bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Genesis 26
Genesis 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 27 →
1
अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए।
2
परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्।
3
त्यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यी नै देशहरू दिनेछु।
4
तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष् पाउनेछन्,
5
किनभने अब्राहामले मेरो वचन पालन गर्यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो।”
6
यसैकारण इसहाक गरारमा नै बसे।
7
त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनभने “रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहाल्लान्” भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए। किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्।
8
इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे।
9
यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्चै तिम्री पत्नी रहिछन्। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचें।”
10
अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
11
यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।”
12
इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे।
13
परमेश्वरले तिनलाई आशिष् दिनुभयो, र तिनी धनी भए, र झन्-झन् बढ़ेर तिनी अत्यन्तै धनाढ्य भए।
14
तिनका प्रशस्त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्तीहरूले तिनलाई डाह गर्न लागे।
15
तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।
16
त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ।”
17
तब त्यहाँबाट निस्केर इसहाकले गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गर्न लागे।
18
तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए। किनभने अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए।
19
बेँसीमा खन्दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए।
20
तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए।
21
तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्यसको नाउँ सित्ना राखे।
22
तिनी त्यहाँबाट अन्यत्र गए, र तिनले अर्को इनार खने। त्यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौं।”
23
त्यहाँदेखि तिनी बेर्शेबामा सरे।
24
परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष् दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु।”
25
तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने।
26
एक दिन अबीमेलेक आफ्ना सल्लाहकार अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए।
27
इसहाकले तिनीहरूलाई भने, “दुश्मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”
28
तिनीहरूले भने, “हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्थ्यो। यसैले हामी यही भन्न चाहन्छौं कि हाम्रा बीचमा, अर्थात् तपाईं र हाम्रा बीचमा एउटा सम्झौता होस्। तपाईंसँग हामी शपथसहितको एउटा सन्धि गरौं,
29
जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्वरका आशिष्का पात्र हुनुहुन्छ।”
30
तब इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।
31
बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए।
32
त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।”
33
तब तिनले त्यसको नाउँ शिबा राखे। यसकारण त्यस सहरको नाउँ आजसम्म बेर्शेबा भनिन्छ।
34
एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए।
35
ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50