bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 5
Ezra 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
1
हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरिया अगमवक्ताले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई तिनीहरूमाथि प्रभुत्व गर्नुहुने इस्राएलका परमेश्वरको नाउँमा अगमवाणी बोले।
2
तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।
3
यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले तुरुन्तै तिनीहरूकहाँ आएर सोधे, “यस मन्दिरको पुनर्निर्माण र पुनर्स्थापना गर्न तिमीहरूलाई कसले अधिकार दियो?”
4
उनीहरूले तिनीहरूसँग त्यस निर्माणको लागि काममा लाग्ने मानिसहरूका नाउँ पनि मागे।
5
तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्वरको निगाह भएकोले दारा राजाकहाँ खबर पुगेर त्यसको जवाफमा राजकीय-पत्र नपाउञ्जेल काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन।
6
दारा राजालाई यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरू, अर्थात् यूफ्रेटिस पारिका अधिकारीहरूले पठाएको चिट्ठी यही हो।
7
उनीहरूले पठाएका चिट्ठीको लिखित विवरण यस प्रकार छ: दारा राजालाई हार्दिक अभिवादन।
8
महाराजाकहाँ यो कुरा जाहेर होस् कि हामी यहूदाको प्रान्त, महान् परमेश्वरको मन्दिर भएको स्थानमा गएका थियौं। त्यहाँ मानिसहरूले ठूला-ठूला ढुङ्गाहरूले त्यो निर्माण गरिरहेका र पर्खालमा काठहरू राख्ने काम गरिरहेका रहेछन्। सो काम तिनीहरूले प्रयत्नशील भई जारी राखेका र धर्म-गुरुहरूको निर्देशनमा निकै प्रगति भइरहेको हामीले देख्यौं।
9
“‘यस भवनको पुनर्निर्माण र पुनर्स्थापन गर्न तिमीहरूलाई कसले अधिकार दियो? भनी हामीले तिनीहरूलाई सोध्यौं।
10
अनि हजूरलाई सूचना दिन तिनीहरूका अगुवाहरूका नाउँको सूची तयार गर्न हामीले तिनीहरूका नाउँ पनि माग्यौं।
11
तिनीहरूले यस्तो जवाफ दिए: हामी त स्वर्ग र पृथ्वीका परमेश्वरका सेवक हौं। धेरै वर्षअघि बनाएको मन्दिरको हामीले पुनर्निर्माण गरिरहेका छौं। इस्राएलका एउटा महान् राजाले यो बनाएर सिद्ध्याएका थिए।
12
तर हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई रीस उठाएका हुनाले उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पिदिनुभयो। उनले यस मन्दिरलाई भत्काएर मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे।
13
“‘तर बेबिलोनका राजा कोरेसले आफ्नो शासनको पहिलो वर्षमा परमेश्वरको यस भवनको पुनर्निर्माण गरिओस् भन्ने एउटा आज्ञा-पत्र जाहेर गरे।
14
त्यसबाहेक परमेश्वरको भवनमा सुन र चाँदीका भाँड़ाहरू थिए। तीचाहिँ नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए। “‘ती यिनै कोरेस राजाले बेबिलोनको मन्दिरबाट निकालेर राज्यपाल नियुक्त गरिएका शेशबस्सर नाउँका एक जना मानिसलाई दिएर भने,
15
“यी भाँड़ाहरू लगेर यरूशलेमको मन्दिरमा फेरि राख। अनि परमेश्वरको भवन त्यसको उहिलेकै स्थानमा पुनर्निर्माण गरिओस्।”
16
तब यिनै शेशबस्सरले आएर यरूशलेममा परमेश्वरका भवनको जग बसाले। त्यस बेलादेखि अहिलेसम्म त्यसको पुनर्निर्माण भइरहेछ, तर त्यो काम अझसम्म सिद्धिएको छैन’।
17
“यसकारण, अब हजूर महाराजाको इच्छा भए बेबिलोनको राजकीय अभिलेखालयमा खोजतलाश गर्ने हुकुम दिइबक्सिओस्, यो खोज्नलाई कि यरूशलेममा परमेश्वरका भवनको पुनर्निर्माणको निम्ति राजा कोरेसले आज्ञा-पत्र निकाल्नुभएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्नो इच्छा जनाइबक्सिओस्।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10