bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 45
Genesis 45
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 46 →
1
तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, “सबै जनालाई यहाँबाट बाहिर पठाइदेओ।” यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन।
2
अनि तिनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले यो सुने, र फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए।
3
योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ। के मेरा बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए।
4
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” उनीहरू नजिक गएपछि तिनले भने, “तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ।
5
तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो।
6
देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै पाँच वर्षसम्म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन।
7
अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अगि यहाँ पठाउनुभएको हो।
8
“यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबातुल्य र उनका सारा परिवारका मालिक र मिश्रभरिका शासक तुल्याउनुभएको छ।
9
अब झट्टै मेरा बुबाकहाँ गएर उहाँलाई भन, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनुभएको छ। कति पनि अबेर नगरी मकहाँ आउनुहोस्।
10
तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्।
11
त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’
12
“अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्यामीनले पनि देखेका छौ।
13
मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नू, र झट्टै मेरा बुबालाई यहाँ ल्याउनू।”
14
तब आफ्नो भाइ बेन्यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्यामीन पनि तिनको गलामा टाँसिएर रोए।
15
अनि तिनले आफ्ना सबै दाजुहरूलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।
16
योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको घरमा पुग्यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए।
17
फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ,
18
र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ।’
19
“तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ।
20
तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्।”
21
इस्राएलका छोराहरूले त्यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्ति सामलतुमल दिए।
22
उनीहरू हरेकलाई तिनले नयाँ लाउने लुगा दिए। तर बेन्यामीनलाई चाहिँ चाँदीका तीन सय सिक्का र पाँच जोर लुगा दिए।
23
आफ्ना बुबाको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी।
24
अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”
25
यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्।”
26
यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्।
27
तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्यो।
28
र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”
← Chapter 44
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 46 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50