bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 10
Ezra 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
1
जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।
2
तब एलामका परिवारका एक जना यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हाम्रा चारैतिरका विदेशी मानिसहरूका छोरीहरूबाट पत्नीहरू ल्याएर हामीले आफ्ना परमेश्वरको विरुद्धमा अपराध गरेका छौं। तर यसो भए तापनि इस्राएलको निम्ति अझै केही आशा छ।
3
यसकारण मेरा प्रभुको र हाम्रा परमेश्वरका आज्ञादेखि डराउनेहरूको सल्लाहअनुसार अब यी सबै स्त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्यागिदिने हामी आफै हाम्रा परमेश्वरसित बाचा बाँधौं। र व्यवस्थाले दिएबमोजिम काम गरौं।
4
अब उठ्नुहोस्, यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौं। साहस गरेर काम गर्नुहोस्।”
5
तब एज्रा खड़ा भएर मुख्य पूजाहारीहरू र लेवीहरू र सबै इस्राएलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए। अनि तिनीहरूले शपथ खाए।
6
त्यसपछि एज्रा परमेश्वरका भवनको अगिबाट एल्यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्ति तिनी विलाप गर्दैथिए।
7
त्यसपछि निर्वासनबाट फर्केकाहरू सबै यरूशलेममा भेला होऊन् भनेर यहूदा र यरूशलेमभरि एउटा घोषणा गरियो।
8
यदि तीन दिनभित्रमा कोही नआएको खण्डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्यसको सबै धन-सम्पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्यो अलग गरिनेछ।
9
यहूदा र बेन्यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्ने चोकमा बसे।
10
तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ।
11
अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार गर, र उहाँको इच्छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट अलग होओ।”
12
तब भेला भएका सम्पूर्ण समुदायले कराएर जवाफ दिए, “हो, तपाईंले भन्नुभएबमोजिम हामीले गर्नैपर्छ।
13
तर हामी एउटा ठूलो भीड़ छौं, र यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहन सक्दैनौं। यसबाहेक यो काम एक-दुई दिनमा खतम हुनेछैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं।
14
हाम्रा मुख्य पदाधिकारीहरूले हामी जम्मै समुदायको निम्ति काम गरिदेऊन्। यस विषयमा परमप्रभुको भयङ्कर क्रोध शान्त नहोउञ्जेल हाम्रा सहरमा हुने विदेशी स्त्रीसित विवाह गरेकाहरू सबै तोकिएको समयमा हाजिर होऊन्, अर्थात् हरेक मानिस आफ्नो सहरका धर्म-गुरु र न्यायकर्ताहरूका साथमा हाजिर होऊन्।”
15
केवल असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले मशुल्लाम र लेवी सब्बतैको समर्थन पाएर यस कुराको विरोध गरे।
16
यसकारण निर्वासनबाट फर्केर आएकाहरूले सुझाव गरेअनुसार काम गरे। पूजाहारी एज्राले आ-आफ्नो परिवारका घराना-घरानालाई प्रतिनिधित्व गर्न नाउँ तोकेकाहरूलाई छाने। तिनीहरूले दशौँ महिनाको पहिलो दिन यस विषयमा जाँच सुरु गरे,
17
र पहिलो महिनाको पहिलो दिन विदेशी स्त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।
18
विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।
19
(तिनीहरूले आ-आफ्ना पत्नीहरूलाई त्यागिदिने बाचा गरे, र तिनीहरूले दोषबलिको रूपमा आफ्ना बगालबाट एउटा भेड़ा पनि ल्याए।)
20
इम्मेरका परिवारका: हनानी र जबदियाह।
21
हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह।
22
पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा।
23
लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर।
24
गवैयाहरूमा: एल्यासीब। द्वारपालहरूमा: शल्लूम, तेलेम र ऊरी।
25
अनि अरू इस्राएलीहरूमा: परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह।
26
एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया।
27
जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा।
28
बेबैका परिवारका: येहोहानान, हनन्याह, जब्बै र अत्लै।
29
बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत।
30
पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे।
31
हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
32
बेन्यामीन, मल्लूक र शमरयाह।
33
हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी।
34
बानीका परिवारका: मादै, अम्राम, ऊएल,
35
बनायाह, बेदयाह, कलूही,
36
भन्याह, मरेमोत, एल्यासीब,
37
मत्तन्याह, मत्तनै र यासू।
38
बिन्नूईका परिवारका:
39
शिमी, शेलेम्याह, नातान, अदायाह,
40
मक्नादबै, शाशै, शारै,
41
अज्रेल, शेलेम्याह, शमरयाह,
42
शल्लूम, अमर्याह र योसेफ।
43
नेबोका परिवारका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह।
44
यी सबैले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए। अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोराछोरीहरूसमेत त्यागिदिए।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
All chapters:
1
2
3
4
5
6
7
8
9
10