bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 4
Ezra 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
1
कैदबाट फर्केर आएकाहरूले परमप्रभु इस्राएलका परमेश्वरको मन्दिर बनाउँदैछन् भन्ने कुरा जब यहूदा र बेन्यामीनका शत्रुहरूले सुने,
2
उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्याउने अश्शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।”
3
तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्वरको निम्ति निर्माण गरिरहेका छौं, त्यसमा तिमीहरूको केही सम्बन्ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”
4
तब त्यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्यो भवन निर्माण गर्ने काम बिथोल्न त्रास हाल्ने काम सुरु गरे।
5
तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्म यस्तो काम चली नै रह्यो।
6
अहासूरसका राजत्वकालको सुरुमा त्यस देशका मानिसहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूका विरुद्धमा एउटा अभियोग-पत्र लेखेर पठाए।
7
फारसका राजा अर्तासास्तको पालोमा विश्लाम, मित्रेता, ताबेल, र तिनका सबै सहयोगीहरूले उनलाई एउटा चिट्ठी लेखे। त्यो चिट्ठी आरमेइक अक्षर र आरमेइक भाषामा लेखिएको थियो।
8
सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा तलका विवरण दिएर अर्तासास्तलाई एउटा चिट्ठी लेखे:
9
“सेनापति रेहूम, सचिव शिम्शै र उनीहरूसँग काम गर्ने सबै सहयोगीहरू, अर्थात् त्रीपोलीस, फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र हाकिमहरू, तथा शूशनका एलामीहरू,
10
एवम् अरू मानिसहरू, जसलाई महान् र प्रसिद्ध अशूरवनिपलले देशनिकाला गरेर सामरियाको सहर र यूफ्रेटिस नदीको पारिको प्रान्तमा बसालेका थिए।”
11
(उनीहरूले पठाएको चिट्ठीको नकल यही थियो।) अर्तासास्त महाराजाकहाँ हजूरका दास, यूफ्रेटिस पारिका मानिसहरूबाट:
12
“महाराजालाई यो कुरो जाहेर होस् कि हजूरलाई छोड़ेर यस ठाउँमा आएका यहूदीहरू यरूशलेममा आइपुगेर त्यस दुष्ट र बागी सहरको पुनर्निर्माण गरिरहेका छन्। तिनीहरूले त्यसको जग मरम्मत गरी त्यसको पर्खाल सिद्ध्याउनै लागेका छन्।
13
“महाराजालाई यो कुरो पनि थाहा होस् कि तिनीहरूका सहरको पुनर्निर्माण भयो र त्यसको पर्खाल सिद्ध्याइयो भने तिनीहरूले राजकर, आयकर, अथवा महसूल तिर्नेछैनन्, अनि आखिरमा राजसत्तामा हानि ल्याइनेछ।
14
हामीले राजाको निमक खाएका हुनाले र राजाको अपमान भएको हेर्न हामीलाई उचित नलागेकोले, महाराजालाई यो कुरो जनाउनलाई हामी यो सन्देश पठाइरहेका छौं, कि हजूरका पूर्वजहरूका अभिलेखहरूको तलाश गरिबक्सिओस्।
15
अभिलेखहरूमा खोजे हजूरलाई यो कुरो थाहा लाग्नेछ, कि यो सहर एउटा बागी सहर हो, र राजसत्ता र प्रान्तहरूमाथि हानि पुर्याउने यो सहर प्राचीन कालदेखि नै राजद्रोही भएको हो। त्यसैकारण यो उजाड़ पारिएको थियो।
16
महाराजाकहाँ हामी यही जाहेर गर्न चाहन्छौं कि यदि यस सहरको पुनर्निर्माण भयो र यसको पर्खाल सिद्ध्याइयो भने त्यसको परिणाम यही हुनेछ, कि यूफ्रेटिस पारिको प्रान्तमा हजूरको केही अधिकार रहनेछैन।”
17
राजाले यस्तो जवाफ पठाए: “सेनापति रेहूम, सचिव शिम्शै र सामरिया र यूफ्रेटिस पारिको प्रान्तमा बस्ने तिनीहरूका सबै बाँकी सहयोगीहरूलाई अभिवादन।
18
“तिमीहरूले मलाई पठाएको पत्र मेरो सामु पढ़ियो र अनुवाद गरियो।
19
मैले हुकुम गरें, र खोजतलाश गरियो। अनि यो पाइयो कि त्यस सहरले राजसत्ताको विरुद्धमा गरेको राजद्रोहको एउटा लामो इतिहास रहेछ र विद्रोह र राजद्रोह त्यहाँ चली नै आएको रहेछ।
20
यूफ्रेटिस पारिको सारा प्रान्तमाथि आफ्नो अधिकार जमाएर शक्तिशाली राजाहरूले यरूशलेममाथि शासन गरेका छन्, अनि मानिसहरूले राजकर, आयकर र महसूल तिनीहरूलाई तिर्ने गरेका रहेछन्।
21
यसकारण यी मानिसलाई काम रोक्नैपर्छ भनी आदेश जारी गर। त्यस विषयमा मबाट उर्दी नआउञ्जेल त्यस सहरको पुनर्निर्माण नहोस्।
22
यस विषयमा तिमीहरूले आफ्नो कर्तव्यको अवहेलना नगर। यो खतरालाई राजकीय हितको विरुद्ध किन बढ्न दिने।”
23
राजा अर्तासास्तको पत्रको विषयमा सेनापति रेहूम, सचिव शिम्शै र उनीहरूका सहयोगीहरूका सामुन्ने पढ़िसक्ने बित्तिकै उनीहरू यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ काम रोक्न लगाए।
24
यसरी यरूशलेममा परमप्रभुका भवनको काम रोकियो। फारसका राजा दाराको राजत्वकालको दोस्रो वर्षसम्मै त्यो काम रोकियो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10