bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 3
Romans 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल?
2
हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो।
3
यदि तिनीहरूमध्ये कसैकसैले विश्वास गरेनन् भने, के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई रद्द तुल्याउँछ र?
4
त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”
5
तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने, हामी के भनौं? के परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? (म मानिसले जस्तै तर्क गर्दछु।)
6
कदाचित् होइन! त्यसो भए, परमेश्वरले संसारको इन्साफ कसरी गर्न सक्नुहुन्थ्यो र?
7
तर यदि मेरो झूटले गर्दा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने, किन पापीझैँ इन्साफमा परिरहेको छु?
8
त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ।
9
उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु।
10
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,
11
बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन।
12
ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”
13
“तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्।” “सर्पको विष तिनीहरूका ओठमा छ।”
14
“तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।”
15
“तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्।
16
विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्,
17
र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।”
18
“तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।”
19
अब हामी जान्दछौं, जे-जति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ, कि हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस्।
20
यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।
21
तर अब त व्यवस्थाविनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्।
22
येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,
23
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
24
परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्।
25
परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन।
26
परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
27
तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन सिद्धान्तमा यसो गर्ने त? यो कर्मको सिद्धान्तद्वारा हुने? कदाचित् होइन! यो त विश्वासको सिद्धान्तबाट मात्र हुन सक्छ।
28
यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं।
29
के परमेश्वर केवल यहूदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र? के उहाँ अन्यजातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्छ।
30
किनकि परमेश्वर एउटै हुनुहुन्छ। उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ।
31
तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित् होइन! बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्छौं।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16