bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 4
Romans 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
1
अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त?
2
यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन।
3
किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।”
4
अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो।
5
जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ।
6
परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्,
7
“तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्।
8
त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।”
9
के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं।
10
तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि।
11
खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन् भन्ने उद्देश्यले यो भएको हो।
12
उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।
13
संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो।
14
यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भनेता विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ।
15
किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।
16
त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्।
17
जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ।
18
“तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।
19
प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।
20
परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए।
21
प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।
22
यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।”
23
धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,
24
तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ।
25
उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16