bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 1
Romans 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
1
म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ,
2
जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
3
यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
4
येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
5
उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।
6
तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ।
7
रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
8
सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ।
9
म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।
10
अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।
11
किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु।
12
यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं।
13
भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु।
14
ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु।
15
यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।
16
किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
17
किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
18
परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्।
19
परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।
20
उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
21
किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।
22
बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
23
र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।
24
यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्।
25
किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26
यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे,
27
र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।
28
यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो।
29
तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे,
30
र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
31
मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्।
32
यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16