bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 27
Genesis 27
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
1
जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजूर।”
2
तिनले भने, “हेर्, म वृद्ध भएँ। मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिनँ।
3
अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर,
4
स्वादिष्ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्युअघि म तँलाई आशिष् दिऊँ।”
5
इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए,
6
तब रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें,
7
‘शिकार मारेर मकहाँ ले, र मेरो निम्ति स्वादिष्ठ तरकारी तयार गर्, र त्यो खाएर मेरो मृत्युअघि परमप्रभुको सामुन्ने म तँलाई आशिष् दिनेछु।’
8
यसकारण ए छोरो, मैले तँलाई भनेबमोजिम मेरो कुरा मान्।
9
बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ।
10
अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, र तिनले यो खाएर आफ्नो मृत्युअघि तँलाई नै आशिष् देऊन्।”
11
याकूबले आफ्नी आमा रिबेकालाई भने, “तर हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्। मचाहिँ रौँ नभएको छु।
12
शायद मेरा पिताले मलाई छाम्नुहुन्छ, र उहाँको सामु म छली देखिनेछु। र आशिष् त होइन, तर ममाथि सराप आइपर्ला।”
13
तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, तँलाई दिएको सराप ममाथि नै परोस्। केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले।”
14
तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी तयार गरिन्।
15
तब घरमा भएका आफ्ना जेठो छोरा एसावका असल-असल लुगाहरू झिकेर रिबेकाले ल्याइन्, र कान्छा छोरा याकूबलाई लगाइदिइन्।
16
बाख्राका पाठाका छालाहरू याकूबका हात र घाँटीका रौँ नभएका भागमा तिनले लगाइदिइन्,
17
अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन्।
18
याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा।” इसहाकले भने, “हँ, तँ को होस्?”
19
याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले अह्राउनुभएबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको शिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
20
इसहाकले आफ्ना छोरालाई भने, “छोरो, कसरी तैंले यति चाँड़ै त्यो भेट्टाउन सकिस्?” तिनले जवाफ दिए, “परमप्रभु तपाईंका परमेश्वरले मलाई सफल गराउनुभयो।”
21
तब इसहाकले याकूबलाई भने, “छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म यसो हेरूँ।”
22
याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।”
23
तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकूबलाई आशिष् दिए।
24
इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस् त?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ।”
25
तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष् दिऊँ।” तब याकूबले त्यो आफ्ना पिताकहाँ ल्याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए।
26
तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्वाइँ खा, मेरो छोरो।”
27
याकूब नजिक गएर आफ्ना पितालाई म्वाइँ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, “हेर, मेरो छोराको बास्ना, परमप्रभुले आशिष् दिनुभएको खेतको बास्नाजस्तै छ।
28
परमेश्वरले तँलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै दाखमद्य र अन्न देऊन्।
29
जाति-जातिले तेरो सेवा गरून्। र मानिसहरूले तँलाई दण्डवत् गरून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्। तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”
30
इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका दाजु एसाव शिकारबाट आइपुगे।
31
उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्नो पिताकहाँ ल्याए। र उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
32
उनका पिता इसहाकले उनलाई सोधे, “तँचाहिँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ।”
33
इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्यायो, र तँ आउन अघि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकें? हो, त्योचाहिँ आशीर्वादी हुनेछ।”
34
जब एसावले आफ्ना पिता इसहाकका यी कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्।”
35
तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लगिहाल्यो।”
36
एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठीकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठगिसक्यो। त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
37
इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”
38
एसावले आफ्ना पितालाई भने, “तपाईंसित एउटै मात्र आशिष् छ र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस्।” अनि एसाव डाँको छोड़ेर रोए।
39
तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्वीको प्रशस्तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर।
40
तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्। तर तँ व्याकुल भएपछि तैंले त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस्।”
41
आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।”
42
तर तिनका जेठा छोरा एसावको यो कुरा रिबेकाकहाँ पुग्यो। यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ।
43
यसकारण ए छोरो, मैले भनेको कुरा मान्। तँ हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा,
44
र तेरो दाजुको रीस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस्।
45
तैंले तेरो दाजुमाथि गरेको काम त्यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”
46
तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50