bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 6
Ezra 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
1
तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो।
2
मादी प्रान्तको एक्बातनाको किल्लामा एउटा मुट्ठो भेट्टाइयो, र त्यसमा यो स्मृति-पत्र लेखिएको थियो:
3
“कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्वरको मन्दिरबारे यो उर्दी निकाल्नुभयो: ‘त्यो मन्दिर बलिदान चढ़ाउनका निम्ति पुनर्निर्माण गरिओस् र त्यसका जगहरू बसालिऊन्। त्यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको,
4
र ठूला-ठूला ढुङ्गाका तीन लहर र काठको एक लहर होस्। त्यसको खर्चचाहिँ राजकीय कोषबाट दिइनुपर्छ।
5
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर बेबिलोनमा ल्याएका परमेश्वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्वरको भवनमा आ-आफ्ना स्थानमा राखिदिनुपर्दछ’।
6
“यसैले अब यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिमीहरू, त्यस प्रान्तका उनीहरूका सङ्गी-अधिकारीहरू त्यहाँबाट अलग्गै बस्नू।
7
तिमीहरूले परमेश्वरका मन्दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्यो त्यसको पहिलेकै स्थानमा बनाऊन्।
8
“परमेश्वरको त्यो भवन पुनर्निर्माण गरिओस् भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्यो काम नरोकिओस् भनेर यूफ्रेटिस पारिको प्रान्तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू।
9
अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात् स्वर्गका परमेश्वरलाई चढ़ाउने होमबलिका निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्तो यरूशलेमका पूजाहारीहरूले माग्छन् ती दिनू,
10
कि तिनीहरूले स्वर्गका परमेश्वरलाई मन पर्ने बलिदान चढ़ाऊन् र राजा र तिनका छोराहरूको दीर्घायुको निम्ति तिनीहरूले प्रार्थना गरिदेऊन्।
11
“त्यसबाहेक, म यस्तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्यसको घरबाट एउटा खम्बा उखेलेर त्यसलाई त्यही खम्बामा उनिनेछ। यस अपराधको कारण त्यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्।
12
आफ्नो नाउँको निम्ति त्यस स्थानलाई आफ्नो वासस्थान बनाउनुहुने परमेश्वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्वरको त्यस भवनलाई नष्ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्वंस गरून्। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्यो अक्षरश: पूरा गरिओस्।”
13
तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे।
14
फलस्वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्नति बढ्दैगयो। इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दीअनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए
15
दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम सम्पन्न भयो।
16
त्यसपछि इस्राएलका जनता, अर्थात् पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्वरका भवनको समर्पण-सेवा मनाए।
17
परमेश्वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्ति इस्राएलको प्रत्येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए।
18
तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम पूजाहारीहरूलाई तिनीहरूका शाखाअनुसार र लेवीहरूलाई तिनीहरूका समूहअनुसार यरूशलेममा परमेश्वरको सेवा गर्न पुनर्स्थापन गरे।
19
पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्तार-चाड़ मनाए।
20
पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्ति र आ-आफ्ना पूजाहारी-भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार-चाड़को थुमा मारे।
21
निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए।
22
तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्शूरका राजाको मन बद्ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। फलस्वरूप इस्राएलका परमेश्वरका भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले सहयोग गरेका थिए।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10