bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 21
Genesis 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
1
आफूले भन्नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्नो प्रतिज्ञाबमोजिम गर्नुभयो।
2
सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्।
3
साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे।
4
अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे।
5
तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए।
6
साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।”
7
तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।”
8
बालक बढ्दैगयो, र त्यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।
9
तर मिश्री हागारले अब्राहामबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्।
10
यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”
11
आफ्नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो।
12
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी कमारीको निम्ति तैंले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ।
13
म त्यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्यो पनि तेरै सन्तान हो।”
14
अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी।
15
जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर
16
आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
17
परमेश्वरले बालकको सोर सुन्नुभयो। अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको सोर परमेश्वरले सुन्नुभएको छ।
18
उठ्, गएर बालकलाई उठा, र त्यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”
19
तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई।
20
परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो।
21
त्यो पारानको मरुभूमिमा बस्थ्यो, र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिई।
22
त्यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्वर तपाईंसँग हुनुहुन्छ।
23
यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला।”
24
अब्राहामले भने, “हुन्छ, म शपथ खान्छु।”
25
तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए।
26
तर अबीमेलेकले भने, “यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्नुभएन। आज मात्र मैले यो कुरा सुनें।”
27
त्यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे।
28
अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे।
29
अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?”
30
अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्।”
31
यसैकारण त्यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।
32
यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।
33
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे।
34
त्यसपछि अब्राहाम पलिश्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50