लेर आए। तिनी सरायाहका छोरा, जो अजर्याहका छोरा, जो हिल्कियाहका छोरा,
2
जो शल्लूमका छोरा, जो सादोकका छोरा, जो अहीतूबका छोरा,
3
जो अमर्याहका छोरा, जो अजर्याहका छोरा, जो मरायोतका छोरा,
4
जो जरयाहको छोरा, जो उज्जीका छोरा, जो बुक्कीका छोरा,
5
जो अबीशूका छोरा, जो पीनहासका छोरा, जो एलाजारका छोरा, जो प्रधान पूजाहारी हारूनका छोरा थिए।
6
परमप्रभु इस्राएलका परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्थामा एज्राचाहिँ एक निपुण अध्यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्जूर गरिदिए, किनभने परमप्रभु तिनका परमेश्वरको हात तिनीमाथि थियो।
7
अर्तासास्त राजाको सातौँ वर्षमा केही इस्राएलीहरू, केही पूजाहारीहरू र लेवीहरू, गवैयाहरू र द्वारपालहरू र मन्दिरका सेवकहरू तिनको साथमा यरूशलेममा आए।
8
ती नै राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा पुगे।
9
पहिलो महिनाको पहिलो दिनमा तिनले बेबिलोनबाट यात्रा सुरु गरेका थिए, र पाँचौँ महिनाको पहिलो दिनमा तिनी यरूशलेममा आइपुगे, किनभने परमप्रभुको कृपालु हात तिनीमाथि थियो।
10
किनकि एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न, र इस्राएलमा धर्म-विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए।
11
इस्राएललाई दिनुभएका परमप्रभुका आज्ञा र धर्म-विधिको विषय र धार्मिक प्रश्नमा निपुण पूजाहारी-शास्त्री एज्रालाई अर्तासास्त राजाले दिएको राजकीय पत्रको नकल यही हो:
12
“राजाहरूका महाराजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थामा निपुण पूजाहारी-शास्त्री एज्रालाई अभिवादन:
13
“म यो उर्दी दिँदैछु कि मेरो देशमा भएका कुनै इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरूसमेत, जो राजी-खुशीसित यरूशलेममा जान चाहन्छन्, तिनीहरू तिमीसँग जान सक्छन्।
14
तिम्रो जिम्मामा भएको तिम्रा परमेश्वरको व्यवस्थाको सम्बन्धमा यहूदा र यरूशलेममा के भइरहेछ सो हेर-विचार गर्न राजा र तिनका सात जना सल्लाहकारहरूले तिमीलाई पठाएका हुन्।
15
राजा र तिनका सल्लाहकारहरूले यरूशलेममा वासस्थान गर्नुहुने इस्राएलका परमेश्वरलाई सित्तैँमा दिएका सुन र चाँदी पनि तिमीले लानू।
16
साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्वरका भवनको निम्ति मानिसहरू र पूजाहारीहरूले राजीखुशीसित जो भेटीहरू दिन्छन् ती पनि तिमीले लैजान सक्छौ।
17
यस रकमबाट साँढ़ेहरू, भेड़ाहरू, थुमाहरू र तिनका साथ अन्नबलि र अर्घ-बलिका सामानहरू तिमीले निश्चय किन्नू, र तिनलाई यरूशलेममा तिम्रा परमेश्वरका मन्दिरको वेदीमा बलि चढ़ाउनू।
18
“त्यसबाहेक कुनै सुन वा चाँदी उब्य्रो भने तिम्रा परमेश्वरको इच्छाबमोजिम तिमी र तिम्रा दाजुभाइहरूले जस्तो ठीक लाग्छ त्यसरी नै त्यो चलाउन सक्छौ।
19
तिम्रा परमेश्वरको मन्दिरमा आराधनाको निम्ति तिम्रो जिम्मामा दिएका भाँड़ाहरूचाहिँ तिमीले यरूशलेमका परमेश्वरलाई सुम्पिदिनू।
20
र तिम्रा परमेश्वरका भवनको निम्ति चाहिएका कुनै पनि अरू चीजबीज तिमीले राजकोषबाट जुटाउन सक्छौ।
21
“अब म, राजा अर्तासास्त, यूफ्रेटिस पारिको प्रान्तका सबै कोषाध्यक्षहरूलाई यो हुकुम दिँदैछु: स्वर्गका परमेश्वरको व्यवस्थामा निपुण पूजाहारी-शास्त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्चय जुटाइदिनू,
22
अर्थात् एक सय तोड़ा, चाँदी, एक सय कोर गहूँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्छ दिइहाल्नू।
23
स्वर्गका परमेश्वरले जे आज्ञा गर्नुभएको छ त्यो स्वर्गका परमेश्वरका मन्दिरको निम्ति निश्चय पूरा गरिओस्, नत्रता राजा र तिनका छोराहरूको राज्यमाथि क्रोध आइपर्ला।
24
हामी यो पनि तिमीहरूलाई जनाउँदछौं कि कुनै पनि पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसूल लाउने तिमीहरूलाई अधिकार छैन।
25
“तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्तका तिम्रा परमेश्वरका विधिविधानलाई जान्ने सबै मानिसमाथि न्याय गर्न हाकिमहरू र न्यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्नेहरूलाई चाहिँ तिमीले सिकाउनू।
26
तिम्रा परमेश्वरको व्यवस्था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्ड दिइनैपर्छ— मृत्युदण्ड, वा देश निष्कासन, वा सम्पत्ति जफत वा कैद।”
27
परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वरको प्रशंसा होस्, जसले यसरी यरूशलेममा भएको परमेश्वरका भवनको महिमा बढ़ाउन राजाको मनमा यो विचार हालिदिनुभयो,
28
अनि राजा, उनका सल्लाहकारहरू र उनका सबै उच्च पदाधिकारीहरूका सामुन्ने मप्रति आफ्नो कृपा-दृष्टि प्रकट गर्नुभयो। यसैले परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें, र मसँग जान इस्राएलका मुख्य-मुख्य मानिसहरूलाई मैले भेला गरें।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10