bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 3
Ezra 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
1
सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। त्यस बेला मानिसहरू एउटै मानिसजस्तो भएर यरूशलेममा भेला भए।
2
तब परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्वरको वेदी निर्माण गर्ने काममा लागे।
3
आफ्ना वरिपरिका जनताको डर तिनीहरूमा भए तापनि तिनीहरूले वेदी त्यसको जगमाथि निर्माण गरे र त्यसै वेदीमा तिनीहरूले परमप्रभुको निम्ति बिहान र बेलुकीका दुवै समयका बलिदानमा होमबलि चढ़ाए।
4
त्यसपछि प्रतिदिनको निम्ति तोकिएको संख्याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए।
5
यीबाहेक नित्य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्ति ल्याएका सबै स्वेच्छा भेटी चढ़ाए।
6
परमप्रभुका भवनको जग हालसम्म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।
7
तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारुका काठहरू ल्याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।
8
यरूशलेममा भएको परमेश्वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात् पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्यसभन्दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।
9
परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।
10
जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्ना स्थान लिए।
11
तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिँदै यसो भनेर गाए, उहाँ असल हुनुहुन्छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे।
12
तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्दले जयजयकार गरे।
13
आनन्दले कराएको सोर र रोएको सोर कसैले ठम्याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्यो आवाज टाढ़ा-टाढ़ासम्म पनि सुनिन्थ्यो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10