bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 8
Ezra 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
1
अर्तासास्त राजाको राजत्वकालमा बेबिलोनबाट मसँग आएका परिवारका मुखियाहरू र तिनीसँग दर्ता भएकाहरू यिनै हुन्:
2
पीनहासका परिवारका— गेर्शोम। ईतामारका परिवारका— दानिएल। दाऊदका परिवारका— शकन्याहका छोरा हत्तूश।
3
परोशका परिवारका— जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष।
4
पहत-मोआबका परिवारका— जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष।
5
जत्तूका परिवारका— यहासेलका छोरा शकन्याह र तिनीसँग ३०० पुरुष।
6
आदीनका परिवारका— जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष।
7
एलामका परिवारका— अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष।
8
शपत्याहका परिवारका— मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष।
9
योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष।
10
बानीका परिवारका— योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष।
11
बेबैका परिवारका— बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष।
12
अज्गादका परिवारका— हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष।
13
अदोनीकामका परिवारका— पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुषहरू।
14
बिग्वैको परिवारका— उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष।
15
मैले तिनीहरूलाई अहावातिर बग्ने नदीको किनारमा भेला गरें, र हामी त्यहाँ तीन दिनसम्म शिविर खड़ा गरेर बस्यौं। जब मैले मानिसहरू र पूजाहारीहरूको निरीक्षण गरे तब मैले कुनै पनि लेवीलाई त्यहाँ देखिनँ।
16
यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया, र मशुल्लाम यी मुख्य-मुख्य मानिसहरू, र योयारीब र एल्नातान यी बुद्धिमान् मानिसहरूलाई बोलाएँ,
17
र कासिपिया इलाकाका मुखिया इद्दोकहाँ जान आदेश दिएर पठाएँ। मैले तिनीहरूका हातमा कासिपियाका इद्दो तथा तिनका कुटुम्ब, त्यहाँको मन्दिरका सेवकहरूलाई हाम्रा परमेश्वरका भवनको लागि हामीकहाँ सेवकहरू पठाइदेऊन् भनी समाचार पठाएँ।
18
हाम्रा परमेश्वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान् मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्मा अठाह्र जना पुरुषहरूलाई ल्याए।
19
तिनीहरूले हशब्याहलाई र मरारीका परिवारका यशयाहका साथमा तिनका दाजुभाइ र भतिजाहरू जम्मा बीस जना पुरुषलाई पनि ल्याए।
20
यीबाहेक तिनीहरूले दुई सय बीस जना मन्दिरका सेवकहरू ल्याए। लेवीहरूलाई सघाउन यस्ता सेवक नियुक्त गर्ने प्रथा दाऊद र तिनका अधिकारीहरूले स्थापित गरेका थिए। यिनीहरू सबै नाउँ-नाउँ गरी दर्ता भएका थिए।
21
तब हाम्रा परमेश्वरको सामु हामी आफूलाई दीन तुल्याउन, र हाम्रा आफ्नै निम्ति, हाम्रा बालबच्चाहरूका निम्ति र हाम्रा सबै सम्पत्तिका निम्ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्यहाँ अहावा नदीको किनारमा उपवास बस्ने घोषणा गरें।
22
बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्न मलाई शर्म लाग्यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।”
23
यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्वरलाई बिन्ती चढ़ायौं, र उहाँले हाम्रो बिन्ती सुन्नुभयो।
24
तब मैले शरेबियाह र हशब्याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्येका बाह्र जना मुख्य-मुख्यहरूलाई अलग गरें,
25
र राजा र उनका सल्लाहकारहरू, उनका अधिकारीहरू र उपस्थित भएका सबै इस्राएलीहरूले परमप्रभुका भवनको निम्ति भेटीस्वरूप अलग गरेका सुन, चाँदी र अरू भाँड़ाहरू तिनीहरूका हातमा मैले तौलेर दिएँ।
26
मैले तिनीहरूका हातमा बाईस हजार किलोग्राम चाँदी, चौतीस सय किलोग्राम चाँदीका भाँड़ाहरू, चौतीस सय किलोग्राम सुन,
27
आठ किलोग्राम सुनका बाटा, र सुनजस्तै बहुमूल्य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।
28
मैले ती मानिसहरूलाई भनें, “तिमीहरूका साथै यी भाँड़ाहरू पनि परमप्रभुमा समर्पण गरिएका छन्। यी सुन र चाँदीहरू परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरलाई चढ़ाइएका राजीखुशीका भेटी हुन्।
29
मुख्य पूजाहारीहरू, लेवीहरू र इस्राएलका परिवारका मुखियाहरूका सामुन्ने यरूशलेममा परमप्रभुको भवनका कोठाहरूमा यी नदिउञ्जेलसम्म तिमीहरूले यिनको होशियारपूर्वक सुरक्षा गर्नू।”
30
तब ती पूजाहारीहरू र लेवीहरूले यरूशलेममा परमेश्वरको भवनमा लैजान सुन, तौलिएका चाँदी र पवित्र भाँड़ाहरूको जिम्मा लिए।
31
पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जान हामी अहावा नदीबाट हिँड्यौं। परमेश्वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढुकेर बस्ने लुटेराहरूदेखि बचाउनुभयो।
32
यरूशलेममा पुगेपछि हामीले तीन दिनसम्म विश्राम गर्यौं।
33
अनि चौथो दिनमा ती सुन, चाँदी र पवित्र भाँड़ाहरू हाम्रा परमेश्वरको घरमा उरियाह पूजाहारीका छोरा मरेमोतको जिम्मामा दियौं। तिनीसँग पीनहासका छोरा एलाजार थिए, र लेवीहरू येशूअका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि त्यहाँ थिए।
34
सबै थोक गन्ती र तौलको हिसाबले जाँच गरियो, र त्यस बेला सम्पूर्ण ओजनको सूची बनाइयो।
35
त्यसपछि निर्वासनबाट फर्केकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलि चढ़ाए: सम्पूर्ण इस्राएलका निम्ति बाह्र वटा साँढ़े, छयानब्बे वटा भेड़ा, सतहत्तर थुमा, र पापबलिस्वरूप बाह्र वटा बोका तिनीहरूले चढ़ाए। यी सबै परमप्रभुको निम्ति होमबलि थिए।
36
तिनीहरूले यूफ्रेटिस पारिको प्रान्तका राजकीय बड़ाहाकिमहरू र राज्यपालहरूलाई राजाको आदेश-पत्र पनि दिए, अनि उनीहरूले मानिसहरूलाई र परमेश्वरको भवनको निम्ति सहायता दिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10