bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 24
Genesis 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 25 →
1
अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष् दिनुभएको थियो।
2
अब्राहामले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्।
3
म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनू,
4
तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनू।”
5
तब त्यस नोकरले अब्राहामलाई भने, “यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
6
अब्राहामले त्यसलाई भने, “तैंले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू।
7
मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक।
8
त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू।”
9
तब त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो।
10
त्यसपछि त्यो नोकर आफ्ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो।
11
साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो।
12
अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्।
13
हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्।
14
यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।”
15
त्यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्।
16
कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्।
17
तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।”
18
तिनले “हजूर, खानुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिइन्।
19
त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।”
20
तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्।
21
त्यो मानिसचाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।
22
ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो,
23
“तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ?”
24
तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ।”
25
तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्।”
26
तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरेर भन्यो,
27
“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ।”
28
तब ती कन्या गइन्, र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्।
29
रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्केर इनारनेर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए।
30
जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए।
31
अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्। किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”
32
तब त्यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए।
33
तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ।” उनले भने, “ल, भन्नुहोस्।”
34
तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्।
35
उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ।
36
मेरा मालिककी पत्नी साराले बुढ़ेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना जे-जति छन् सबै दिएका छन्।
37
मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू,
38
तर मेरो कुटुम्बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनू।’
39
“मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित् त्यो स्त्री मेरो साथमा आउन मानिन भने नि त?”
40
तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्डुल गर्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्।
41
जब तँ मेरो कुटुम्बकहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्नेछस्।’
42
आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, तपाईंको इच्छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्।
43
हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्दा
44
तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्नेछिन्, त्यही स्त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्।
45
“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’
46
“तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्। म तपाईंका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्।
47
“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ।
48
अनि आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति दिन मलाई ठीक बाटोमा डोर्याउनुभएको थियो।
49
अब तपाईंहरू मेरा मालिकसँग दया र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस्। होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला।”
50
तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौं।
51
हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे। त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्नी होस्।”
52
अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्यो।
53
तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो।
54
तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्यो रात त्यहीँ बिताए। बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्।”
55
तर रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्। त्यसपछि तिनी गए हुन्छ।”
56
तर त्यसले तिनीहरूलाई भन्यो, “मलाई नअलमल्याउनुहोस्। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”
57
तब तिनीहरूले भने, “हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।”
58
अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु।”
59
यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए।
60
तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्।”
61
तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।
62
अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए।
63
इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे।
64
रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लेर त्यस नोकरलाई सोधिन्,
65
“हामीलाई भेट्न बाहिर हिँड्दैआउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन्।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन्।
66
त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो।
67
इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50