bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ezra 9
Ezra 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
1
जब यी सबै गरिसिद्ध्याए तब अगुवाहरूले मकहाँ आएर भने, “इस्राएलका मानिस, पूजाहारीहरू र लेवीहरूसमेतले छिमेकका मानिसहरू, अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्।
2
तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीहरू राखेका छन्, र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन्। र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्।”
3
जब मैले यो कुरा सुनें तब आफ्नो पोशाक र खास्टो च्यातें, र आफ्नो कपाल र दाह्री उखेलें र अवाक् भइरहें।
4
अनि निर्वासनमा गएकाहरूको यस दोषको कारण इस्राएलका परमेश्वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्मा भए। म त्यहाँ बेलुकीका बलिदानको समयसम्मै अवाक् भइरहें।
5
तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्टोमा नै आफूलाई स्वयम् होच्याएको अवस्थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें:
6
“हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंतिर उठाउन म साह्रै लज्जित र अपमानित भएको छु। किनभने हे मेरा परमेश्वर, हाम्रा पाप हाम्रो शिरभन्दा अल्गा भएका छन् र हाम्रो दोष आकाशसम्मै पुगेको छ।
7
हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्मै हाम्रो दोष अत्यन्तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पूजाहारीहरूलाई विदेशी राजाहरूका हातमा मृत्यु, कैद, लूटपीट र ठूलो बेइज्जतको शिकार हुनु परेको छ, र हाम्रो वर्तमान दशा पनि यस्तै छ।
8
“तर अब परमप्रभु हाम्रा परमेश्वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्नो पवित्रस्थानमा सुरक्षित स्थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ। र यसरी हाम्रा परमेश्वरले हाम्रा आँखामा ज्योति दिनुभएको छ र हाम्रो दासत्वमा केही आराम दिनुभएको छ।
9
हामी दासहरू भए तापनि हाम्रो दासत्वको बन्धनमा हाम्रा परमेश्वरले हामीलाई त्याग्नुभएको छैन। उहाँले फारसका राजाहरूका सामु हामीमाथि आफ्नो कृपा देखाउनुभएको छ। हामीले हाम्रा परमेश्वरको भवन पुन: मरम्मत गर्न र त्यसका भत्केका भागलाई पुनर्निर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ, र यहूदा र यरूशलेममा रक्षाको निम्ति उहाँले एउटा पर्खाल दिनुभएको छ।
10
“अब हे हाम्रा परमेश्वर, यति भएपछि हामी के भनौं?
11
तपाईंले आफ्ना दास अगमवक्ताहरूद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं, जब तपाईंले यसो भन्नुभएको थियो: तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्यसका मानिसहरूको दुष्टताले दूषित भएको छ। आफ्ना घिनलाग्दा चलनद्वारा ती अन्यजातिहरूले त्यस देशको कुना-कुनासम्मै आफ्नो अशुद्धताले भरेका छन्।
12
यसकारण तिमीहरूले आफ्ना छोरीहरूलाई उनीहरूका छोराहरूसित र तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनू। तिमीहरूले उनीहरूसित मित्रताको सम्झौता राख्न नखोज्नू। यसरी तिमीहरू शक्तिशाली भएर त्यस देशका असल-असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्तानलाई त्यो चिरस्थायी अधिकार हुनलाई छोड़िराख्नेछौ।
13
“अब हाम्रा दुष्ट कामहरू र हाम्रो ठूलो दोषको कारण हामीले दु:ख पाएका भए तापनि तपाईं, हाम्रा परमेश्वरले हामीलाई हाम्रा पापअनुसार पाउनुपर्नेभन्दा कम दण्ड दिनुभएको छ, र हामीलाई यस्तो बाँकी हिस्सा दिनुभएको छ।
14
के हामी फेरि तपाईंका आज्ञाहरू उल्लङ्घन गरेर यस्ता घिनलाग्दा चालमा चल्ने मानिसहरूसँग वैवाहिक सम्बन्ध जोड़ौं? के तपाईं हाम्रा निम्ति कुनै अवशेष नराखी नाश गर्नसम्म रिसाउनुहुनेथिएन र?
15
हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्नो दोषमा तपाईंको सामु उपस्थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्येको कोही पनि तपाईंको सामु टिक्न सक्दैनौं।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10