bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 43
Genesis 43
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 42
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 44 →
1
त्यस देशमा अझ भयङ्कर अनिकाल थियो।
2
जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ।”
3
तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउञ्जेल मेरो सम्मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्।
4
तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईंको निम्ति अनाज किनेर ल्याउनेछौं।
5
तर त्यसलाई पठाउनुहुन्न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन् कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्जेल तिमीहरू मेरो सम्मुख आउन पाउनेछैनौ’।”
6
इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो संकष्ट ल्यायौ?”
7
उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान् भनी हामीले कसरी जान्नु?”
8
तब यहूदाले आफ्ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्चासमेत नमरौं तर जीवितै रहौं।
9
यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्ति दोषी ठहरिनेछु।
10
हामीले ढिलो नगरेको भए हामी दुई पल्टसम्म ओहोरदोहोर गर्न सक्नेथियौं।”
11
तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।
12
तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ। शायद त्यो भूलले भएको होला।
13
आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ।
14
तिमीहरूको अर्को भाइ र बेन्यामीनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान् परमेश्वरले तिमीहरूमाथि कृपा गरून्। म निर्वंश हुनैपर्छ भने होस्।”
15
तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्यामीनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्ने हाजिर भए।
16
जब योसेफले उनीहरूका साथमा बेन्यामीनलाई देखे तब तिनले आफ्नो घरको भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्।”
17
योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो।
18
तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, “पहिलो पल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहुँ पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला।”
19
यसैकारण योसेफका घरको हर्ताकर्ताकहाँ गएर घरको ढोकैमा त्यसलाई उनीहरूले भने,
20
“हजूर, पहिलो पल्ट हामी अनाज किन्न आएका थियौं।
21
वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्ना साथमै ल्याएका छौं।
22
अनाज किन्नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”
23
त्यसले जवाफ दियो, “धन्दा नमान, नडराओ। तिमीहरूका परमेश्वर, तिमीहरूका बुबाका परमेश्वरले नै अवश्य तिमीहरूका धोक्राहरूमा धन हालिदिनुभएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ।” तब त्यसले शिमियोनलाई निकालेर उनीहरूकहाँ ल्यायो।
24
त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो, र उनीहरूलाई आ-आफ्ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो।
25
मध्यदिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो।
26
जब योसेफ घरमा आए तब उनीहरूले आफ्ना साथमा ल्याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्याए, र तिनलाई साष्टाङ्ग प्रणाम गरे।
27
तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्?”
28
उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्छ, र आजसम्म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।
29
योसेफले यसो हेरेर आफ्नो भाइ, आफ्नै आमाको छोरो, बेन्यामीनलाई देखेर भने, “तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो?” अनि योसेफले भने, “ए मेरो छोरा, परमेश्वरको अनुग्रह तँमाथि रहोस्।”
30
तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए।
31
तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्याओ।”
32
त्यसपछि तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्यो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो।
33
जेठादेखि कान्छासम्म आ-आफ्नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे।
34
उनीहरूका भाग योसेफको टेबिलबाट झिकेर लगिएका थिए। तर बेन्यामीनको भागचाहिँ उनीहरू प्रत्येकको भन्दा पाँच गुणा बढ़ी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे।
← Chapter 42
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 44 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50