bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 14
Genesis 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 15 →
1
यसै समयमा शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले
2
सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात् सोअरका) राजाका विरुद्धमा युद्ध गरे।
3
तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको बेँसीमा जम्मा भए।
4
बाह्र वर्षसम्म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।
5
चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
6
तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्म अधीन गराए।
7
त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
8
तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए।
9
एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।
10
सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।
11
ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे।
12
उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।
13
उम्केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।
14
अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए।
15
तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्त गरे, र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे।
16
तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए।
17
कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्यका, अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।
18
अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए।
19
उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्।
20
सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।
21
तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्नू।”
22
तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु,
23
कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईंले भन्नुहुनेछ।
24
मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50