bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 48
Genesis 48
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 49 →
1
केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकूबकहाँ गए।
2
अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।
3
याकूबले योसेफलाई भने, सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो,
4
हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र संख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु, र तँपछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु।
5
“अब म मिश्रमा आउन अगि मिश्रमा जन्मेका तेरा यी दुई छोराहरू मेरै हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन्।
6
तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरू बोलाइनेछन्।
7
किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात् बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”
8
योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?”
9
योसेफले आफ्ना बुबालाई भने, “परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
10
त्यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले।
11
इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो।”
12
तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे।
13
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए।
14
तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे, र मनश्शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे।
15
तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँड्थे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्याउनुभएको छ,
16
ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्। र पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्।
17
तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात हटाउनलाई उठाए।
18
तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्।”
19
तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्यसो भए तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जातिहरूको एक समूह हुनेछ।”
20
इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्तो आशीर्वाद दिनेछ: परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाड़ि राखे।
21
तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ।
22
त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 49 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50