bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 11
Genesis 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
1
त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए।
2
मानिसहरू पूर्वतिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्यहीँ बसोबास गरे।
3
तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।
4
तब तिनीहरूले भने, “लौ, हामी आफ्नो निम्ति एउटा सहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऔं, अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरिऔं।”
5
मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।
6
अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन।
7
आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8
तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए।
9
यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
10
शेमको वृत्तान्त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए।
11
अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
12
अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए।
13
शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
14
शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए।
15
एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
16
एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए।
17
पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
18
पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए।
19
रऊ जन्मेपछि पेलेग दुई सय नौ वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
20
रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए।
21
सरूग जन्मेपछि रऊ दुई सय सात वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
22
सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए।
23
नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
24
नाहोरको उमेर उनन्तीस वर्षको हुँदा उनी तेरहका पिता भए।
25
तेरह जन्मेपछि नाहोर एक सय उन्नाईस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे।
26
तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए।
27
तेरहको वृत्तान्त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए।
28
हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे।
29
अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए। अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। तिनी हारानकी छोरी थिइन्। हारानचाहिँ मिल्का र यिस्काका पिता थिए।
30
साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्।
31
तेरहले आफ्ना छोरा अब्राम र हारानको छोरो आफ्नो नाति लोत र अब्रामकी पत्नी आफ्नी बुहारी साराईलाई साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे।
32
तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50