bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 7
Romans 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
1
भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ।
2
उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे।
3
यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।
4
यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रीष्टसँग एक होओ, र हामी परमेश्वरको निम्ति फल फलाऔं।
5
जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे।
6
हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।
7
हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ।
8
तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्थाविना त पाप मुर्दातुल्य हो।
9
व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें।
10
जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो।
11
किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई मार्यो।
12
व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ।
13
त के जो असल छ, त्यसले मेरो निम्ति मृत्यु ल्यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्पूर्ण रूपले पापमय बनोस्।
14
किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु।
15
म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु।
16
गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु।
17
यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।
18
किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ।
19
किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु।
20
अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।
21
यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु।
22
किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु,
23
तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ।
24
हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?
25
येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै— परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयम् आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16